वीरगंज महानगरपालिकाको नवौँ नगर सभा समपन्न भएको छ ।
गण्डकस्थित क्लार्क रिसोर्टमा समपन्न भएको कार्यक्रममा उपमेयर शान्ति कार्किको तर्फबाट अरविन्द गुप्ताले अगामी आर्थिक वर्ष ०७८/०७९ का लागी चालु तर्फ ५२.४४ प्रतिशत अर्थात एक अर्ब ८६ करोड ३५ लाख ४२ हजार, पुँजीगत तर्फ ४५.६८ प्रतिशत अर्थात १ खर्ब ६२ करोड ३३ लाख ३० हजार रुपैयाँ र वितिय व्यवस्थापन तर्फ रु ६ करोड ७० लाख ६४ हजार रुपैयाँ प्रस्तुत गरेको छ ।
महानगरले अगामी आर्थिक वर्षका लागी छुटयाएको बजेट मध्ये आर्थिक विकास क्षेत्रमा १० करोड ८ लाख ३० हजार रुपैयाँ, समाजिक विकास क्षेत्रमा १ अर्ब १५ करोड ५८ लाख, पुर्वधार विकासका लागी १ अर्ब ३५ करोड ६६ लाख, सुशासन तथा अन्तर सम्बन्धि क्षेत्र तर्फ १३ करोड ३२ लाख र कार्यालय तर्फ ८० करोड ७३ लाख रुपैयाँ विनयोजन गरेको छ ।
महानगरको बजेट तथा नीति कार्यक्रममा आउदाँै आर्थिक वर्षमा सञ्चालन हुने मुख्य आयोजनाहरु मध्ये आरयुडिपीको ४३ करोड ३३ लाख ९१ हजार, वडा स्तरीय योजना तथा कार्यक्रमका लागी २८ करोड २७ लाख ३४ हजार, मैचिङ्ग फण्डका लागी १७ करोड ६९ लाख २५ हजार, वडा कार्यलय भवनका लागी ५ करोड छुटयाइएको छ ।
वीरगंज महानगरपालिकाले महानगरको ३२ वडा मध्ये अधिकांश वडा कृषिमा अधारित वडाहरु हुन् हरेकवर्ष मल, पानी र विऊको अभाव भोग्दै आएको कृषकहरुका लागी कृषि विकास तर्फ १ करोड ५३ लाख ८० हजार रुपैयाँ, पशु सेवा तर्फ २० लाख रुपैयाँ र रोजगार कार्यक्रम तर्फ २० लाख मात्रै छुट्याएको छ । तर सडक बोर्ड कार्यक्रमका लागी २ करोड २९ लाख, भेपर लाइट(उज्यालो वीरगंज) का लागी ४ करोड ७१ लाख र लक्ष्ति कार्यक्रमका लागी कृषिका लागी १ करोड ५३ लाख रुपैयाँ व्यवस्था मिलाएको देखिन्छ ।
कोरोना महामारीले थलिएको शैक्षिक विकास क्षेत्रका लागी महानगरले सबैभन्दा बढी ६१ करोड २० लाख १० हजार, स्वास्थ्य तर्फ २१ करोड ३० लाख र जनसहभागितामा आधारित कार्यक्रमका लागी ४ करोड २० लाख रुपैयाँ महानगरले बजेटको व्यवस्थापन मिलाएको हो ।
यी सम्पुर्ण खर्च मध्ये अगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारको वित्तिय समानिकरणबाट ४६ करोड १ लाख, राजश्व बाडफाडको तर्फबाट २१ करोड २६ लाख र सशर्त अनुदानबाट ७६ करोड ५१ लाख रुपैयाँ प्राप्त हुने महानगरको अनुमान रहेको छ । यसैगरी प्रदेश सरकारबाट वित्तीय समानिकरणबाट ३ करोड २९ लाख, सशर्त अनुदानतर्फ २ करोड, राजश्व बाँडफाँड तर्फ सवारी साधनमा २ करोड २८ लाख प्राप्त हुने अनुमान गरेको छ ।
कोरोना महामारीमा छुट
वीरगंज महानगरपालिकाले कोरोना महामारीका कारण व्यापार व्यवसायमा प्रतिकुल असर परेको उधोगी, व्यवसायीहरुमा आर्थिक क्षति भएकाले होटल, पर्यटन व्यवसाय, विद्यालय, अस्पताल, सपिङमल, उधोग र कलकारखानाको सम्पत्ति करमा ५० प्रतिशत सम्म छुट दिने व्यवस्था मिलाएको छ ।
वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्षमा पत्रकारिता क्षेत्रमा अह्म भुमिका निर्वाह गर्नुहुने प्रतिक दैनिकका प्रधान सम्पादक जगदिश शर्मा, नेपाल टेलिभिजनका संवादाता विजय चौहान, अनलाईन खबरका सुरेश विडारी, मध्य नेपाल पत्रिकाका कविता खड्का र रेडियो वीरगंजका सञ्चालक ध्रुव साहलाई नगद १५ हजार रुपैयाँ सहित सम्मान गरेको थियो ।
यसैगरी महानगरमा उत्कृष्ट काम गर्ने कर्मचारी, नगर प्रहरी र सगरमाथा आरोहण गरी पर्सा जिल्लाको नाम उच्च राख्ने ठोरी गाऊँपालिका सुवर्ण पुरका हरेराम खडकालाई समेत सम्मान गरिएको थियो ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)