कोरोनाको संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि नेपाल सरकारले बाध्यकारी अवस्थामा गरेको निशेधाज्ञाको कारण अत्यावशयक व्यवसाय अन्तर्गत नपरेको पार्लर व्यवसाय पनि धरापमा पर्न लागेको छ । निशेधाज्ञामा आम मानिसहरु घरमा नै बस्नुपर्ने बाध्यकारी अवस्थाले अध्यावश्यक सेवा प्रवाह गर्ने व्यवसायमा नपरेको पार्लर व्यवसाय धरापमा परेको हो ।
वीरगंजको सन्दर्भमा भन्ने हो भने माईस्थान वरिपरिका खाद्यान्न पसलहरु बिहान बेलुका खुलेका हुन्छन् । तर छेवैमा रहेका व्यूटिपार्लरका व्यापारिक फर्महरु निशेधाज्ञा सुरु भएदेखि नै बन्द छन् माईस्थानमा रहेको करिश्मा व्यूटिपार्लरकी संचालिका राधा हमालले भनिन् । उनले संचालन गरेको माईस्थानको करिश्मा व्यूटिपार्लर पनि त्यसैको उदाहरण हो । तरकारी, फलफूल र खाद्यान्न पसलहरुमा भीड लाग्दासँगैको पसलमा एक दुई जनामात्र ग्राहक राखेर चलाउने व्यवसाय ठप्प छ । कारण अत्यावश्यकीय सेवा प्रभाव गर्ने व्यापारिक फर्म नभएको बताइन्छ । त्यसैले उनको व्यूटिपार्लरमा निशेधाज्ञा सुरु भएदेखि नै ताला झुण्डिएको हो ।
अब त व्यवसाय गरेर चल्ल सकिन्छ भन्ने आस मर्न थालेको भन्दै राधा हमालले निरासा व्यक्त गरिन् । “अघिल्लो पटक ७ महिना घरमा बसियो । अघिल्लो पटकको लकडाउनको सटरभाडा तिरिसकेको छैन । लकडाउनपछि पार्लर संचालन गर्न ऋण लिएको पैसा र सटरभाडा कसरी तिर्ने भन्ने चिन्ता थपिएको उनले तर्क गरिन् । बिस्तारै पुरानो लयमा फर्कन थालेको समयमा पुनः अर्को बन्दाबन्दीले घरमा नै थुनिएको उनको तर्क छ । घर साहुलाई भाडा छुट गराइदिनुस् न भन्दा बैंकले ब्याज छुट दियो भने छुट गरौंला भन्छन्” हामी जस्ता व्यवसायीको विचल्ली हुने भयो समग्र व्यूटिसियनहरुको समेत सन्दर्भ जोड्दै उनले बताइन् ।
माईस्थानका अधिकांश किराना पसल, कपडापसल, मोवाइल पसल भित्र भित्रै खुला छन् । तर बिडम्बना त्यही पसलका छेउमा रहेको अर्को सभ्यता व्यूटिपार्लरको हाल पनि उस्तै छ । बन्दले निकै सताएको सभ्यता व्यूटिपार्लरकी उर्मीला थापाको पनि पार्लर बन्द छ । पहिलाकोभन्दा अहिलेको कोरोनादेखि सबै डराएको अवस्था पनि छ उनले तर्क गरिन् । “पोहोर ७ महिनासम्म बन्द गरियो । तर पहिलो लकडाउनमा त कन्ट्याक बेसमै भए पनि ग्राहक आएका थिए । तर यसपटक त बन्दी खुलेपछि पनि ग्राहक आउने हो की हैन भन्ने चिन्ता छ” नेपाल व्यूटिसियन यूनियन संघकी अध्यक्ष समेत रहेकी थापाले थापाले भनिन् ।
उर्मिला र राधाले चलाएका व्यूटिपार्लर त केवल नमूना मात्र हुन् । उनीहरु जस्ता धेरै पार्लरकर्मी समस्यामा परेको तर्क गर्छन् । अरु पसलमा आउँदा जोखिम नहुने र पार्लरमा आउँदा जोखिम हुने यस्तो पनि हुन्छ ? अर्की पार्लर व्यवसायी तथा राष्ट्रिय सौन्र्दयकर्मी यूनियन वीरगंज नगर कमिटी अध्यक्ष ओमकुमारी शर्माले प्रश्न गरिन् । उनी एकल महिला पनि हुन् । दुई बालबालिका र आफू सहित तीन ज्यानको खाद्यान्न खर्चदेखि अन्य शिक्षादिक्षा लगायतका सबै खर्च उनकै जिम्मेवारीमा छ ।
