विपद भनेको कुनै पनि गैर प्राकृतिक र प्राकृतिक कारणहरूबाट अकस्मात, अस्तव्यस्त तवरबाट देखा पर्ने विपत्तिपूर्ण अवस्था हो । अर्को अर्थमा कुनै स्थानमा आपत्कालीन अवस्थाको सृजना भई जन र धनको क्षतिका साथै जीवनयापनका कृयाकलापहरु र वातावरणमा प्रतिकुल असर पार्ने प्रकोपजन्य अवस्थाको उपस्थिति हो ।
विपद व्यवस्थापन प्राकृतिक विपदमा महामारी, अनिकाल, जीवाणु आतङ्क, विकिरण, हवाई, खानी, सडक, जल, तथा औद्योगिक दुर्घटना, विषाक्त ग्याँस, विषाक्त खाद्यान्न, वातावरणीय प्रदूषण, वन विनाश, पशु तथा चराचुरुङगीमा लाग्ने फ्लु लगायतका विपदजन्य समस्याहरू पर्दछन् । स्थानीय स्तरमा विपद व्यवस्थापनको क्षेत्रमा कार्य गर्न विपद व्यवस्थापन कोष रहने कानुनी व्यवस्था छ ।
विपदको सही व्यवस्थापनको लागि आवश्यक पर्ने प्रविधिको विकास जस्तै पूर्व चेतावनी प्रणाली विकास गरी लागु गर्ने कार्य चुनौतीपूर्ण नै छ । स्थानीय तहहरूमा घट्न सक्ने प्राकृतिक विपदहरुबाट क्षति कम गने आवश्यक श्रोत साधन र जनशक्तिको अभावमा विपदपश्चातको उद्धार, राहत तथा पुनस्थार्पना जस्ता कार्य पनि चुनौतीपूर्ण नै छन् ।
स्थानीय स्तरमा आपत्कालीन कार्यसंचालन केन्द्र सञ्चालन गर्न सकेमा विपदबाट हुन सक्ने हानिलाई न्युनीकरण गर्न सकिन्छ । तर त्यसका लागि आवश्यक पूर्वाधार तयार पार्नुपर्ने हुन्छ जुन कुरा हरेक स्थानीय तहको क्षमता भन्दा बाहिर रहेको छ । विपद व्यवस्थापनका सन्दर्भमा केन्द्र सरकार, प्रदेश सरकार, सरोकारवाला मन्त्रालय, विभाग र अन्य सरकारी निकायहरूका साथै सार्वजनिक संस्थान र व्यावसायिक प्रतिष्ठानसँगको समन्वय र सहकार्य त्यति सहज होला जस्तो देखिँदैन ।
स्थानीय तहले आफ्नो गाउ÷नगर क्षेत्रभित्र सम्भाव्य विपदको जोखिममा रहेका क्षेत्रहरू जस्तै नदी कटान, बाढी, डुबान, पहिरो, भूक्षय भएको क्षेत्रहरू पहिचान गर्न सक्नु र त्यसका लागि आवश्यक पहल गरिनुपर्दछ । साथै उक्त क्षेत्रमा बसोबास गर्ने समुदायलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न उपयुक्त स्थानको खोजी र उनीहरूको सुरक्षाको लागि सचेतना कार्यक्रम सञ्चालन गरी सम्भाव्य जोखिम कम गर्न मद्दत पुग्दछ ।
विपदको समयमा आवश्यक पर्ने एम्बुलेन्स, वारुणयन्त्र, लाइफ ज्याकेट,लगायत अन्य महत्त्वपूर्ण औजारहरू तयारी हालतमा राख्न सक्नुपर्दछ जसले विपदको समयमा कार्यसंचालन गर्न सहज भई विपद व्यवस्थापनको औचित्य पुष्टि गर्न सक्दछ । आजको अंकमा विपद व्यवस्थापनको पूर्वतयारीको अवस्था कस्तो छ ? भन्ने सन्दर्भमा पर्सा जिल्लामा रहि विभिन्न क्षेत्रमा आबद्ध ब्यतिलहरु संग लिईएको प्रतिकृया जस्ताको त्यस्तै