नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्थापना गरेको पत्रकार राहत विपद कोषमा रेडियो सान्भी, साझा डेलीको तर्फबाट २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
कोरोना भाइरसको महामारीका कारण अग्रपंक्तिमा खटिने पत्रकार तथा सञ्चारकर्मीहरुलाई हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्थापित कोषमा रेडियो सान्भी, साझा डेलीको तर्फबाट आर्थीक सहयोग गरेको हो ।
रेडीयोका स्टेशन म्यानेजर रामअनुप यादव, प्राविधिक प्रमुख सत्येन्द्र यादव, कार्यक्रम प्रमुख सोनम गौतमले सयुँक्त रुपमा नेपाल पत्रकार महासंघ पर्सा शाखाकी उपाध्यक्ष सुष्मा शर्मा, कोषाध्यक्ष सञ्जिव मिश्रा र पुष्प तिमल्सिनालाई रकम हस्तान्तरण गरेका हुन् ।
हाल पर्सामा एकदर्जनभन्दा बढी सञ्चारकर्मी संक्रमित भई उपचाररत रहेका छन् । विपद कोषमा इच्छुक व्यक्ति, सरकारी तथा निजी संघ–संस्थाहरुले खुल्ला तथा गोप्य रुपमा आवश्यक रकम सहयोग गरिदिन हुन महासंघ आग्रह गरेकाे छ ।
नेपाल पत्रकार महासंघलाई सहयोगका लागि बैंक विवरणः
Nepal patrakar mahasangh
A/C No. 01900100334818000001
Mahalaxmi Bikash Bank Ltd.
Birgunj Branch Parsa