पहिलो लकडाउनबाट तंग्रिदै गरेको व्यवसायलाई पुनः थला परेको उनले बताइन् । बन्दपूर्व केही बचत गरेको पैसाले घर खर्च चलाए पनि अब धान्न नसकिने उनको भनाइ छ । अहिले पसलमा भएको सामान बिक्री गर्दै घर खर्च चलाइरहेकी छु । राम्रो घरवाला परेकोले मेरो वास्तविक समस्या देखेर केही महिनाको घरभाडा र पार्लरभाडा मिनाह गरिदिए । तर सधैं मिनाहा गर्न आफूले पनि भन्न मिल्दैन । उहाँहरुलाई पनि बाध्यता छ नि उनले तर्क गरिन् ।
पार्लर व्यवसायीहरुले पनि सुरक्षा सावधानी अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने पार्लर व्यवसायीहरुको माग छ । विगत १० वर्षदेखि यसै पेशामा आबद्ध सरक्षा व्यूटिपार्लरकी सुमित्रा सापकोटाको आय स्रोत पनि पार्लर व्यवसाय नै हो । लकडाउनले व्यवसाय बन्द हुँदा दैनिक गुजारा गर्न समस्या हुने उनले पनि तर्क गरिन् । राष्ट्रिय सौन्र्दयकर्मी युनियन प्रदेश नं. २ को अध्यक्ष समेत रहेकी सापकोटाले खास सिजनको बेला नै यहि थियो । बन्द नभएको भए यही वेलामा कमाएर हामीले अफ सिजनको जोहो गर्नु पथ्र्यो ।
अहिले त दैनिकि गुजारा गर्न नै समस्या हुने भयो उनले भनिन् । अब त साझ बिहानको छाक टार्नै सोच्नु पर्ने अवस्था आउन लाग्यो । ऋण काढेर कति दैनिकी चलाइरहने ? उनले पनि प्रश्न गरिन् । वीरगंजमा करिब ३ सय ५० जनाभन्दा बढीको यो पेशा बन्द हुँदा रोजगारी खोसिएको उनको भनाइ छ । अब त कसरी संचालन गर्ने भन्ने ? केही सोच्नै नसकिने भयो । विगत १६ वर्षदेखि यही व्यवसायलाई निरन्तरता दिदै आएकी आकर्षण व्यूटिपार्लरकी संचालिका राधिका केसीले पनि भनिन् । दैनिक २ हजारदेखि ४ हजारसम्म आम्दानी गर्ने पार्लर व्यवसायीहरुको आम्दानीको स्रोत नै पार्लर व्यवसायबाट नै हो । वीरगंजमा हाल ३ सयभन्दा बढी पार्लरहरु रहेको उनले बताइन् ।
कति एकल महिला दिदीबहिनीहरुले पार्लर संचालन गर्दै आइरहनु भएको थियो । हामीलाईभन्दा अझ उहाँहरुलाई कति गाह्रो होला ? त्यहीबाट घर परिवार चलाउने अवस्था छ । व्यूटिशियनहरुलाई नगरपालिकाबाट कुनै राहत प्याकेजको व्यवस्था पनि छैन । अब लकडाउन खुले पनि हामीले पार्लर खोलेर मात्र भएन कस्टमर पनि आइदिनु प¥यो । त्यहाँ पनि गाह्रो छ । खर्च बढिरहेको छ आम्दानी भने शून्य छ । अहिले हाम्रो सिजन भनेको बैशाख जेठ हो । राम्रो आम्दानी यही बेला हो । कोरोनाले सब सिजन खायो । अब १/२ वर्ष यस्तै रह्यो भने पार्लरहरु पलायन हुने अवस्था आउन सक्छ परी व्यटिपार्लरकी संचालिका तथा राष्ट्रिय सौन्दर्यकर्मी प्रदेश नम्बर २ की क।ेषाध्यक्ष सुनिता मान्नधरले भनिन् ।
विगत ९ वर्षदेखि यो पेशामा आबद्ध उनले पनि सटरभाडा दस हजार तिर्नुपर्छ । पार्लरमा राम्रो आम्दानी थियो । कर्मचारीको तलब पाँच हजार छ । पार्लरकै आम्दानीबाट घरखर्च, सटरभाडा स्टाफ तलब व्यवस्थापन गर्दै आए पनि अब भने सोच्न पर्ने अवस्था आउन थालेको तर्क गरिन् । परिवारको सदस्य पनि सक्रंमित भएको अनुभव सम्हालेकी मानन्धरले यो गाह्रो स्थितिबाट केही सहज हुन लागेको समयमा यो बर्षको सिजन नै सकिएको बताइन् ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)