नेपाल रेडक्रस सोसाइटी प्रदेश २ को कार्यालयले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिलाई कोरोना महामारीमा प्रयोग हुने स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका सभापति विरेन्द्र राज कँडेलको सभापतित्वमा भएको कार्यक्रममा रेडक्रस प्रदेश २ का अध्यक्ष फुलमहम्मद मियाँको प्रमुख आतिथ्यतामा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर घिमिरेलाई कोराना महामारी रोगबाट बच्न र बचाउनका लागी प्रयोग हुने स्वास्थ्य सामाग्री सर्जिकल मास्क २० हजार पिस, आक्सिजन कन्सनटेटर–३ सेट, व्यक्तिगत सुरक्षा सुट पिपिई ५० सेट गरि करिब ८ लाख मुल्य बराबरको सामाग्रीहरु हस्तान्त्रण गरिएको हो ।
महामारीको समयमा विरामीहरुको लागी रक्तदान गराई विरामीहरुको लागि रगत पुर्ति, एम्बुलेन्स सेवा, जनचेतना लगायतको काम गर्दै आएको रेडक्रसबारे प्रजिअ घिमिरेले प्रशंसा गर्नु भएको रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जानकारी गराए । यस महामारीको समयमा रेडक्र्सले ७७ वटा जिल्लामै मानवीय सेवा कार्यमा अग्रसर रहि कोभिड १९ रोग रोकथामका लागि विभिन्न कामहरु गर्दै आएको छ । कोरोनाबाट वचन र बचाउनका मापदण्डको पालना गर्न हुन प्रदेश २ का अध्यक्ष फुलमहम्मद मियाले सबैमा अनुरोध गर्नु भएको थियो ।
विगतको लामो समय देखी जहाँ दुख त्यहा रेडक्रस भन्ने नाराका साथ मानवीय सेवा कार्यमा रेडक्रसको ठुलो सहयोग र योगदान हुदै आएको साथै कोरोना महामारीको पहिलो लहरमा समेत देशव्यापी गरिएको कार्य झै कोरोनाको दोश्रो लहरमा समेत हाम्रो हातेमालो रहिरहनेछ साथै विभिन्न कार्यमा सहयोग गरिनेछ भन्ने कुरा रेडक्रस पर्साका सभापति विरेन्द्र कंडेलले जानकारी गराए । नेपाल रेडक्रस प्रदेश २ बाट उपलब्ध गराइएको सामाग्री रेडक्रस पर्सा मार्फत जिल्ला प्रशासन कार्यालयलाई हस्तनान्तरण गरिएको थियो ।
कार्यक्रममा रेडक्रस प्रदेश २ का अधिकृत उमेश मिश्र, सुर्दशन श्रेष्ट, पर्सा रेडक्रसका लेखा अधिकृत विरशम्सेर प्रसाद कुर्मी, राजन श्रीवास्तव, महम्मद आलम, मन्ताज मियाँ, लक्ष्मीनारायण रायतको उपस्थिती रहेको थियो ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
कर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
ाईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
क डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
िम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
डाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)