विवादास्पद अभिव्यक्तिका कारण पटकपटक चर्चामा आइरहने एमालेका पूर्वउपाध्यक्ष भीम रावल अहिले नागरिकता सम्बन्धी अध्यादेशमा गलत ट्वीटका कारण आलोचित भइरहेका छन् ।
९ जेठ साँझ ७ बजेर ८ मिनेट जाँदा नेकपा (एमाले) का पूर्वउपाध्यक्ष एवं पूर्वगृहमन्त्री रावलले नागरिकता अध्यादेशको विषयमा गरेको ४५ शब्दको ट्विट निकै आलोचित बन्यो ।
रावलले ट्विटरमा लेखेका थिए- वीरगंजमा नागरिकता लिनेको भीड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो । प्रधानमन्त्री ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई हो की? नेपाली जनतालाई जवाफ चाहियो। सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं ।
नेता रावलले ९ जेठमा प्रमाणीकरण भएको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेशको विरोध गर्दै यस्तो ट्विट गरेका हुन् ।
रावलले भने जस्तो न वीरगंजमा नागरिकताका लिनेको भीड लागेको थियो न ठूलो संख्यामा भारतीयहरू नै आएका थिए । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पिताम्बर घिमिरेका अनुसार जिल्लामा १३ जेठ रातीसम्म निषेधाज्ञा छ ।
कोभिड-१९ महामारीका कारण जिल्लामा नागरिकता वितरण सम्बन्धी कुनै काम नभएको प्रजिअ घिमिरे बताउँछन्। “हाम्रो सम्पूर्ण ध्यान कोभिड-१९ र अति आवश्यक काममा केन्द्रित छ,” उनी भन्छन्, “नागरिकता सम्बन्धी काम बन्द भएको र निषेधाज्ञाका बेला लाइन लागेर नागरिकता लिन आउने कुरै भएन।”
‘रावलले सामाजिक विद्वेष फैलाए’
एक घण्टामा २१४ रिट्वीट्स र १३२३ लाइक्स आएको रावलको ट्विटले महामारीका बेला सामाजिक विद्वेष फैलाउने काम गरेको जानकारहरू बताउँछन् ।
वीरगन्जलाई कार्यथलो बनाएका पत्रकार चन्द्रकिशोर गृहमन्त्री र जिम्मेवार पार्टीको उपाध्यक्ष भइसकेका व्यक्तिबाट आएको यो धारणा गैरजिम्मेवारीको पराकाष्ठा भएको बताउँछन्। “उहाँ जत्तिको मान्छेले वीरगन्ज जस्तो कोरोनाको ‘हटस्पट’बारे निषेधाज्ञाका बेला यस्तो अफवाह फैलाउनु सरासर गलत हो,” उनी भन्छन्, “सामाजिक ऐक्यवद्धता चाहिएका बेला समाजलाई उत्तेजित बनाउनु भयो।”
एमाले नेता विजय सुब्बा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्ने नाममा रावलले झुठको सहारा लिएको बताउँछन्। उनी भन्छन्, “उहाँले नेपालको संविधान, नागरिकता ऐन, अध्यादेश र संसदमा पुगेको विधेयक नपढी टिप्पणी गर्नु भएको रहेछ ।”
थुप्रै नकारात्मक प्रतिक्रियापछि रावलले आज मंगलबार १० बजेतिर आफ्नो उक्त ट्वीट ‘डिलिट’ गरेका छन् ।
गल्ती स्वीकार नभइ प्रष्टीकरणको भाषामा पुनःअर्को ट्वीट गर्दै उनले लेखेका छन्- मैले वीरगञ्जमा नागरिकता लिनेको भीड देखियो भन्ने समाचार आयो सरकारले जनतालाई जवाफ देओस् भनेर सोध्नु कुनै गलत कुरा होइन । सरकारले प्रष्ट पारे भइहाल्यो। तर, उक्त समाचार पुरानो भनी ध्यान आकर्षित गराउनुहुने सबैलाई धन्यवाद दिदैं मेरो त्यो ट्वीट हटाउने जानकारी गराउँछु ।
‘अध्यादेशमा नयाँ केही छैन’
प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर र राजेन्द्र महतोलाई आफ्नो पक्षमा पार्न अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरूले विरोध गरिरहेका छन् । नागरिकता जस्तो विषयलाई सत्ता-स्वार्थको माध्यम बनाएको उनीहरूको आरोप छ ।
ओली पक्षधर एमाले नेता विजय सुब्बा पनि अध्यादेशमा संविधानकै भाषा राखिएको बताउँछन्। उनी भन्छन्, “संविधानकै प्रावधानलाई कानूनी रुप दिइएकाले अध्यादेशमा आपत्तिजनक कुरा केही पनि छैन ।”
प्रदेश २ सरकारका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा सरकारले ल्याएको नागरिकता सम्बन्धी अध्यादेश संविधानको धारा ११ को उपधारा (३) र (५) को उतार जस्तो भएको बताउँछन्। उनी भन्छन्, “संविधान र अध्योदश अध्ययन गर्दा एक शब्द पनि नयाँ केही थपिएको छैन, म त भन्छु संविधान बमोजिमको नागरिकता ऐन पहिला नै आउनुपर्थ्याे ।” – हिमालखबरबाट साभार गरिएको
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
कर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
ाईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
क डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
िम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
डाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
ुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)