नेपालमा कोरोना महामारीको अवधिमा मात्रै पाँच सय १७ जना पत्रकार विस्थापित भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल पत्रकार महासंघको सञ्चार अनुगमन इकाइले गरेको अध्ययनअनुसार यस वर्ष प्रेस स्वतन्त्रतामाथि प्रहारका ४५ वटा घटना भएकामा पत्रकारहरूको पेसागत सुरक्षाका घटना सबैभन्दा बढी रहेका छन् । जसमध्ये कोरोना महामारीको समयमा मात्रै पेसागत सुरक्षाका हिसाबले पीडित पत्रकारको संख्या पाँच सय १७ रहेको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा सोमबार नेपाल पत्रकार महासंघले भर्चुअल कार्यक्रममार्फत सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्ष ४५ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएका छन् । ती घटनामा पाँच सय ८४ जना पत्रकार र तीनवटा सञ्चार संस्था पीडित भएका छन् । पीडित पत्रकारमध्ये ७७ जना महिला पत्रकार रहेका छन् ।
यो वर्ष ६ जना पत्रकार गिरफ्तारीमा परेका छन् । यस्तै, कब्जा र अवरोधबाट चारजना पत्रकार पीडित भएका महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । ४८ पत्रकारमाथि आक्रमण भएको छ । १२ पत्रकार धम्की र दुव्र्यवहारमा परेका छन् ।
दिवसको सन्दर्भमा महासंघका पोखरेलले शुभकामना सन्देश दिँदै कोरोनाको बहानामा सञ्चारकर्मीलाई निष्कासन नगर्न, सेवासुविधामा कटौती नगर्न र सञ्चारकर्मीको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेका छन् । उनले कोरोनाको नयाँ भेरियन्टसहितको दोस्रो चरणको संक्रमण बढिरहेका वेला कोरोनालाई कारण देखाएर सञ्चारगृहले पत्रकारलाई विस्थापित गराउने खतरा उत्तिकै रहेको भन्दै त्यस्तो नगर्न आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले सञ्चारकर्मीलाई स्वतन्त्र ढंगले काम गर्न पाउने वातावरण राज्यले निर्माण गर्नुपर्ने बताए । उनले नागरिकको सत्यतथ्य सूचना पाउने अधिकारको ग्यारेन्टी गरिनुपर्ने बताए ।
यस्तै, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकतन्त्रको मुख्य आधार नै स्वच्छ र मर्यादित निर्वाचन भएको भन्दै त्यसका लागि पूर्ण प्रेस स्वतन्त्रताको भूमिका हुने बताए । उनले स्वच्छ र मर्यादित निर्वाचनका लागि मिडियाको सकारात्मक भूमिकाका लागि आग्रह गरे । प्रमुख आयुक्त थपलियाले अहिले बढ्दो क्रममा रहेको गलत सूचना सम्प्रेषणलाई निरुत्साहित गर्न महासंघले भूमिका खेल्नुपर्ने सुझाब दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरू डा। सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, शिव गाउँले, डा। महेन्द्र विष्ट र सल्लाहकार निर्मला आचार्यलगायतले शुभकामना व्यक्त गरेका थिए । सौजन्य नया पत्रिका
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
कर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
ाईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
क डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
िम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
डाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
ुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)