वीरगंजमा लामो इतिहास बोकेका पुस्तकालयहरु अहिले धमाधम बन्द हुने अवस्थामा छन् । वीरगंजमा सुरुमा रहेका ८ वटा पुस्तकालय मध्ये अहिले ३ वटा मात्रै सञ्चालनमा रहेका छन् । विगतलाई हेर्ने हो भने शिक्षाको विकासक्रम सुरु मात्र भएको मान्न सकिन्छ । तर वीरगंजमा अध्ययन अध्यापनका लागी नयाँ नयाँ प्रयोग हुँदै गएको यो समयमा किताब पढ्नेहरुको कमि हो कि भन्ने झल्कन्छ । वीरगंजकै सबैभन्दा पुरानो त्रिजुद्ध मावि स्थापना भएसंगै वीरगंजमा एकपछि अर्को विद्यालयहरु स्थापना भएका थिए ।
पुस्तकालयमा उतिबेला स्थान नपाएर मारामार हुन्थ्यो । पालो कुर्नु पर्दथ्यो शिक्षा हासिल गर्ने अहिलेका महारथीहरु समेत ति पुस्तकालयमा नपुगेको सायदै हुन्थ्यो ।
विद्यालयको विकासक्रसंगै वीरगंजमा २०२७ सालमा स्थानीयको सहयोगमा जुनेली पुस्तकालय सञ्चालनमा आयो । जो अर्थ अभाव र अभिभावकत्व नभएकाले २०३८ सालमा बन्द भएको वीरगन्जका अगुवाहरुले बताए । यो संगै २०२८ सालमा गहवामा सुरु भएको आदर्श पुस्तकालय पछिल्लो समय २०५७ मा आएर पुस्तकालय भवनको अभावमा बन्द छ उनीहरुले भने । उतिबेला बन्द भएका यी पुस्तकालयको सम्झना अझै ताजा छ । कारण थियो पुस्तकालयमा उतिबेला स्थान नपाएर मारामार हुन्थ्यो । पालो कुर्नु पर्दथ्यो शिक्षा हासिल गर्ने अहिलेका महारथीहरु समेत ति पुस्तकालयमा नपुगेको सायदै हुन्थ्यो । विग्त सम्झदै डा. दिपक शाक्यले भने, अहिले पुस्तकालयहरु अपग्रेड नभएर युवाहरु इन्टरनेटको सहारा लिने गर्छन् । धेरैजसो युवा साझ यतिकै बरालिएर हिडेका छन् । कोही साझ पर्न साथ होटल होटल चहार्ने गरेका छन् भने कोही यतिकै दिन विताउन बाध्य छन् ।
डा. दिपक शाक्ययस्तै २०४० सालमा अलखिया मठमा खुलेको अलख पुस्तकालय २०६२ सालमा भवन अभावमा बन्द भयो । हाल उक्त ठाऊँमा भवन भए पनि पुस्तकालय सञ्चालन हुन सकेको छैन डा. शाक्यले भने ।
पछिल्लो समय वीरगंज उधोग वाणिज्य संघले आफ्नै भवनमा २०५९ सालतिर सञ्चालनमा ल्याएको पुस्तकालय गएका ३ महिनादेखि बन्द छ । ८ कक्षाका विद्यार्थीहरुलाई सहुलियत हुने गरी विभिन्न टेष्ट बुकहरु भए पनि ८ वर्ष पहिला दिनकै एक सयजना आउने पुस्तक प्रेमिहरु अहिले दिनमा एकजना पनि नआउने गरेकाले बन्द गर्नु परेको वीरगंज उद्योग वाणिज्य संघका कार्यकारी सचिव सुनिल कुमार कण्ठले बताए । उनले भने, वीरगंजमा मात्र हैन, केन्द्रिय लाईब्रेरिहरुमा समेत ईन्टरनेटले उपयोगिता घटाऊँदै गएको छ । हामीले व्यापारी, विद्यार्थी, राजनितिज्ञहरुका लागी समेत पुस्तक राखेका थियौँ । तर व्यापारीहरु पहिला पनि आउदैन थिए । तर पनि हामीले पुस्तकहरु राख्ने गरेको थियौं । अहिले त अरु पनि आउने क्रम घटेपछि पुस्तकालय नै बन्द गर्नु परेको हो उनले तर्क गरे । किताबहरु सबै सुरक्षित छन् । हाल हामी पत्र पत्रिकाको फाईलिङ्ग उद्योग वाणिज्य संघबाट उपलब्ध गराउछौँ ।
