स्व. विन्दु पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट यो बर्ष पत्रकार अनिता कुँवर ( एनी ) सम्मानित भएकी छन् । उनलाई स्व.विन्दु पाण्डे स्मृति प्रतिष्ठानले नगद १५ हजार सहित सम्मान गरेको हो ।
संचारकर्ममा लामो समयदेखि पूर्णकालिन बनेकी पत्रकार महिला कुँवरलाई प्रदेश नम्बर २ का उर्जा तथा खानेपानी विकास मन्त्री ओमप्रकाश शर्माले प्रमुख अतिथिको रुपमा नगद १५ हजार र प्रमाणपत्र सहित सम्मान गरे । सो कार्यक्रमा बोल्दै मन्त्री शर्माले मिडिया हाउस र मिडियाकर्मीका लागि आफूले सक्दो सहयोग गर्ने बचन दिए ।
आफू उर्जा मन्त्री पनि भएको सन्दर्भ जोड्दै उनले प्रदेश नम्बर २ का मिडिया हाउसहरुमा हुने विद्युतको मारलाई कम गर्न नयाँ योजना लिएर आउने उनको तर्क छ । सबैलाई एकै पटक समेट्न नसके पनि प्रदेश सरकारको क्षमता अनुसार समेट्दै जाने मन्त्री शर्माले बताए । राम्रो कामको सुरुवात गर्ने नीति ल्याउने सवालमा आफू सकारात्मक रहेको उनको भनाइ छ ।
प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले संचारकर्मी र संचार क्षेत्रलाई हेर्ने दृष्टिकोण केन्द्र र प्रदेश सरकार परिवर्तन नभएको बताए । संचारकर्मीको आडमा हुने परिवर्तन पछि पनि नेपाली संचार क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण सकारात्मक हुनु पर्ने उनको सुझाव छ ।
त्यसैगरी महासंघका केन्द्रिय सदस्य केसी लामिछानेले पनि संचारकर्मीहरुले समाजका लागि योगदान दिए पनि त्यो अनरशिप समाजले लिन कन्जुस्याई गरेको बताए । पत्रकारहरुको दक्षता अभिवृद्धि र अन्य सहयोगका लागि समाजका हरेक निकायले तत्परता देखाउनु पर्ने उनको सुझाव छ ।
पत्रकार महासंघका महासचिव श्याम बन्जाराले पनि गणतान्त्रिक मुलुकका हरेक सरकारको भूमिका संचारमैत्री नभएको प्रष्ट्याए । प्रदेश २ सरकार र वीरगन्जकै उर्जा मन्त्रीले भएपछि अब मिडिया हाउसहरुको विद्युत् समस्या सहज गर्न सोलार बत्ती लगाउने वातावरण सृजना गर्न मन्त्री र सरकारलाई सुझाव दिए ।
नेपाल पत्रकार महासंघकी संस्थापक पत्रकार महिला सदस्य विन्दु पाण्डेको निधन भएपछि उनकै स्मृतिमा स्थापना भएको प्रतिष्ठानले विगत पाँच बर्षदेखि पर्साका पत्रकार महिलाहरु मध्ये एक जनालाई छनौट गरी यो पुरस्कार प्रदान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष भण्डारीले बताए । १२ हजार राशीको पुरस्कारलाई यो बर्षबाट बढाएर १५ हजार पु¥याइएको पनि उनको भनाइ छ ।
रोनाको कारण पर्सामा जारी निशेधाज्ञा लम्बिदै जाँदा गएको असार ५ गते स्व. पाण्डेको पुण्यतिथिकै दिन गर्दै आएको कार्यक्रम धकेलिएर यो बर्ष भने साउन ८ मा गर्नुपरेको प्रतिष्ठानले जनाएको छ ।
सो कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष अनुप तिवारी, विरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल अग्रवाल, भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्ववेदी, समाजसेवी पशुपति विक्रम शाह, नेपाल रेडक्रस सोसाईटी पर्साको उपसभापति मधु राणाले पनि यस्तो जटिल समयमा पनि प्रतिष्ठानले गरेको निरन्तर सम्मानको गतिलाई नरोकी बढाएकोमा धन्यवाद दिए ।
पर्सेली पत्रकार महिलाहरुको हौसला बढाउने र शीप विकास गर्ने कार्यमा आफूहरुको तर्फबाट पनि सक्दो सहयोग गर्ने उनीहरुले बचन दिए । प्रतिष्ठानका सल्लाहकार तथा अग्रज पत्रकार सरोज खड्काले पनि पुरानाको सम्झना र नयाँ पत्रकार महिलाहरुको हौसलाका लागि प्रतिष्ठान स्थापना भएको बताए ।
प्रतिष्ठानकी महासचिव माधुरी महतोले सहजीकरण गरेको कार्यक्रममा जेष्ठ नागरिक उषा शाह, पत्रकार महासंघका संस्थापक शंकर खतिवडा, अग्रज पत्रकार किरण पाण्डे, सहित विभिन्न संघ संस्थामा आबद्ध पत्रकार तथा नागरिकहरुको सहभागीता रहेको थियो ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)