वीरगंज महानगरपालिका वडा नम्बर १४ बहुअरीस्थित स्पर्स मल्टिस्प्यासिलिटी हस्पिटलले विरामीहरुसंग लाखौँ ठग्ने गरेको खुलेको छ ।
वैशाख अन्तिम साता भर्ना भएका वीरगंज महानगरपालिका रानिघाट स्थायी घर भएका स्थानीय ६५ वर्षिय लालमुनि देवीको उपचारका लागी एउटै शिर्षकलाई विभिन्न नाम दिएर उपचारको २ लाख भन्दा बढी अनावश्यक रकम असुलेको खुलेको छ ।
वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले गत वैशाख २६ गते उदघाटन गरी सञ्चालनमा आएको यस हस्पिटलले एउटै शिर्षकमा पर्ने एचडियु भिजिट, ईन्टेन्सीभ, नर्सिङ्ग केयर, फिजियोथेरापी र आरएमयु भिजिटको नाम दिएर वीरगंजको निजि अस्पतालले लिने भन्दा २/३ गुणा बढी शुल्क असुलेको हो ।
स्पर्श होस्पिटलले २ दिनको आईसियु भिजिटको २५ सयको दरले ५ हजार, ईन्टेन्सीभ शिर्षक दिएर दिनको एक हजारको दरले १४ दिनको १४ हजार, फेरी नर्सिङ्ग केयर शिर्षक दिएर जम्मा रकमको ७ प्रतिशत जनाएर २० हजार ५ सय ८७ रुपैयाँ, त्यसैगरी नसिङ्गगले नै आएर कहिले काँही फिजियोथेरापी गरिदिएकोमा त्यसको अलग्गै शिर्षक फिजियो थेरापीको एक हजारको दरले १४ हजार रुपैयाँ र एचडियु वार्डमा भिजिट गरेको छुट्टै २ हजारको दरले १२ दिनको २४ हजार रुपैयाँ अशुलेको विरामीका आफन्त मधु साहले बताए ।
कोरोना संक्रमण देखाएपछि छाति दुख्ने समस्या भएर वैशाख २९ गते स्पर्श हस्पिटलमा भर्ना गराएको थियो । भर्ना भएको दिन आईसियुमा राख्न लगाएको थियो । साहले भने, दुईदिन त्योपनि पटक पटक गरी मात्रै अक्सिजन लगाउनु परेको थियो । त्यसपछि केविनमा सारिदिएपछि अक्सिजन लगाउनु परेन् ।
कोरोना संक्रमित हुनु भएकाले घर परिवारमा घुलमिल हुने डरले हस्पिटलबाट एकैपटक कोभिड नगेटिभ आएपछि जाने सोचले १४ दिन भर्ना गराएका थियो । पटक पटक गरी २ लाख ८ हजार डिपोजिट गराईसकेकोमा फिर्ता आउँछ भन्ने हामी सोचमा रहेपनी थप १ लाख ६ हजार ६ सय ८७ रुपैयाँ तिराएको विरामीका भतिज पर्ने आदित्य साहले बताए ।
निजि हस्पिटलहरुको छाता संगठन (अफिन) का अध्यक्ष राम श्रेष्ठका अनुसार वीरगंजका हस्पिटलहरुले कोरोना संक्रमित विरामीहरुका लागी अवस्था हेरेर आईशोलेसन वार्डका लागी ८ देखी बढीमा १२ हजार सम्म लिने गरेको छ । तर स्पर्श हस्पिटलले १५ हजारको दरले दुईदिनको ३० हजार रुपैयाँ अशुलेको छ । यसैगरी अन्य निजि अस्पतालले प्रति सिप्यापको ३ हजार रुपैयाँ लिने गरेकोमा स्पर्श हस्पिटलले एकगोटा सिप्यापको ६ हजार रुपैयाँ लिएका छन् ।
