बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले ग र घ बर्गका अपाङ्गता परिचय पत्र प्राप्त ब्यक्तिलाई समेत समाजिक सुरक्षा भत्ता बितरण सुरु गरेको छ ।
समान्य अपाङ्गता भएकाहरुलाई पनि अन्यको दाँजोमा जिवनयापन गर्न सहज होस् भन्ने उद्देश्य सहित भत्ता वितरण गर्नका लागी शुक्रबार कुमारी बैकलाई चेक हस्तान्तरण गरेको हो ।
राज्यले समान्य व्यक्ति मानेर भत्ता दिन उचित नठानेका ग र घ बर्गका अपाङ्गहरुको दैनिक जिवनयापनको असहजतालाई ध्यानमा राखेर यो प्रयास गरीएको जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख सरस्वती देवी चौधरीले बताउनुभयो । देशमै न्युन मात्रामा यो किसिमको प्रयास गरेको पाइन्छ । विभिन्न चुनौतीका वावजुद पनि यो प्रयासमा उत्रीएर जितपुरसिमरा उपमहानगरले अपाङ्गता भएकाहरुको साथी बन्न खोजेको उपप्रमुख चौधरीले बताउनुभयो ।
स्थानीय समन्वय समितिको केहि दिन अघी बसेको बैठकले अपाङ्गता परिचयपत्रमा भत्ता नपाउनेको हकमा विपन्न सहित सबै ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई पनि आन्तरिक स्रोतबाट भत्ता दिने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार आन्तरीक श्रोतबाट सबैखाले अपाङ्गता भएकाहरुलाई भत्ता वितरणको सुरुवात गर्नु निक्कै सराहनिय काम भएको भन्दै नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष धन प्रसाद बजगाईंले प्रशंसा सहित धन्यवाद ज्ञापन गर्नुभयो ।
वहाँले यसरी गरीएको सुखद सुरुवातलाई निरन्तरता दिएर अपाङ्गता भएकाहरुलाई अपनत्व महसुस गराउनुपर्ने सुझाव दिनुभयो । जितपुरसिमरा उपमहानगरपालिका भित्रका सबैखाले अपाङ्गहरुको हितमा भएको यो कार्यलाई दिगो बनाउन आवस्यक योजना बनाउने बारे पनि विषेश चासो राख्ने दायित्व नगरपालिकाकै भएकोले यस तर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिका उपप्रमुख सरस्वती देवी चौधरीको अध्यक्षतामा सम्पन्न चेक हस्तान्तरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत चेतकुमार पोख्रेल, सदस्य सुभद्रा न्यौपाने, महिला विकास अधिकृत सिमा यादव, नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष धन प्रसाद बजगाईं, सदस्य कृष्णप्रसाद तिमलसिना, कुमारी बैकका कुष्णप्रसाद पौडेल, राजकुमार चौधरी लगाएतको उपस्थिति रहेको थियो ।

कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)