कोभिड–१९ को महामारी र संक्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण प्रभावित भई सुधार हुन थालेको अर्थतन्त्र कोभिडको दोस्रो लहर र निषेधाज्ञाका कारण पुनः प्रभावित हुन थालेको नेपाल राष्ट्र बैंकले औंल्याएको छ ।
कोभिडले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी फलोअप सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय बैंकले संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधिहरु चलायमान बनाउन सुझाव समेत दिएको छ ।
२०७७ असारमा कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण गरेको राष्ट्र बैंकले २०७७ मंसिरमा पहिलो पुनरावृत्ति सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणमा सहभागी व्यवसायीबाट पुनः तथ्यांक संकलन गरी तुलनात्मक अध्ययन गर्न २०७८ वैशाख ५ देखि १४ गतेसम्म पुनरावृत्ति सर्वेक्षण गरेको राष्ट्र बैंकले जनाएको छ ।
सर्वेक्षण प्रतिवेदनमा २०७७ असारको तुलनामा २०७८ वैशाखमा उद्योग÷व्यवसायको सञ्चालन, उत्पादन र कारोबारमा उल्लेख्य सुधार आए पनि वैशाख १६ गतेदेखि पुनः निषेधाज्ञा जारी भएकाले अर्थतन्त्र पुनः प्रभावित हुने आंैल्याइएको छ । ‘दोस्रो फलोअप सर्वेक्षण गरिसक्दा कोरोनाको दोस्रो लहरका कारण अधिकांश जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाले अर्थतन्त्र पुनः प्रभावित हुने अवस्था आएको छ । कोभिड–१९ को संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधिहरु पनि चलयमान बनाइरहनु पर्ने खाँचो छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ ।
सर्वेक्षणमा कोभिड महामारी पूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा ४।१ प्रतिशत मात्र उद्योग÷व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेकोमा २०७८ वैशाखमा बढेर ८१।२ प्रतिशत पुगेको देखिएको छ । सर्वेक्षणमा सहभागी विद्युत्, ग्यास तथा पानी र सञ्चार क्षेत्रका शतप्रतिशत उद्योग÷व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेको देखिएको छ भने हालसम्म पनि ४२ प्रतिशत उद्योग÷व्यवसायहरु सञ्चालनमा आउन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशतमात्र उत्पादन÷कारोबार रहेकोमा २०७८ वैशाखमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ६१।४ प्रतिशत पुगेको छ । अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन÷कारोबार बढे पनि होटल तथा रेष्टुरेन्ट भने उत्पादन तथा कारोबारको स्थिति ४०।८ प्रतिशत मात्र पुगेको छ, जुन अन्य व्यवसायहरु भन्दा सबैभन्दा कम हो ।
राष्ट्र बैंकले ०७७ असारमा सहभागी ६७४ जना उद्योगी(व्यवसायीहरुलाई ०७८ वैशाख ५ गतेदेखि १४ गतेसम्म टेलिफोन अन्तरवार्तामार्फत सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा असारमा सहभागी उत्तरदाताहरुमध्ये करिब ८४ प्रतिशत अर्थात् ५६२ जनाले सहभागिता जनाएका छन् । सौजन्य कारोबार
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
कर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
ाईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
क डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
िम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
डाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
ुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
#अर्थतन्त्र #कोभिड–१९# राष्ट्र बैंक