पर्सामा प्रहरी विरूद्ध दुर्ववहार तथा हातपात गर्ने आरोपमा १६ जनालाई मुद्दा चलाएको छ ।
वीरगंजमा खटिएको पिकेट, मोबाइल तथा मोटरसाईकल गस्तीमा रहेका प्रहरीलाई अभद्र व्यवहार, गरि काम कार्वाहीमा अवरोध पुर्याई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरूद्धको कसुर एवम् संक्रामण एेन २०२० बमोजिम जिल्ला प्रहरी कार्यालयले वैशाख ३१ यता १६ जनालाई मुद्दा चलाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताएका छन् ।
पछिल्लो समय पर्सामा प्रहरी माथि दुर्ववहारको घटना पटक पटक दोहरिदै गएको छ । प्रहरीले कहिले भर्ना भएको विरामीको खाना पुर्याउन जादाँ त कहिले औषधि किन्न गएकालाई जथाभावी कुटपिट तथा दुर्ववहार गर्दा प्रहरी प्रतिको रोस जनतामा बढ्दै गएको छ ।
वैशाख ३० गते यता त्यस्ता १६ जनामाथि प्रहरीले मुद्दा नै चलाएका छन् । जसमा वैशाख ३० गते पाँचजना माथि मुद्दा चलाएको छ । पर्सा प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर १० का २६ वर्षिय साहेब शेख, वडा नम्बर १३ का ३० वर्षिय मोहमद असरफ हुसेन, त्यसैगरी पोखरिया नगरपालिका वडा नम्बर ३ का १९ वर्षिय युवा हफिन हुसेन, वीन्दवासनि गाउँपालिका वडा नम्बर ४ का ३० वर्षिय भोला प्रसाद साहलाई मुद्दा चलाएको छ भने, अर्का भारत विहारको वेतिया वैरिया वडा नम्बर ४ का मुन्ना साहलाई समेत उहीँ प्रकारको मुद्दा चलाएर कार्वाही प्रकृया अगाडि बढाएको पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए ।
यस्तै वीरंज महानगरपालिका वडा नम्बर २२ मा समेत निषेधाज्ञाको अवधिमा नटेर्ने दुर्ववहार गर्ने जगरनाथपुरका २६ वर्षिय राजन यादव, ३२ वर्षिय राजेन्द्र प्रसाद यादव र सुरेन्द्र साहलाई अपराधीक उपद्र गरेको आरोपमा मुद्दा चलाईएको छ । पर्सा प्रहरीले निषेधाज्ञा पालना गराउन भनेपनी वीरगंजको मुख्य सडक बाहेक कुनै टोलमा पनि निर्देशन पालना भएको देखिदैन ।
साझको समयमा वीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्लि पोखरीमा माछा बेचिरहेका व्यपारीहरूलाई २/३ जना प्रहरीको समुहले लखेट्न खोज्दा स्थानीयहरू प्रतिवाद गरेर उल्टै प्रहरीलाई मर्नासन्न गरि कुटपिट तथा स्थानीयहरूले हातहतियार खोस्ने प्रयास गरेको थियोे । उक्त घटनामा प्रहरीले स्थानीयले नै बनाएको भिडियोको सहाराले ७ जनालाई दोषि पाएको थियो ।
जसमध्ये सोहि वडाका ३४ वर्षिय मोहमद हसन, ३५ वर्षिय सैफुन खातुन, १९ वर्षिय रोहित कुमार गुप्ता, १८ वर्षिय गुलामे मुस्तुफा र २० वर्षिय मोहमद समिमलाई पक्रेको छ भने, भोला र प्रमोद भन्ने व्यक्ति फरार रहेको पर्सा प्रहरीले जनाएको छ ।
घटनामा प्रहरी कुट्ने र हतियार खोस्ने कसूरमा प्रत्यक्ष सङ्लग्न भई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर कार्वाही प्रकृया अगाडि बढाइएको छ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
कर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
ाईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
क डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
िम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
डाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
ुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)