आजकालका वालवालिका प्राय मोवाईफोन ईन्टरनेट र अनलाइन गेमहरुमा आफूलाई व्यस्थ राखिरहेका हुन्छन् । अझ हातमा मोवाईल र ईन्टरनेट भएपछि त केही चाहिदैन । तर त्यो फरक अध्यामिक साधना, आफ्नो अध्ययनमा नै दिनहरु व्यतित गर्ने वालवालिका कमै हुन्छन् ।
त्यसै मध्येकी एक हुन् विनीसा श्रीवास्तव । हरेक कुरा समयममै गर्न रुचाउने विनिसाको आफ्नै समयम तालिका छ । जसको आधारमा उसले आफ्नो काम गर्ने गरेकि छिन् । बिहानको नित्यकर्म र साधनाबाट नै उनको दिनको सुरुवात हुने गरेको उनका अभिभावक बताउँछन् । उमेरले १० वर्ष टेकेकी विनिसा आमा वुवाकी पहिलो सन्तान हुन् ।
उनकी एक बहिनी छिन् । उनी वीरगंज स्थिति छपकैयामा रहेको ग्रेड एकेडेमीको कक्षा पाँचमा अध्ययनरत छात्रा हुन् । बहिनी सिया ग्रेड किड्स एकेडेमीको एक कक्षा अध्ययनरत छिन् । वुवा विकास श्रीवास्तव मार्ट कम्पनीका संचालक हुन भने आमा निशा श्रीवास्तव गृहणी हुन । विगत ६ वर्षदेखि गे्रड किड्स हुँदै ग्रेड एकेडेमीमा अध्ययनरत उनी आफ्ना परिवारसंगै आफ्नै घरमा बस्छिन् । लकडाउनमा विद्यालय बन्द भएपछि घरमै बसेर अध्ययनरलाई निरन्तरता दिइरहेकी विनिसालाई आफ्नो कलालाई निखार्ने राम्रो अवसर सावित भयो । लकडाउनकै समय भएकोले अध्ययनसंगसंगै अन्य अतिरिक्त क्रियाकलापमा सरिक भई धेरै ज्ञानका कुराहरु सिक्न पाएको उनले बताइन ।
प्रायः चित्र कोरेर दिनहरु व्यतित गर्दै गरेकी उनलाई उनकी आमा निशाले आफ्नो साथीको सहयोगमा आध्यात्मिक अनलाईन कक्षामा सहभागी गराईन् । उनी बिहानको १ घण्टा त्यसै कक्षामा व्यस्त हुन्छिन् । बिहान ११ बजेदेखि विद्यालयले संचालन गरेको अनलाईन कक्षामा पनि उनी सरिक हुन्छिन् । त्यसपछिका समय पाएको गृहकार्य र आर्ट बनाउने कार्यमा खर्चिन्छिन । लकडाउनको अवधिमा उुसले आर्ट बनाउन मात्र नधइ आफ्ना पुराना र नयाँ बनाएका आर्टहरुलाई समेट्ने काम समेत गरेकि छिन् । यस समयमा गरेको प्रयाक्टिसले उसको आर्टमा अझै निखार ल्याएको उनको अनुभव छ ।
विद्यालय जान नपाए पनि अनलाईन कक्षा मार्फत नै विद्यालयले पढाई संगसंगै विभिन्न क्रियाकलाप पनि हुनेगरेको छ । म र बहिनी दुवै त्यसमा सहभागी हुन्छौं । तर स्कुल जाँदाको जस्तो रमाईलो कति पनि भएन । कारण स्कुल जाँदा त साथीहरुसंग बस्न पाइन्छ । मेरा साथीहरु खेल्न पाउन्थे रमाईलो हुन्थ्यो । अहिलेत साथीहरुलाई भेट्सम्म पाएकी छैन् । कोरोना सुरु भएदेखि बाहिर खेल्न पनि जान पाएकी छैन । उनले विद्यालय जान नपाएकोमा गुनासो गरिन् । यतिका महिना घरमै बसेकी विनिसाले लकडाउन अवधिमा आफ्ना कक्षाका सबैलाई उतिकै मिस गरेको बताउँछिन् । मेरो कक्षामा भएका मध्य अनुष्का र रिदिमा मेरा मिल्ने साथीहरु हुन् । म उनीहरसंग सबै कुराहरु सेयर गर्छु उनले लजालु स्वभावमा भनिन् ।