जबकी यसै स्पर्श हस्पिटलले वैशाख २७ गते भर्ना भएका मुक्ति राउत कुर्मीको नाममा काटिएको छुट्टै किसिमको विलमा विलमा २५ सय अक्सिजन चार्ज लिइएको छ र सिप्यापको जम्मा ४ हजार लिएको छ जबकी लालमुनि देवी विरामीसंग उहि सिप्यापको ६ हजार लिएको छ । भने आईशोलेसन भिजिट १५ सयका दरले लिएका छन् । विरामीको मृत्यु भएपछि केरमेट गरेर ५० हजार छुट लेखिएको भएपनी विरामीसंग ६९ हजार ४ सय १० रुपैयाँ असुलेको विरामीका आफन्तहरुले समाजिक सञ्जालमा उक्त विल भाईरल बनाएका थिए ।
स्पर्श हस्पिटलले लालमुनि देविका आफन्तलाई दिएको विलको जम्मै जोड्दा २ लाख ३५ हजार ६ सय रुपैयाँ हुनुपर्नेमा २ लाख ९४ हजार १ सय रुपैयाँ जनाएको छ । जसको सोझै ५८ हजार ५ सय रुपैयाँ बढी लिएका थिए । आज विहान अस्पतालमा गएका आफन्तहरुले हो–हल्ला गर्दा बढी भएको ५८ हजार २ सय रुपैयाँ फिर्ता नगरेर थप वाफ लिएको रकम जोडेर ५३ हजार रुपैयाँ मात्रै फिता गरेका छन् । अन्य शिर्षकको रकमको बारेमा कुरा गर्दा झनै सहुलियत दिएको भन्दै हप्काएर अस्पताल प्रशासनले फिर्ता पठाएको विरामीका आफन्तहरुले प्रतिक्रिया दिएका छन् ।
नेपाल सरकारले निजि हस्पिटलका लागी समान्य दिनको उपचार रकमको बढीमा ५० प्रतिशत भन्दा बढी बढाएर नलिन निर्देश गरेको छ तर स्पर्स हस्पिटलले समान्य अवस्थामा आएको विरामीसंग झण्डै दुईलाख रुपैयाँ बढी असुलि गरेको सोझै प्रमाणित भएको छ ।
यस विषयमा हस्पिटलका सञ्चालक डा. महेश्वर कुर्मीसंग बुझ्दा बिलमा दिइएको शिर्षकहरु अलग्गै रहेको बताए । जतिपटक अक्सिजन दिइन्छ उतिनै पटक सिप्याप प्रयोग हुने उनले दाबी गरे । तर बिलमा तिनदीन अक्सिजन र एकपटक मात्रैको ६ हजार सिप्याप देखाएको भनी प्रश्न गर्दा एकैपटक प्रयोग भएको बताए । अन्य हस्पिटलले ३ हजार मात्रै लिएको भनी प्रश्न गर्दा हाम्रोमा त्यति नै पर्ने उनले प्रतिक्रिया दिए । एउटै नर्सले नर्सिङ्ग केयर र ईनिसिएटिभ कसरी गरे भन्ने प्रश्नमा अर्को चिकित्सकले गरेको उनले दाबी गरे । त्यस्तै जुनियर र सिनियर डाक्टरको भिजिट समेत अलग्गै अलग शिर्षकमा राख्नु भएको प्रश्नमा वहाँहरुको भिजिट हुने गरेकाले लिइएको उनले दाबी गरे ।
२० वेड कोभिड विरामीहरुका लागी छुट्याएको यस हस्पिटललाई सञ्चालन भएकै दिन वीरगंजका सन्जय अग्रवाल, सन्दिप अग्रवाल, अनुप अग्रवाल, राजिव अग्रवाल, आनन्द चौधरी, नुतन सरावगी, राजकुमार दारुका, सर्लाही मलंगवाका नविन अग्रवाल लगायतका समाजसेविहरुले गरिब तथा विपन्न परिवारको निःशुल्क उपचारको लागी झण्डै ६ लाख ५० हजार रुपैयाँको भेन्टिलेटर सहयोग गरेका थिए ।