नेपाल रेडक्रस सोसाइटी पर्साका एम्बुलेन्स चालक मुमताज अंसारी महिनाको १५ दिन एम्बुलेन्सबाट बिरामी अस्पताल ल्याउने लाने गर्छन् ।
बाँकी १५ दिन अर्का चालकले उनलाई पालो दिन्छन् । उनी १५ दिन आराम गर्छन् । अरु समयभन्दा अहिलेको समयमा बढी नै बिरामी अस्पताल ल्याउने लाने गर्नु पर्ने उनले बताए । सामान्यदेखि कोरोना संक्रमित बिरामीलाई समेत अस्पतालसम्म ल्याउने काम गरिरहेको छु उनले भने । समय र परिस्थिति असहज भए पनि आफूलाई खासै फरक नपरेको उनको तर्क छ । उनि भन्छन्– ‘अहिलेको समयमा काम गर्ने सहज वातावरण छैन । तर पनि मलाई भने डर लागेको छैन । संस्थाले आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । बीचमा आफै पनि संक्रमित अंसारी केही दिनको औषधोपचार र आरामपछि पुन आफ्नो दैनिकीमा फर्किएका हुन् ।
आफू संक्रमित भइसकेकोले पनि होला खासै डर लाग्दैन अन्सारीले बताए । विरामी ल्याउने लाने दैनिकी नै हो । वीरगंज मात्रै नभइ काठमाण्डौ, नेपालगञ्ज, पोखरा लगायतका ठाउँसम्म बिरामी लिएर पुगेको उनले बताए ।
अहिले रुघाखोकी, ज्वरो लगायतको लक्षण देखिएका विरामीलाई बोकेर नारायणी अस्पतालसम्म ल्याउनु पर्दा नारायणी अपतालका एम्बुलेन्स चालक इमाम हुसेन भने झस्कन्छन् । कहि आफैलाई संक्रमण हुने हो कि भन्ने त्रास छ उनले बताए । विगत १२ वर्षदेखि नारायणी अस्पतालमै एम्बुलेन्स चालकका रुपमा कार्य गर्दै आएका ४० वर्षीय हुसेन हाल कोभिडका बिरामी बोकिरहेका छन् । उनले भने –‘अहिले विश्वभरीनै महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को लक्षण विरामी देखिएपछि आफैलाई असुरक्षित जस्तै लाग्छ’ । तर डराएर त एम्बुलेन्स चलाउनै सकिदैन ।
फेरि आफ्नो पेशा नै यही भएको कारण पनि काममा लागि परेको छु । हामी पूर्ण रुपमा सुरक्षा सामाग्रीको प्रयोग गरेर सेवा दिइरहेका छौ । सबै सामग्री अस्पतालले नै उपलब्ध गराएको छ । फेरि मैले खोपको दुइ डोज नै लगाइ सके’ उनले भने । बिरामीलाई ल्याउनेभन्दा पनि बढी नारायणी अस्पतालबाट अन्यत्र रेफर गरिएका बिरामीलाई पु¥याउने काम मैले गरेको छु उनले तर्क गरे ।
‘बिरामी स्वास्थ्य संस्थामा छिटो छरितो पुग्न एम्बुलेन्स प्रयोग गर्छन् । तर, हामी चालक भने असुरक्षित भएका छौं’ अर्का एम्बुलेन्स चालकले भने । ‘सरकारले एम्बुलेन्स चालकका लागि आवश्यक मास्क, स्यानिटाइजर जस्ता वस्तुको व्यवस्था गर्न सकेको छैन ।’ नाम नबताउने सर्तमा एक एम्बुलेन्स चालकले आरोप लगाए । कोरोना भाइरसको दोश्रो लहरले महामारीको रुप लिन थालेपछि उच्च सर्तकता अपनाइएको छ । नेपालमा पनि लामो दूरीका गाडी चल्न छाडेका छन् । तर, एम्बुलेन्स चालकहरु भने जोखिम मोलेर सेवा दिइरहेका छौं उनले भने । अझ यातायातहरु ठप्प भएका कारण एक ठाउँबाट अनेत्र जानु पर्ने यात्रुहरुलाई गन्तव्य स्थानसम्म पु¥याउनका लागि विभिन्न सघ संस्थाहरुले सवारी सेवा उपल्बध गराएका छन् । यस्तो अवस्थामा उक्त चालक सक्रमित हुने जोखिम भएकोले गर्दा स्वास्थ्य सामग्रीको पहुँचमा ध्यान दिन जरुरी छ ।
