प्रदेश २ का ८ जिल्लाका पत्रकारहरूलाई प्रदेश सरकारले स्वास्थ्य सामग्री सहयोग गरेको छ।
सहयोग गरिएको सुरक्षा सामग्रीमा सर्जिकल मास्क ५० पिस, केएन ९५ मास्क १० पिस, सेनिटाइजर सय एमएलको दुई वटा बोतल, ग्लभ्स २ वटा र फेससिल्ड २ वटा पाउने गरी महासंघका सदस्य रहेको ८ सय पत्रकारलाई प्रदेश २ सरकारले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो।
नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राजेश कर्णलाई प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले सो सामग्री आज हस्तान्तरण गरेका हुन्। मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई र प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले मन्त्री यादवमार्फत सो सामग्री नेपाल हस्तान्तरण गराएका हुन्।
मन्त्री यादवले महासंघ प्रदेश २ समितिलाई र आठ वटै जिल्लाका कार्य समितिलाई थर्मोगन एकथान, अक्सिमिटर एकथान समेत हस्तान्तरण गरेका छन्। सुरक्षा सामग्री हस्तान्तरण गर्दै मन्त्री यादवले भने, ‘फ्रन्टलाइनमा कार्य गर्ने पत्रकारहरुको सुरक्षाको दायित्वसमेत प्रदेश सरकारको रहेको हुँदा अहिले वितरण गरिएको सामग्री पर्याप्त छैन, तर आउने दिनमा थप सहयोग रहनेछ।’
सो अवसरमा कोरोनाबाट प्रदेश २ का दुई जना पत्रकारको मृत्यु भएकाको परिवारजनलाई मन्त्रिपरिषद् बैठकबाट राहत उपलब्ध गराउने मन्त्री यादवले अश्वाशन समेत दिए।
मिडिया प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले पहिलो चरणमा यी सामग्री ८ सय पत्रकारहरुलाई दिइने जानकारी गराएका छन्।
केही दिनअघि मात्र नेपाल पत्रकार महासंघ प्रदेश समितिले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सरकारलाई पत्रकारहरूको सुरक्षा तथा राहत र निःशुल्क उपचारको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
कर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
ाईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
क डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
िम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
डाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
ुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)