गत केही दिन देखि भईरहेको वर्षाले पर्सा लगायत तराईका जिल्लाहरुमा क्षति पु¥याएको छ । मनसुनको शुरुवातमा नै भएको अविरल वर्षाले वीरगंज लगायत ग्रामिण भेग डुवानमा प¥यो ।
गाउँ गाउँमा बाटोहरु बिग्रेका छन । सदरमुकाम जोड्ने सडकहरुमा पनि क्षति भए । कतिपय स्थान डुबानमा परेर बस्तीले नै शास्ती खेप्नु परयो । नेपालमा जव जव ठुलो विपत्ति आईपुग्छ अनि मात्र पुर्वतयारीको बारेमा चर्चा परिचर्चा शुरु हुन्छ । हरेक वर्ष वर्षायाममा सडक नाला तथा बस्ती डुबान र पानी निकासको बारेमा चर्चा हुन्छ ।
बाढी गईसके पछि विभिन्न तहमा भ्रमण हुन्छ तर पनि पुर्वतयारी गरेको देखिएन । आखिर किन पुर्व तयारी गरिदैन त ? के हामीलाई थाहा छैन की असार, सावन र भदौमा पानी पर्छ र पानी परे पछि बाढी आउँछ । तर किन तयारी गरिएन ?
हो यतिको ठुलो बाढी आउछ भनेर सोचेका छैनौ होला तर समान्य रुपमा असार, सावन र भदौमा पर्ने पानीको त आकलन गर्न सकिन्थ्यो होला नि तर त्यो पनि भएन र जसका कारण अहिले कतिपय दुःख भोगिरहेका छन । बाटो विग्रेका छन । खेतहरु डुबानमा परेका छन । आखिर हामी कहिले गर्ने त पुर्वतयारी ? किन विपति गईसके पछि मात्र चर्चा गर्ने ?
समान्य रुपमा पहिलाका मानिसहरु वर्षायाम शुरु हुनु भन्दा पहिले घरमा केहि दिनका लागि खाने कुरा संचय गरेर राख्थे । बर्षातको लागि जनावरलाई समेत आवश्यक खानेकुराको व्यस्थापन गरेर राख्थे । पहिलाको मान्छेहरु बर्षातको आकलन गर्थे तर आजकाल हामी त्यसलाई वेवास्ता गरिरहेका छौ, जसका कारण यस्तो क्षति व्यहोर्नु परिरहेको जेष्ठ नागरिकहरु बताउँछन ।
पहिला पहिला सवैजनाले आ आफनो क्षमता अनुसारको तयारी गरेर बस्थे, गच्छय अनुसारको व्यस्थापन गरेर बस्थे तर आजकाल त्यस्तो छैन ।
सवै जना सरकार माथि निर्भर रहेको देखिन्छ । मौषम अनुसारको हामीले पनि सजगता अपनाउनु पर्ने हो । हामीले पनि त आफनो सम्पति ,धनमाल जोगाउन तथा जिवन रक्षाको लागि पुर्व तयारी गर्नुपर्ने हो तर खोई गरेको ? खोई हामी सजग बन्न सकेको ? खोई हाम्रो शर्तकता ?
अझ यस वर्ष त कोरोना महामारी पनि संगसंगै छ । बाढीबाट विस्थापित हुनेहरुका लागि वासस्थानको व्यवस्था गर्दा पनि बढी ध्यान दिनु पर्ने हुन्छ । खानेकुरा, खानेपानी संगै सरसफाईमा विशेष ध्यान दिनु पर्ने हुन्छ ।
बाढी प्रभावित ईलाकामा अझ पनि जोखिम कम भएको छैन । अझ पनि उतm क्षेत्रमा पुर्व तयारीको आवश्यकता छ । अझै पनि सचेतनको आवश्यकता । बाढी प्रभावित ईलाकामा पानीहरु दुषित भएका छन ।
पानीका कारण बिभिन्न जिवजन्तु तथा घरपालुवा जनावरहरु मरेका छन, त्यसको उचित व्यस्थापन गर्न सकिएन भने बिभिन्न किसिमका रोगहरु फैलिनसक्ने सम्भावना हुन्छ । बाढीका कारण स्वास्थ्य चौकीलाई पनि असर गरेको छ । औषधीको अभाव छ । त्यसैले हामी वसेको ठाउँमा सरसफाईको बारेमा सचेतना जगाउँन आवश्यक छ ।
आ–आफनो स्तरबाट आमजनतामा बाढी पछि अपनाउनु पर्ने शर्तकताको बारेमा जानकारी गराउँन आवश्यक छ । घरघरमा पसेको पानीसंगै बिभिन्न किसिमका रोगहरु आउन सक्छन त्यसको बारेमा आमजनतालाई सचेत बनाउन आवश्यक छ ।
हामी सधै विपत गए पछि राहत बाड्ने मात्र होईन विपत कम गर्नका लागि आवश्यक पुर्व तयारी गर्न जरुरी छ होईन भने बर्षेनी आउने बाढी ज्यान धनको क्षति पु¥याई रहनेछ त्यसैले यसतर्फ सम्बन्धित निकाय, र जोखिम क्षेत्रमा वसोबास गर्ने आमजनता बढि शर्तक हुन जरुरी छ ।
तराईका जिल्लाहरुमा नदी टुटेर गाउमा पस्ने तथा शहरमा पानीको निकास नभएका कारण बस्तीहरु डुवानमा पर्ने गरेको देखिन्छ तर यसलाई नियन्त्रण गर्नका योजना वद्ध तरिकाले अगाडी नढेको देखिन्छ । अहिले स्थानी तह अधिकार सम्पन्न भएको छ भने प्रदेश सरकार गठन भई प्रदेशको लागि काम गरिरहेको छ ।
आफनो प्रदेशको समस्या पहिचान गरि त्यसको समाधानको लागि कदम चाल्नु पर्ने प्रदेश सरकारको दायित्व होईन र तर खोई त यसको लागि अगाडी बढेको प्रदेश सरकार । स्थानीय स्तरमा भएको समस्या समाधानका लागि अव केन्द्रिय सरकारको मुख ताक्ने दिन गएको छ स्थानीय सरकार गठन भएको छ गाउ गाउमा जनप्रनिधिहरु निर्वाचित भएका छन तर खोई तयारी ?
आफनो स्थानीय तहमा राहत तथा उद्धारको काम गर्नका लागि एउटा डुगं सम्मको व्यवस्थापन नगरेको देखियो आखिर किन ध्यान नगएको होला ? यस्तो हो भने स्थानीय सरकारे भुमिका खोई त ?