साहित्यिक चौतारी नेपाल केन्द्रले आफ्नो मुखपत्र चौतारी अङ्क तीनको विमोचनसँगै रचना वाचन कार्यक्रम सप्पन्न गरेको छ । साहित्यिक चौतारी नेपालको केन्द्रीय अध्यक्ष गीता भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्य साहित्य लेखनको क्षेत्रमा अग्रज व्याक्तित्व कथाकार तथा निबन्धकार कृष्ण धरावासी रहेका थिए भने, उत्कृष्ट दश संस्थाका विभिन्न व्याक्तित्वहरूको उपस्थित रहेको थियो ।
कार्यक्रममा साहित्य के हो ? साहित्य सृजना कसरी र किन गर्ने ? हिजो र आजको साहित्य लेखाइमा हेर्ने र बुझ्ने दृस्टिकोण कस्तो बन्दैछ लगायतका थुप्रै विषयमा धरावासीले आफ्ना भनाई राख्नु भएको थियो ।
साहित्यको बुझाइ, साहित्य लेखाइ र अझ खास गरी परदेशमा रहनुहुने नेपालीहरूको देश प्रतिको प्रेम, श्रमसँग जोडिएको पीडा , प्रत्यक्ष भोगाइका वास्तविकता र अहिलेको युवा पुस्ताहरूमा साहित्यप्रतिको बड्दो मोहको बारेमा सिर्जनात्मक मन्तव्य दिँदै कार्यक्रमका विशिष्ट अतिथि एवं साहित्यिक चौतारी नेपालका वरिष्ठ सल्लाहकार प्रा. डा. भीम खतिवडाले विमोचित मुखपत्रमा समेटिएका रचनाका बारेमा प्रकाश पार्नु भएको थियो ।
आफ्नो देश भन्दा टाढा बसेर आफ्नो भाषा कला संस्कृतिलाई कसरी जगेर्ना गर्न सकिन्छ भन्ने कुरामा सधैँ चिन्तित रहेको र नेपाली भाषा तथा साहित्यको बारेमा साहित्यिक संस्थाहरू एक ढिक्का भएर हिड्नुपर्ने कुरामा जोड दिँदै कार्यक्रमका विशिष्ट अतिथि विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले साहित्यिक चौतारी नेपालले गर्ने गरेका साहित्यक एवं सामाजिक कार्यको अझै बढोतरी हुन शुभकामना व्यक्त गर्नु भएको थियो । यस्तै कार्यक्रमका विशिष्ट अतिथि छोटा विधा कविता अर्थात् हाइकु लेखनमा ख्याती प्राप्त व्याक्ति अनेसासका केन्द्रीय अध्यक्षले साहित्यलाई चाहे स्वदेशी भूमिमा होस् वा विदेशी भूमिमा जहाँ रहे पनि नेपाली भाषा तथा सम्बर्द्धनको निमित्त साहित्यिक संस्थाहरू लागिरहेको र साहित्यिक चौतारी नेपालले पनि साहित्यको विकास र विस्तारमा नेपालको सातै प्रदेश तथा थुप्रै देशमा पुग्न सफल भएको प्रशंसा गर्दै अनेसास र साहित्यिक चौतारी नेपालसँग कार्य सहकार्य गर्दै जाने कठिवद्धता जाहेर गर्नुभएको थियो । जापानको लामो बसाइँले थुप्रै अनुभव बटुलेको भन्दै विमोचित चौतारी अङ्क तीनको लागि बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
अनलाइन मार्फत् गरिएको उक्त कार्यक्रममा सगरमाथा साहित्य प्रतिष्ठान महासचिव डिजी शर्मा, नेपाल लेखक संघ अध्यक्ष मणिराज सिंह, हातेमालो साहित्य अध्यक्ष सुनिल अधिकारी, साहित्य साधना मञ्च महासचिव आकाश भट्ट, सारथि साहित्य परिवार महासचिव बासु सापकोटा, झापाली साहित्य समाज प्रतिनिधि बिबेक निशानी लगायतकाले रचना वाचन गरेका थिए । भने विमोचित मुखपत्रको संक्षिप्त समिक्षा समालोचक शिव रेग्मी प्रणतले गरेका थिए । कार्यक्रममा १० वटा संस्थाका व्यक्तिहरुको सहभागिता रहेको थियो । भने कार्यक्रमको सहजीकरण सरू बस्नेत र देवेन्द्र खतिवडाले गरेका थिए ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
कर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
ाईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
क डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
िम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
डाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
ुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)