जिल्ला कै विपत व्यवस्थापनको जिम्मा पाएको जिल्ला प्रशासन कार्यालय आफै बाढीले डुबानमा परेको छ ।
हरेकवर्ष झेल्दै आएको बाढी र डुबानको समस्याले वीरगंज महानगरपालिकाको मुख्य चोक आदर्शनगर, रानीघाट, राधेमाई, छपकैया, नगवा लगायतको क्षेत्र डुबानमा परेको छ । अविरल वर्षले जगरनाथपुर गाऊपालिका वडा नम्बर ६ दसौतास्थित सहुरुन गद्दीको १० कठ्ठा क्षेत्रफलमा रहेको पोखरीको डिल भत्केर १२ लाख रुपैयाँ बराबरको माछा बगाएर लगेको छ ।
२ वर्षका लागी छिपहरमाई गाऊँपालिका वडा नं. ७ तुल्सीबार्वाका मनिष कुमार महतोले २ वर्षका लागी ठेक्का लिएको उक्त पोखरी बाढीले डिल भत्काएर पोखरीमा भएको माछा बगाएर लगेको छ ।
यसैगरी पर्साको पकहामैनपुर गाऊँपालिका वडा नम्बर ४ खेस्राहास्थित रहेको प्रहरी चौकीमा पानी परेकाले चौकीलाई हरिहर निमावि खेस्राहामा सारीएको पर्साका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी गराएको छ ।
यसैगरी पोखरीया नगरपालिका वडा नम्बर ४ प्रभु साह कानुको फुसको घर ढलेर पानी पसेको छ । विस्तापित साहको ६ जना सदस्य नजिकैको आफन्तमा सरन लिएको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । वर्षाले वीरगंज महानगरपालिका वडा नम्बर १६ पशुपति टोल बस्ने भुलन राम, गोबर्धन राम, पौडारो देवी र संजय राम गरी ४ जनाको फुसको छाना भएको कच्ची घरको भित्ता ढलेर घरमा क्षति भएको छ ।
यसैगरी पर्साको वीरगंज ठोरी हुलाकी सडक खण्डमा पर्ने ठोरी गाऊँपालिका वडा नम्बर ४ गोपीबस्तीको पिच सडक ओरीया खोलाले कटान गर्दा सडक जोखिम बनेको प्रहरी चौकी विजयवस्तीले जनाएको छ ।
वीरगंज महानगरपालिकाको वडा नम्बर २५ असर्फि साह कानुको खपडाले छाएको फुसको घर ढलेर झण्डै एकलाख बराबरको क्षति भएको छ ।
पर्साको ग्रामिण भेगमा आफ्नै भुमिमा आउन जान भारत भएर आउनुजानु परेको बाध्यात्मक अवस्था यसवर्ष पनि श्रृजना भएको छ । २०२१ सालमा भारतले सिमा नजिकै बनाएको घोडासाहन नहरले सिमावर्ती क्षेत्रहरु डुबान पर्ने गरेको छ । पर्सा जिल्लाको छिपहरमाई गाऊँपालिका वडा नं. ४ का जयमंगलापुर लगायतको वासिन्दा यसवर्षपनि डुबानमा परेका छन् ।
तत्कालिन स्व. विरेन्द्र शाह राजा मन्त्री परिषदको सहमतीमा बनाएको बाधले उत्तरी बेल्टबाट आउने कुलो, नहरको पानी निकास नहुदाँ पर्साको दर्जनौँ गाऊँका १२ हजार बढी स्थानीयहरु प्रभावित हुने गरेको छ ।
बाधकै कारण पर्सा जिल्लाको छिपहरमाई गाऊँपालिका र पाकहामैनपुर गाऊँपालिकाको मिर्जापुर, भलवहिया, सम्झाता, भेडिहर्वा, चरगाह, पुर्वारी, टिहुकी, जयमगलापुर, बुढगाई, झलमहिया, तुलसी बार्वा, बन्जारी, भिस्वा लगायत १६ भन्दा बढी गाऊँ बर्षेनी डुबानमा पर्ने गरेको छ ।
ग्रामिण भेगका खेत नहर र खोलामा मिसिएर जाने गरेको पानी नहरमा समेत भरिभराऊँ हुदाँ किसानहरुको खेतमा समेत क्षति पुर्याएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)