निशेधाज्ञा भन्नासाथ अफ्ठयारो समयबाट पार लगाउन गरिएको प्रशासनीक कदम भन्ने बुझ्न खासै गाह्रो छैन ।
यो समयमा आम सर्वसाधारणले सकसको जीवन जिउनुपर्ने कुरा प्रष्टै छ । तथापि वीरगन्ज बजारका स्थानीयका लागि भने निशेधाज्ञाकै बीचमा सस्तोमा ताजा तरकारी खान पाएर यो अवधिको एउटा सकारात्मक फाइदा मिलेको छ । घरमा नै लिएर आउँछन् । त्यसमा पनि ताजा र सस्तोमा खान पाइन्छ यो चाही फाइदा भयो उनीहरुले भने ।
लबडाउनमा तरकारी ताजा र बजारकोभन्दा केही सस्तोमा खान पाइएको वीरगंज १५ भिस्वाकी शान्ता गुप्ताले पनि बताइन् । घर घरमै साइकलमा घुमाउदै ल्याउँछन् । हरियो सागसब्जी काक्रो, लौका, फर्सीको मुन्टा जस्ता तरकारी गाउँबाट सोझै ल्याएर घुमाएर बेच्दा हामीले भने ताजा र सधैंको बजार भाउभन्दा पनि सस्तोमा खान पाएको उनको तर्क छ ।
पहिले घिरौला ४५ देखि ५० रुपैयासम्म किन्ने गर्दयांै बजारमा । तर यो लकडाउन सुरु भएदेखि २०–२५ रुपैयामा घरमै पाउन थालिएको छ । कृषकहरुबाट हरियो साग सब्जी ताजा र कम मुल्यमा पाइँदैछ रानीघाट ९ बस्ने रोहित सर्राफले भने । बिचौलिया नहुँदा बीक्री हुने हो भने कृषकलाई पनि खासै घाटा नहुने उनको तर्क छ । व्यापारीको नाफा नजोड्दा उपभोतmा र कृषक दुबैलाई फाइदा नै होला भन्ने मलाइ लाग्छ उनले तर्क गरे ।
यता निशेधाज्ञा सुरु भएयता फलफूलको भाउ भने निकै बढेको छ । पहिले स्याउ प्रति केजी २२० रुपैयामा पाइन्थ्यो । अहिले त्यहि स्याउ ३ सयदेखि ३ सय २० रुपैयासम्म पर्ने गरेको छ । किन रेट बढेकोभन्दा ब्यापारीले लै महँगोमा खरिद गरेकाले बेच्ने पनि महँगोमा नै भएको पानीटंकी ८ निवासी कल्पना सुबेदीले बताइन् ।
लकडाउन हुनुभन्दा अगाडी ठिकठाक व्यवसाय चलिरहेको थियो । निषेधज्ञा जारी भैसकेपछि देहाततिरबाट प्रशस्त आउने सिजन अनुसारको तरकारी आउन छोडेको वीरगन्ज तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष विदुर गुप्ताले बताए । अहिले भने त्यो सिजन अनुसारको बोडी, भान्टा, करेला, रायोको साग, घिरौला जस्ता तरकारी बजारमा नै आएका छैनन् । छिटफुट मात्र आउँदैछन् । यो केवल निशेधाज्ञाको मात्र कारण चाही होइन । हामी सबैको ज्यान प्यारो छ । यो सबैलाई थाहा भैसकेको छ । अहिलेको समयमा कोरोना लागिसकेपछि बाच्ँन गाह्रो छ । त्यसकारण बजारमा कम मात्रामा तरकारीहरु आउदै छ । भारतबाट पनि कम मात्रामा तरकारीहरु आइरहेको छ । बजार राम्रो सित लागिरहेको छैन । स्थानीय प्रशासनले विहान ८ वजे सम्म मात्र बजार खुल्ला गर्न भनेको छ । यो समयमा गाउँ घरबाट तरकारीहरु ल्याउन कृषकहरुलाई सहज छैन । बजारमा सागसब्जी महङ्गो पनि छैन । कारण पहिला पर्सा जिल्लाबाट सबै सागसब्जी काठ्माण्डौ, भैरहवा, बुटवल, हेटौडा चारैतिर गइरहेको थियो ।
२०६० सालमा हाम्रो समिति गठन भएको हो । २१ सदस्य समितिले यहाँको तरकारी बजारको सम्पूर्ण अवस्था नियाली रहेको हुन्छ । काठ्माडौं महासघं छ हामी पनि आबद्ध छौं उनले साँगठिनक कुरा गर्न पनि भ्यए । अहिले एउटा पनि पसल संचालनमा छैन । आफनो मनमानीले छिटफुट चल्दैछ । पहिला लगभग ४ देखि ५ ट्रक आलु दैनिक आउँथ्यो । १ ट्रकमा ३० टन आउँछ । ४० टनको हारीहारीमा आलुको विक्री थियो । ४० टनको हाराहारीमा प्याजको विक्री थियो । र प्याज भारतको नासिकबाट आउँथ्यो । आलु कलकत्ताबाट आउँछ । अहिले फाटफुट ट्रक आइरहेको छ । १–२ दिनमा ६०–७० टन आइरहेको छ । पहिला ४ हजार ५ सय टन आइरहेको थियो । अहिलेको परिवेशमा अलि व्यापार गर्न अप्ठ्यारो छ अध्यक्ष गुप्ताले भने । संघले कुनै ठोस मूल्य अहिले निर्धारण गर्न सक्दैन । निशेधाज्ञा हटेपछि भने बल्ल बजार लयमा फर्कछ उनले बताए ।
