नेपाल पत्रकार महासंघको गएको निर्वाचन पर्साबाट निर्वाचित हुने सबै पत्रकारहरुलाई सशस्त्र प्रहरी बल नेपाल गण नम्बर १३ ले सम्मान गरेको छ । आफ्नै कार्यालय परिषरमा अनौपचारिक कार्यक्रम गरी सशस्त्र प्रहरीले जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै निर्वाचित पत्रकारहरुलाई सम्मान गरेको हो ।
पत्रकारहरुलाई थप हौसला प्रदान होस् भनी गएको बैशाखको तेस्रो सातामा सम्मान गर्ने सशस्त्रको तयारी कोरोना महामारीले अहिलेसम्म धकेलिए १३ नम्बर गणका गणपति प्रहरी उपरिक्षक राजेन्द्र खड्काले बताए । कोरोनाको पूर्ण निशेधाज्ञाकालमा यस्तो कार्यक्रम गर्न सम्भव थिएन । अवस्था अलि खुकुलो हुँदै गएपछि सुरक्षा सतर्कता पनि अपनाउँदै बल्ल निर्वाचित पत्रकारहरुलाई सम्मान गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गणले जनाएको छ ।
पत्रकार पनि समाजका लागि खट्ने र सुरक्षाकर्मी पनि समाजकै लागि काम गर्ने भएकोले यस्ता सम्मानले थप हौसला बढ्ने नेपाल पत्रकार महासंघका अध्यक्ष अनुप तिवारीले बताए । समाजमा हरेकले गरेका कमिकमजोरी औल्याउने पत्रकारले सशस्त्रका पनि राम्रा कामलाई साथ दिने र केही गल्ती कमजोरी गरे औल्याउने कुरा अनौपचारिक कार्यक्रममा नै उनले प्रष्ट पारे ।
सम्मान कार्यक्रममा महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, केन्द्रिय परिषद् सदस्य तुलसी भण्डारी ( विजय ), महेशचन्द्र गौतम, विजय कुशवाहा, प्रदेश नम्बर २ का महासचिव श्याम बन्जारा, प्रदेश परिषद् सदस्यहरु, पर्साका अध्यक्ष अनुप तिवारी, उपाध्यक्षद्वय युवराज खड्का र सुष्मा शर्मा, सचिव भूषण यादव, सह सचिवद्वय जियालाल साह र जितेन्द्र साह, कोषाध्यक्ष संजिब मिश्र लगायत कार्यसमिति सदस्यहरु कविता खड्का, श्याम कुसवाहा, सफल खतिवडा, पुष्प तिम्सिना, तिवारी यादव, सुभाष राम, अजय चौरसिया, नरेश सर्राफ, अमित अग्रवाल सहभागी भएका थिए । सहभागी सबै संचारकर्मीहरुलाई सम्मान सहित एक थान प्रेस ज्याकेट पनि मायाको चिनो स्वरुप प्रदान गरिएको थियो ।