कोरोना महामारीमा पत्रकार अचारसंहित कार्यन्वयन र पत्रकारको अवस्था बारे भर्चुअल बैठक समपन्न भएको छ ।
प्रेस काउन्सील नेपालको आर्थिक सहयोग समपन्न कार्यक्रममा संकटका बेलामा संचारकर्मीहरु बाँच्ने अवस्था र भईरहेको पत्रकार अचारसंहितको कार्यन्वयन बारे छलफल भएको नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिव श्याम बन्जाराले बताए ।
महामारीको बेलामा संचारगृहको अवस्था र पत्रकारहरुले महामारीका विचमा समाजलाई सुसुचित गर्ने बारेमा छलफल समपन्न भएको हो । बैठकमा नेपाल पत्रकार महासंघका सचिब दिपेन्द्र चौहानले संकटका बेलामा संचारकर्मीहरु बाँच्ने अवस्थाका सृजना गर्दै काउन्सीलले प्रयाप्त सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो कार्यक्रममा काउन्सीलका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले सबै पत्रकाहरुको हितहुने काम गर्न आफु प्रतिबद्ध रहेको धारणा राख्नुभएको थियो ।
प्रदेश नम्बर २ का पत्रकारहरुको अवस्थाको बारेमा गरिएको भर्चुअल बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के सी लामिछाने, ललिता साह त्यसैगरी प्रदेश अध्यक्ष राजेक कर्ण उपाध्याक्ष रामानन्द प्रसाद गुप्ता, कोषाध्याक्ष विश्वनाथ ठाकुर, नेपाल पत्रकार महासंघका पुर्ब मध्यमाञ्चल संयोजक महेश दास शाखा अध्यक्षहरु अनुप तिवारी, प्रेमचन्द झा, टंक क्षेत्री, श्रवण कुमार देब, त्यसैगरि शत्रुघन नेपाल, अकुरावका सचिब अच्युत पौडेल, बरिष्ठ पत्रकारहरु शत्रुघन नेपाल, महेशचन्द्र गौतम, बिजय कुशवाहा, महासंघ पर्साका सचिब भुषण यादब, रामहरी थपलिया, शेख सज्जाद हुसेन, अवधेश कामत लगायत ३ दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो ।
बैठकमा काउन्सिलका सचिब झविन्द्रले काउन्सिलको बर्तमान अवस्थाका बारेमा धारणा राख्नुभएको थियो । काउन्सीलका सदस्य लालबाबु शेखको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संयोजन तथा संचालन नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिब श्याम बन्जाराले गर्नुभएको थियो ।