बारा घर भएका अर्का २३ वर्षीय इद महम्मद पनि फलफुल व्यवसायी हुन् । उनी साधारण लेखपढ गर्न मात्र जान्दछन् । विदेश सम्म पुगेर आएका उनी अहिले फलफूल व्यवसायी बनेका छन् । घरमा आमा बुवा बहिनीहरु श्रीमती र एउटा छोरा छ । मेरो घर बारा जिल्ला भएता पनि म परिवार सहित विरगंजमा डेरा लिएर बसेको छु । मेरो पहिला फलफूलको पसल थियो । राम्रो विक्री पनि थियो । तर निशेधाज्ञा सुरु भएपछि पसल पनि बन्द भयो । काम पनि ठप्प छ । केही दिन घरमा नै बसे । श्रीमतीको उपचारको लागि मसंग भएको मोटरसाइकल पनि बेच्नु पर्यो । यतिले पनि भएन । मैले ठेला भाडामा लिएर फलफुल टोल–टोलमा लगेर वेच्न थालेको छु । पहिला जस्तो विक्री छैन । पहिला पसल हुँदा दिनको १ हजारदेखि १ हजार ५ सयसम्म विक्री हुन्थ्यिो । अहिलो विहानदेखि बेलुकासम्म ठेला घुमाउदा पनि ४ सयदेखि ५ सयसम्म मात्र बिक्री हुन्छ उनले भने । खर्च कटाएर अहिले परिवार पाल्न पनि अप्ठ्यारो हुन थाल्यो उनले भने । घरभाडा तिर्न पनि सकिरहेको छैन । गोदाममा गएर फलफुल लिन्छौ । मूल्य कुनै फिक्स छैन । प्रहरीको पनि डर छ उता । कोरोना लाग्ला भन्ने अर्को डर । बन्द हटेपछि फेरि व्यापार ठिक होला भन्ने आस छ उनले तर्क गरे ।
अर्का ठेलामा तरकारी वेच्दै हिड्ने सन्तोष कुमार साहले भने । म वीरगन्ज. १५ भिस्वामा बस्छु । ४ जनाको परिवार छ हाम्रो । मेरो तरकारीको पसल छ । म सानो व्यवसायी हुँ । तरकारी बेच्छु । जुन बेला निशेधाज्ञा नहुँदा राम्रो आम्दानी थियो । अहिले पसल पनि बन्द छ । एक वर्ष अगाडीको लकडाउनमा घरमा नै बसे । केही काम गरिन । त्यति बेलादेखि व्यवसाय ओरालो लागेको हो । बाहिर ठेला लिएर नहिडे परिवार पाल्न पनि गाह«ो भयो । त्यसैले यो पटक भने ठेला लिएर तरकारी बेच्न चौकमा कहिले गल्लीमा पुग्ने गरेको छु । मैले तरकारीको व्यवसाय गरेको १३ वर्ष भयो । विहान ५ वजे गएर गोदामबाट तरकारी लिएर आउछु । कहिले काही गाउँबाट किसानहरुले पनि लिएर आउँछन् । लकडाउनले गरेर हामी मारमा परेका छौ । सटरमा तरकारीहरु राखेर बेच्दाँ धेरै फाइदा हुन्थ्यो साहले बताए ।
भारत घर भएका अर्का फलफूल व्यवसायी सत्येन्द्र साह होली अगाडी वीरगन्ज आएर डेरामा बस्दै व्यवसाय गर्दै आएको बताउँछन् । खासमा म किसान हु । मेरो घर विहार हो । परिवार सबै उतै इण्डिया मै छ । म यहाँ एक्लै बस्छु । पहिला पनि ठेलामा राखेर बेच्थें । अहिले पनि ठेलामा नै राखेर बेच्छु । लकडाउनले गर्दा अहिले गाउँगाउँमा गएर बेच्ने अवस्था आयो । हैन भने पहिला एउटा चोकमा ठेला राखेर बेच्थे । पहिलाको भन्दा अहिले फलफुलको व्यपार कम छ । एक्लै हुँदा जसोतसो खर्च चलेको छ । परिवार भएको भए धेरै गाह«ो हुन्थ्यो उनले पनि भने । ठेलामा लिएर घुम्दा ग्राहकले महङ्गो भयो भन्छन् । मेहनत पनि छ । कहिले काही पुलिसले पनि लखेट्छन् । कोरोना लाग्ला भन्ने डर, घाम पानीको असहज अवस्था, अनि ग्राहकले नबुझ्दा व्यापार गर्न सहज छैन उनले तर्क गरे ।
आफै संग उत्पादन गर्ने किसान हुन् नन्दु कुशवाहा । उनी स्थानीय १२ नम्बर वडाका वासिन्दा हुन् । साइकलमा साग डुलाएर वेच्थे । आठ जनाको परिवार छौ । मेरो आफ्नै घर छ । म ४६ वर्षदेखि साग बेच्दै आइरहेको छु । म बजारमा पनि लगेर सबै किसिमको साग बेच्थे । राम्रो आम्दानी थियो । एकवर्ष अगाडी पनि लकडाउन भएकै हो । त्यो बेला पनि साइकलमा डुलाएर साग बेचे । अहिले पनि लकडाउन नै छ, अहिले पनि डुलाएर घर घरमा साग लगेर दिन्छु । तर पहिलाको जस्तो आम्दानी त छैन उनले पनि भने । पहिला एक दिनको साग बेचेको कमाइ ८ सयदेखि ९ सयसम्म हुन्थ्यो । अहिले विहानदेखि बेलुकासम्म वेच्दा जम्मा ५ जति मात्र हुन्छ । मेरो आफ्नो घर भएर मलाई त्यति गाह«ो छैन । डेरा भाडा तिर्न पर्ने भए अहिलेको आम्दानीले चल्न कठिन हुन्थ्यो कुशवाहाले भने ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)