सरकारले उपलब्ध गराएको लोक कल्याणकारी बिज्ञापनमा १० प्रतिशत कट्टा गरि पत्रकार कल्याणकोषमा जम्मा गर्ने निर्णय प्रति नेपाल पत्रकार महासंघले गम्भिर ध्यानाकर्षण भएको ठहर गरेको छ ।
नेपाल पत्रकार महासंघ प्रादेशिक कमिटी २ को आज बीरगंजको होटल कुमु प्यालेसमा सम्पन्न बैठकले यस्तो ठहर गरको हो । सरकारसंग यो नीति अबिलम्ब सच्चाउन माग गर्दैै खाइ पाइ आएको रकममा कट्टा नहुने गरि लोक कल्याणकारी बिज्ञापन उपलब्ध गराउन माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।
अध्यक्ष राजेश कुमार कर्णको अध्यक्षतामा र महासचिब श्याम बन्जाराको संचालनमा सम्पन्न भएको बैठकले प्रदेश सरकारबाट लोक कल्याणकारी बिज्ञापन उपलब्ध गराउन तत्काल नीति तथा कार्यबिधी बनाउन माग गर्ने समेत माग गरेको छ । संचार सम्बन्धि कुनैपनि नीति निर्माण गर्दा महासंघलाई छलफलमा सहभागि गराउन माग गर्दै त्यसो नगरी निर्माण गरीएका नीति आफुहरुलाई स्वीकार्य नहुने ठहर समेत गरेको छ । बैठकले लोक कल्याणकारी बिज्ञापनको अभिलेखिकरण र भुक्तानी सम्बन्धीत जिल्लाको हुलाक कार्यालयबाटै हुने ब्यबस्था गर्न समेत माग गरको छ । त्यस्तै बैठकले प्रदेश सरकारले आफै संचार गृह संचालन गर्ने निर्णयले लोकतन्त्रको उपहास हुने ठहर गर्दै लोकतान्त्रिक मूल्य एवं मान्यता बिपरित हुने यस्ता निर्णय कार्यन्वयन नगर्न माग गर्दै प्रदेश भित्रका सबै मिडियाको बिकासको लागि अबिलम्ब ठोस नीति ल्याउन समेत माग गर्ने निर्णय गरेको छ ।
यसैगरी प्रदेश नम्बर २ को खाता संचालनको लागि जनकपुरमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा अध्यक्ष राजेश कर्ण र महासचिब श्याम बन्जारा दुइ मध्ये १ र कोषाध्याक्ष बिश्वनाथ ठाकुरको हस्ताक्षर अनिबार्य हुने निर्णय गरेको छ महासचिव श्याम बन्जाराले जानकारी दिए । त्यसैगरि कोरोनाका कारण मृत्युवरण गरेका २ पत्रकारका परिवारलाई पुर्व निर्णय बमोजिम राहात बापतको रकम उपलब्ध गराउने र बाँकीको हकमा महासंघको श्रोतले पुगेसम्मको सहयोग उपलब्ध गराउने निर्णय गरेको बन्जाराले बताए । उनका अनुसार बैठकबाट यसै महिनाको अन्तिम सम्म प्रदेश कार्यालय संचालनको लागि घर भाडामा लिन अध्यक्ष राजेश कर्ण सचिबद्धय र कोषाध्यक्ष विश्वनाथ ठाकुर एवं सदस्यहरु कैलास महतो, सन्तोष सिँह र हदिश खुदारलाई विशेष जिम्मेवारी दिइएको छ ।
बैठकले सल्लाहाकार नवलकिशोर यादबको संयोजकत्वमा महासंघका प्रदेश कार्यालय निर्माणको लागि जग्गा ब्यबस्थापन एवं भवन निर्माणको समिती गठन गरेको छ । जस्मा प्रदेश २ बाट महासंघको केन्द्रमा प्रतिनिधत्व गर्ने नेतृत्व र प्रादेशिक समिती २ सदस्य रहने निर्णय गरिएको छ । महासचिव बन्जाराका अनुसार आगामी चौथो बैठक यसै महिनाको अन्तिम साता जनकपुरमा बस्ने निर्णय भएको छ । महासंघलाई सृजनात्मक रुपमा अघि बढाउने र भएका निर्णय कार्यन्वयन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरीएको बैठकमा केन्द्रीय सचिब तथा निबर्तमान प्रदेश अध्यक्ष दिपेन्द्र चौहान, केन्द्रीय सदस्यहरु के सी लामिछाने, रिकु मिश्र, ललिता साह र सल्लाहाकार नवलकिशोर यादब, प्रादेशिक उपाध्याक्षहरु रामानन्द प्रसाद गुप्ता, ज्योति झा, महासचिब श्याम बन्जारा, सचिबद्धय अजित कुमार सिँह, भोला पासवान, कोषाध्याक्ष विश्वनाथ ठाकुर र सदस्यहरु शैलेन्द्र झा, अजय कुमार साह, सन्तोष कुमार सिँह, प्रतिभा झा, बरुणा कर्ण, नविन मिश्र, शंकर श्रेष्ठ, कैलास दास, हदिस खुददार लगायतको सहभागिता रहेको थियो ।