यस्तै २०६९ सालमा विद्यार्थी जागरण मञ्च (विजाम) ले अमेरिकन दुतावासको सहयोगमा नेशनल ट्रेडिङ्ग अगाडी सञ्चालनमा ल्याएको सामुदायिक पुस्तकालय भवण जिर्ण भएको भन्दै जेसिस मार्फत सञ्चालन गर्दै आएको सामुदायिक पुस्तकालय समेत विगत २ वर्षदेखि कन्ट्रयाक्ट बन्द गरेकाले जेसिसले चलाउन नसकेर बन्द छ । स्टाफ, प्राविधिक खर्च, विजुलि बति लगायत नयाँ नयाँ पुस्तक समेत उपलब्ध नगराईएकाले बन्द गर्नुपरेको जेसिसका पुर्व अध्यक्ष तथा सल्लाहकार गणेशमान श्रेष्ठले बताए । उनले भने, सञ्चालन बखत मेडिकल, व्यवस्थापक र प्लस टुसंगै विद्यालयका ८ कक्षामा पढ्ने विद्यार्थीहरु समेत पुस्तकालयमा अध्ययन गर्न आउँथे । पुस्तकालयमा मेडिकल, साईटिष्ट, राजनितिज्ञ लगायतको पुस्तकहरु प्रसस्तै थियो । तर आर्थिक भार बढी भएकाले सञ्चालन गर्न नसकिएको पुर्व अध्यक्ष श्रेष्ठले बताए । लाईब्रेरी सञ्चालनका लागी धेरै महंगो पुस्तकहरु चाहिन्छ, अपग्रेड गरिरहनु पर्छ । त्यो हुन नसकेकाले बन्द गरियो । त्यहाँ भएको पुस्तकहरु केही कलेजहरुलाई दिएका छौँ भने अझै सुरक्षित रहेको उनले बताए ।
वीरगंज महानगरपालिकाको पुस्तकालयमा पत्रिका पढ्दै लोक सेवा आयोगको तयारी गरिरहेका एक विद्यार्थी सुरेश यादव । तस्बिरहरु : मध्य नेपालसञ्चालनमा तिनवटा मात्रै पुस्तकालय
वीरगंज महानगरपालिकामा हाल तिनवटा मात्रै पुस्तकालयहरु सञ्चालनमा रहेको छ । वीरगंज महानगरपालिकाको, ठाकुर राम बहुमुखि क्याम्पसको र भारतिय दुतावासको प्राङ्गणमा रहेको दुतावासको लाईव्रेरी मात्रै सञ्चालनमा रहेको छ ।
२०४२ सालमा उति बेलाका मेयर विमल श्रीवास्तवले नगरसभा गृह छेऊमा पुस्तकालय स्थापना गराएको थियो यो अहिले पनि सञ्चालनमा छ । तर पुस्तकहरुको अभावले पढ्नेहरुको क्रम घटेको छ । वीरगंजमा पढ्ने वातावरण बनाउनका लागी भए पनि लाईब्रेरी जरुरी छ । विश्वमा जहाँ पनि ईतिहासै छ, । पढ्नकै लागी सरकारले स्थापना गरिदिएको हुन्छ । तर वीरगंजमा स्थानीय सरकारको पहलमा स्थापना भएको लाईब्रेरी पनि स्तरीय नभएकाले समस्या भएको छ ।
प्रजातन्त्रको बहालीसँगै ठाकुरराम बहुमुखि क्याम्पसमा २०४६ सालतिर दामोदर सरको पालामा क्षेत्रिय पुस्तकालय सञ्चालनमा आयो । जुन अहिले पनि नियमित रुपमा सञ्चालनमा नै छ तर किताब चोर्ने गरेकाले अपग्रेड हुन सकेको स्थानीय युवाहरुले भने । पुस्तकालयमा पढ्न नजाने कारढण बारे पुस्तकालयमा नयाँ नयाँ पुस्तकहरु नराख्ने गरेकाले भएको उनीहरुको भनाइ छ ।