सबै विषय सहज लागे पनि गणित विषयको भागामा समस्या हुने भएकोले गर्दा गणित गाह्रो लाग्ने विनिसालाई विज्ञान बिषय भने असाध्यै मन पर्ने बताउँ छिन् । विज्ञानमा जनावर चनाहरु र वोटविरुवाको बारेमा विस्तृत जानकारी हुन्छ जुन मलाई रोचम लाग्छ । विज्ञान विषय मन परे जस्ते शिक्षक पनि उनलाई उत्तिकै मन पर्ने बताइन् । उहाँले बुझाएर मायाले पढाउनु हुन्छ उनले थपिन् । विद्यालयले पढाउने शैली, गराउने क्रिकलापले आफूलाई आफ्नो विद्यालय मन परेको उनको भनाई छ । हाम्रो विद्यालयमा ट्यालेन्ट सो हुन्थ्यो । त्यसमा आफूमा भएको प्रतिभा देखाउन पर्छ । सबैले आ–आफ्नो ट्यालेन्ट देखाउछन् । म पनि डान्समा सरिक हुन्थें । मैले आर्टमा पनि भाग लिएकी छु ।
बाहिरको खानामा पिजा मन पर्ने उनलाई लकडाउनका कारण बजार कन्द भएपछि भने उनका बाबाले नै घरमै पिजा बनाएर खुवाउने गरेको उनले बताइन । घरमा रहँदा आफूले जे गर्न बसे पनि बहिनीले पनि त्यही गर्न बस्ने गरेको उनले भनाइ छ । मेरो बहिनी असाध्यै ज्ञानी छिन् । कहिलेकाही हामीबिच झगडा हुन्छ तर हामी फेरि मिल्छौ । आमालाईभन्दा पनि बढी माया मलाई गर्छिन् बुनुले । तर मलाई मेरा आमा, वुवा र बहिनीको उत्तिकै माया लाग्छ । किनभने उहाँहरुले मेरो हरेक कुराको ख्याल राख्नु हुन्छ । मेरो आर्टमा निकै रुचि छ । म आर्ट पनि राम्रो बाउँछु । तर मेरो ररुचि विज्ञान विषमा छ मलाई रिसर्च गर्न रहर छ त्यसैले पछि वैज्ञानिक बन्ने सोच बनाएकी छु । आमा वुवाले पनि यहि बन्नु पर्छ भन्ने दवाव दिनु भएको छैन । निकै गम्भिर स्वभावकी छिन् मेरी छोरी विनिसा । बिहानै उठ्छिन् ।
फ्रेस भएपछि आध्यात्मिक कक्षा हुन्छ उसको । बिहानको एक घण्टा त्यसमा समय दिन्छिन् योगा गर्छिन् । त्यस पछि नास्ता खाएर पढ्न बस्छिन् । अनलाईन कक्षा, चित्रकला लगायतका सबैमा राम्रो छिन् । सबै खानेकुरा खान्छिन् भात, दाल, फ्राइ राइस र पिंजा उनको मन पर्ने खानाका परिकार हुन् । उसको राम्रो स्वभाव भनेको आफ्नो काम समयमै गर्नु हो आमा निशाले भनिन् । अनि जुन कुरामा लाग्छिन निकै गम्भिर रहन्छि ।हामीले उसको भविष्यको बारेमा केही सोच बनाएका छैनौं । किनकी उसको जीव हो हरेक कुराको निर्ण हामीले उसैलाई छोड्छौ ।
कुनै पछि विषयको बारेमा सही गतल के भन्ने बताउनु हाम्रो जिम्मेवारी हो । उसलाई सही गलतको पहिचान गराउनुपर्छ । हामीले उसको पढाईलाई मात्रै नभएर मानसिक शारिरीक र एकेडेमिक सम्पूर्ण कुरालाई उत्तिकै ध्यानमा राखेका छौ । फेरि उसको विद्यालयले पनि सैद्धान्तिक र किताबि कुरा भन्दा पनि बढी प्राथमिक्ता व्यवहारिक शिक्षामा दिएका छन् । किताबका कुरा छ छदैछन त्यो संगसंगै उनीहरुलाई आवश्यक संस्कार, उनीहरुभित्रको गुण अवगुणलाई छर्लङ्ग पार्ने काम पनि गरेको छ । आजको सिकाइले नै भविष्य निधारण गर्छ । त्यसैले पनि ग्रेडएकेडेमी हाम्रो रोजाइमा परेको हो ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)