नेकपाका नेता तथा पुर्व सांसद राजकुमार गुप्ताले खोलामा नुहाउने क्रममा मृत्यु भएका परिवारजनलाई आज गर्नुभएको छ ।
पुर्व सांसद गुप्ताले पर्साको बहुदरमाई नगरपालिका वडा नं. ९ का खोबारी रौनियार र मनोज पटेलको परिवारलाई पाँच/पाँच बोरा चामल, तिन/तिन बोरा चिउरा,एक / एक बोरा दाल र चिनी सहयोग गर्नुभएको हो ।
सो अवसरमा नेकपा पर्साका नेता किसोरी कुशवाहा, धुरुप कुशवाहा, प्रमोद कुशवाहा, देवतानन्द गुप्ता, वडा अध्यक्ष केदारनाथ तिवारी , रामेश्वर साह, नेकपा पर्साका नेताहरु अशोक गुप्ता, तेजप्रकाश निसाद,संजिव मिश्रा, प्रमोद साह, ब्रम्हदेव गुप्ता, रामबाबु साह लगायतको उपस्थिती रहेको थियो ।
ऋषि पंचमीका दिन पर्साको बहुदरमाई नगरपालिकाको ढोंगही खोलामा नुहाउने क्रममा खोलामा आएको बाढीले बगाउदा खोभारी रौनियारको १४ वर्षीया पिंकीकुमारी र १२ बर्षिय मान्सी कुमारी तथा मनोज पटेलको छोरी १४ बर्षिय मुन्नी कुमारीको मुत्यु भएको थियो ।