वीरगंजका अर्का अस्पतालका एम्बुलेन्स चालकले कोरोना भाइरसका लक्षण देखिएका विरामीलाई नबोक्ने बताए । ‘अहिले मैले दुर्घटना लगायतका अन्य विरामी बोक्ने गरेको छु’ उनले भने । ‘अस्पतालले हामीलाई सुरक्षित नबनाएसम्म कोरोनाका लक्षणका विरामीलाई बोक्ने छैन’ उनले दावी गरे । आफ्नो नाम नखुलाउने सर्तमा अस्पतालले कोरोनाको संक्रमणबाट बच्न कुनै पनि उपकरण तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था नगरेको ती एम्बुलेन्स चालकले बताए ।
नेपाल एम्बुलेन्स चालक संघका पर्सा, बारा जिल्लाका अध्यक्ष नौसाद अंसारीले पनि एम्बुलेन्स चालक असुरक्षित भएको दावी गरे । ‘बिरामीलाई अस्पताल पु¥याउने हामी नै सुरक्षित छैनौं’ उनले भने । माक्स, सेनिटाइजर ‘पुरै शरिर ढाक्ने सुरक्षित कपडा ( पर्सनल प्रोटेक्टिभ इक्यूपमेण्ट ( पिपिइ ) नै छैन’ । पिपिइले बाह्य संक्रमण हुनबाट जोगाउँछ । अघिल्लो महामारीका समयमा पनि हामीले कुनै किसिमका स्वास्थ्य सामाग्री पाएका थिएनौ । यस वर्ष पनि पाएका छैनौं । हामी आफैंले चन्दा संकलन गरेर स्वास्थ्य सामाग्री खरिद गरेका छौं ।
अहिले कोरोनाको खोप पनि आइसकेको छ । सबै खोपको प्राथमिकतामा परे पनि एम्बुलेनस चालकले कोरेना विरुद्धको खोप लगाउन नपाएकोमा उनले गुनासो गरे । एम्बुलेन्स चालक बिरामीको नजिक हुने हुँदा उनीहरुलाई पनि खोपको व्यवस्था गरिनु पथ्र्यो । हाम्रो रेकर्डमा भएका एम्बुलेन्स चालक मध्ये चार जनाले मात्रै कोभिड विरुद्धको खोप लगाएका छन् । उनले एम्बुलेन्स र चालकलाई सुरक्षित गर्ने योजना यथाशिघ्र बनाइनु पर्नेमा जोड दिए ।
पर्सामा मात्र अहिले १ सय १० वटाभन्दा बढी एम्बुलेन्स र चालकहरु छन् । संघका जिल्ला अध्यक्ष अंसारीले एम्बुलेन्स पनि केही ‘क्याविन’ वाला र केही सामान्य रहेकाले क्याविनवालामा भन्दा सामान्य एम्बुलेन्सबाट कोरोनाको संक्रमण चालकमा सहजै सर्न सक्ने तर्क गरे ।
निषेधाज्ञालाई मध्यनजर गर्दै जेठ ४ गतेबाट निःशुल्क ई–रिक्सा सेवा संचालन गरिएको छ । एम्बुलेन्स नपाउने र गरिब तथा विपन्नहरुलाई लक्षित गरी सुरु गरिएको ई–रिक्सा (एम्बुलेन्स) बाट १ सयभन्दा बढीले सेवा लिएको ई रिक्सालाई एम्बुलेन्सका रुपमा सेवा दिन थालेका संयोजक ओमप्रकाश सर्राफले बताए ।
‘वीरगंज बजार क्षेत्रभित्र एम्बुलेनस नहुँदा ई रिक्सा मै भए पनि अस्पताल लैजान सहज होस्, कसैले एम्बुलेन्सको अभावमा ज्यान गुमाउन नपरोस् भनी मारवाडी युवा मंच वीरगंज र रेल्वे कटेज वीरगंजको सहकार्य तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको सहजीकरनमा सेवा सञ्चालन गरिएको हो’ उनले भने ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)