वीरगंज महानगरपालिकाको पुस्तकालयमा थन्कीएका पुराना पुस्तकहरु ।पुस्तकालयमा नयाँ पुस्तकको अभाव
बिना रोकटोक सजिलै पढ्न सक्ने अवस्था छ, वीरगंज महानगरपालिकाको पुस्तकालयमा पुस्तकको खोजिमा आएका ठाकुराम बहुमुखी क्याम्पस व्यवस्थापक संकायमा अध्ययनरत सर्लाहीका निरंजन यादवले भने, हामीलाई अध्ययनको लागी आवश्यक पर्ने कुनै पनि नयाँ किताब छैन । यहाँ केही नयाँ भनेको पत्रिकाहरु मात्रै छन् । हैन भने केही पुरानै किताब मात्रै छन् । आवश्यक पर्ने नयाँ किसिमका किताबहरु भए अरु साथीहरु पनि आउने थिए ।
यस्तै एम वि केडिया डेन्टल कलेजमा अध्ययनरत सिवानि पटेलले भनिन् हामीलाई चाहिनेभन्दा पनि पुरानो किताबहरु मात्रै यहाँ छन् । खासमा यहाँ केही पुरानो कुराको मात्र जानकारी प्राप्त हुने भएकाले ठिकै हो । तर त्यति स्तरिय नलागेको उनले बताईन् । बाईलोजि, साईन्सका नयाँ नयाँ खोज लगायतको पुस्तक भए गज्जबै हुन्थ्यो उनले तर्क गरिन् ।
यस्तै ठाकुरराम बहुमुखी क्याम्पसम अध्ययनरत छात्रा सुरेश यादवले आफू आयोगको तयारी गरिरहेकोले यहाँ भएका पुरानो पुस्तकबाट केही मिल्ने हुँदा यहाँ अध्ययन गर्न आएको बताए । शान्त वातावरण र बिना कुनै रोक टोक राष्ट्रिय स्तरको हरेक पत्रपत्रिका पढ्न पाउँने भएकाले यहाँ आउने गरेको उनले बताए ।
समस्या
ठाकुरराम वहुमुखि क्याम्पसको क्षेत्रिय लाईब्रेरिमा पुस्तक चोर्ने बानीले अहिले पुस्तक अपग्रेडिङ्ग हुन नसकेको डा। शाक्यले तर्क गरे । खराब आचरणकाले चोर्छ । तर किताब चोरे भन्दैमा पुस्तकालय बन्द गर्नु भएन, बरु निगरानी बढाउनु पर्छ उनले भने । यो नेपाल भारतको सहयोगमा सञ्चालन गरेको देशकै ठुलो पुस्तकालय हो । यस्तै पुस्तकालय भारतीय महावाणिज्य दुतावस वीरगंजले पनि राखेको छ । तर दुतावास कार्यालय भित्र सिमित रहेकाले पढ्न कै लागि त्यति धेरै जना जादैनन् । यदि काठमाडौँ जस्तै वीरगंज मै व्यवस्थित र अपग्रेडिड पुस्तकालय भए बरालिएका युवाहरु पुस्तकालयमा पुग्ने गर्दथे ।

नयाँ पुस्तामा समस्या
प्राय स् सबै त हैन । तर यस्ता पुस्ता पनि छन् । जो प्रेम कहानी बाहेकका दुनियामा प्रवेश गर्न चाहदैनन् । पुस्तकालयमा रहेका पुस्तकहरु पुराना हुन् तर पनि आवश्यताका धेरै छन् पढन् चाहनेहरु । बढी नयाँ नयाँ पुस्तक खोज्ने गरेकाले यहाँ पुस्तक पढ्न आउनेको संख्या घटेको वीरगंज महानगरपालिका पुस्तकालयका बुधम महर्जनले बताए ।