प्रभु हस्पिटलले महामारीमा विरामीहरूको उच्चस्तरीय सेवा दिएर विरामीहरूलाई सन्तुष्टि पारेको जनाएको छ ।
यता उपचार गराएका बिरामीले शुल्क धेरै लियो भनेर कुनै गुनासो नगरेको प्रभू अस्पतालको ब्यवस्थापनले जनाएको छ । अस्पतालले उपचार वा अन्य सेवा शुल्क बढी लिएको भनेर कुनै विरामीले हामीलाई कहिल्यै गुनासो नगरेको अस्पतालका निर्देशक डा. मनोज गुप्ताले बताउनु भएको छ । कोभिड महामारीको बेलामा चिकित्सक स्वास्थ्यकर्मी र सफाईकर्मीको ज्यान जोखिममा राखेर उपचार सेवा दिदै आएका उहाँले बताउनु भयो । धेरै जना निको भएर घर फर्किनु भएको छ उहाँहरुले धन्यवाद दिनु भएको छ, अवस्था हेरेर छुट समेत गरेको उहाँले स्मरण गराउनुभयो ।
डा. मनोज गुप्ताउहाँले नीजि अस्पतालको सेवा यो बेला सरकारीको तुलनामा महगो रहेको कुरा तथ्यपूर्ण रहेको बताउनु हुँदै नियमनकारी निकायलाई निजी अस्पतालले लिने शुल्कको बारेमा अनुगमन गरेर त्यसलाई नियमित बनाउन समेत आग्रह गर्नुभयो ।
उहाँले बिभिन्न संचार माध्यममा आएका बिल सहितका शुल्क सम्बन्धी समाचारमा टिप्पणी गर्दै समाचारले नागरिकलाई सचेत गराएको त्यसलाई सकारात्मक रुपमा लिने बताउनु भयो । उहाँले समाचारले सचेतना जगाउदा सम्म त ठिकै हुन्छ तर त्यो भन्दा बढी नियतबस अस्पताल र चिकित्सकको बदनाम गर्ने उद्धेश्य प्रेरित भयो भने त्यसको बिश्वसनीयता माथि प्रश्न उठने बताउनु भयो ।
उहाँले अस्पतालले कुनै पनि प्यासेन्ट पार्टीलाई पैसा फिर्ता नगरेको र त्यस्तो कहि कुरा समेत नभएको प्रष्ट पार्नु भयो । प्यासेन्ट पार्टीले खुशी भएर पैसा तिरेर गएका छन । बिरामी ठिक भएकोमा धन्यवाद दिएका छन उहाँले भन्नुभयो बिरामीलाई कसरी ठिक पार्ने भन्नेमै हाम्रो बुद्धी बर्कत अनुभव सीप लागेको हुन्छ हाम्रो यो परिश्रम त उहाँहरुले पनि देख्नु भएको छ नी वहाँले जोड दिनुभयो ।
उहाँले बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले अस्पताललाई पैसा फिर्ता गर्नुृ भनेर कुनै निर्देशन नदिएको समेत प्रष्ट पार्नु भयो । महानगर प्रमुखले अन्य हस्पिटलले फिर्ता गरेकालाई प्रभु हस्पिटलको नाम राखेर बदनाम गराउन खोजिएको बताउनुभयो ।
यता प्रभू अस्पतालको बिषयमा आजै सम्पन्न डिसीसीएमसीको बैठकमा बिलिङ्ग खुलाएर लेखाउन लगाउने मात्रै कुरा भएको पर्साका निम्ति प्रमुख जिल्ला अधिकारी भिमदत पौडेलले बताए । बीरगंज महानगरका प्रमुख बिजय सरावगीले पनि प्रभू अस्पतालको बिषयमा कुनै टिप्पणी नगरेको प्रष्ट पार्नुृ भएको छ ।