वीरगन्ज महानगरपालिकाले संचालनमा ल्याएको अस्थाई कोभिड अस्पताल तथा आइसोलेशन सेन्टरमा पहिलो संक्रमित बिरामी महानगरपालिकाकै उपप्रमुख भर्ना भएकी छन् । दुई दिनअघि संक्रमण पुष्टि भएकी महानगरपालिकाको उपप्रमुख शान्ति कार्की महानगरले नै आजबाट संचालनमा ल्याएको अस्थायी कोभिड अस्पतालको पहिलो बिरामी भर्ना भएकी हुन् ।
महानगरका नगरप्रमुख विजय कुमार सरावगीले रिबन काटेर उद्घाटन गरेको २ सय ३० बेडको अस्थायी कोभिड अस्पताल तथा आइसोलेशन सेन्टरमा लगत्तै उपप्रमुख पहिलो बिरामी भर्ना हुनुभएको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदिपकुमार निरौलोले बताए । कोरोनाको पहिलो लहरमा गण्डक अस्पताल भाडामा लिएर अस्थायी कोभिड अस्पताल संचालन गरेको महानगरले यो पटक भने आफै अस्पताल संचालन गरेको उनले बताए भयो ।
वीरगन्जको नारायणी अस्पतालमा बिरामी नअट्ने हुन थालेपछि महानगरले आफ्ना नगरवासीलाई बचाउन २ सय ३० बेडको कोभिड अस्पताल तथा आइसोलेशन सेन्टर संचालनमा ल्याउनु परेको नगरप्रमुख सरावगीले बताए । अब केन्द्र र प्रदेश सरकारको मुख ताकेर मात्र यो भयावह अवस्था पर्गेल्न सम्भावना नदेखिपछि तुरुन्तै विकल्पमा गइएको उनले बताए ।
वीरगन्ज महानगरले अस्थायी रुपमा संचालनमा ल्याएको कोभिड अस्पतालमा डीएम डाक्टर. १ जना, एमडी तहका डा. २ जना, ७ मेडिकल सहयोगी एमबीबीएस, २१ प्यारामेडिकल, ८ स्वीपर र १० प्रशासनिक कर्मचारी गरी व्यवस्थित तरिकाले यहाँको गोपाल मण्डली धर्मशालालाई नै अस्थायी कोभिड अस्पताल बनाएको नगरप्रमुख सरावगीले जानकारी गराए ।
अक्सिजनको व्यवस्थादेखि बिरामीलाई निशुल्क खाना, बस्नको सुविधा मिलाइएको छ । यसो गर्दा अक्सिजन चाहिएर नारायणी अस्पताल पुग्ने धेरै बिरामीको उपचार यता हुने र त्यहाँ लोड कम हुनेछ । नारायणीमा धेरै डाक्टर तथा स्वास्थ्यकर्मी संक्रमित हुन थालेकोले थप स्वास्थ्यकर्मीको अलग व्यवस्था गर्न पनि जरुरी थियो । यो कुरालाई मध्यनजर गरी वीरगन्ज महानगरपालिकाले अर्को व्यवस्था गरेको उनले बताए।
गरेको उनले बताए।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
कर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
ाईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
क डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
िम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
डाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
ुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)