कोरोनाभाइरस विरुद्धको खोप लगाउन थालिएको पाँच महीना भएको छ । अहिलेसम्म पूर्ण रूपमा खोप लगाउनेको संख्या १३ लाख मात्रै पुगेकाे छ ।
३३ लाख ७७ हजार २२८ जनाले पहिलो डोज र १३ लाख ६६ हजार १४ जनाले दोस्रो डोज अर्थात पूर्ण खोप लगाएका छन् ।
अहिले तीन वटा खोप लगाइँदै छ । कोभिशिल्ड र भेरोसेल दुई डोज लगाउनुपर्छ भने जोन्सन एन्ड जोन्सन एक डोजले पुग्छ । कोभिशिल्ड र भेरोसेलका दुई डोज तथा जोन्सन एन्ड जोन्सनको खोप लगाएका १३ लाख नाघेका हुन् ।
अहिलेसम्म ३३ लाख ७७ हजार २२८ जनाले कोभिशिल्ड र भेरोसेलको पहिलो डोज लगाएका छन् । उनीहरूलाई भेरोसेलको दोस्रो डोज केही समयपछि लगाइनेछ भने कोभिशिल्डको दोस्रो डोज नआएकाले उस्तै खोप अस्ट्राजेनेका लगाइने भएको छ ।
अहिलेसम्म १८ लाख २८ हजार ४८४ जनाले कोभिशिल्डको पहिलो डोज र चार लाख ६० हजार ३०८ जनाले दोस्रो डोज लगाएका छन् । त्यस्तै, १५ लाख ४८ हजार ७४४ जनाले भेरोसेलको पहिलो डोज र ६ लाख ९४ हजार ५६० जनाले दोस्रो डोज लगाएका छन् ।
यसैगरी, जोन्सन एन्ड जोन्सनको खोप दुई लाख ११ हजार १७८ जनाले लगाएका छन् । जसमध्ये बागमती प्रदेशमा एक लाख ७२ हजार ९७७, गण्डकी प्रदेशमा ३६ हजार ३४२ र प्रदेश २ मा एक हजार ८५९ जनालाई लगाइएको छ ।
प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा जोन्सन एन्ड जोन्सनको खोप लगाइएको छैन । अमेरिकाले कोभ्याक्स सुविधा मार्फत १५ लाख ३४ हजार खोप दिएको थियो ।
त्यस्तै, चीनले भेरोसेल र भारतले कोभिशिल्ड खोप दिएको थियो । भारतले कोभिशिल्ड खोप बिक्रीमा रोक लगाएपछि चीनबाट भेरोसेल खोप खरीद गरेर ल्याइएको छ । अझै ल्याउने क्रम जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म कोभिशिल्ड खोप लगाएकामध्ये प्रदेश १ मा पहिलो डोज तीन लाख सात हजार १८४ र दोस्रो डोज ५२ हजार ८५५, प्रदेश २ मा पहिलो डोज तीन लाख २० हजार ५३२ र दोस्रो डोज ४६ हजार ३५८ तथा बागमती प्रदेशमा पहिलो डोज चार लाख २१ हजार ४८२ र दोस्रो डोज एक लाख ६० हजार ४९० जनाले लगाएका छन् ।
त्यस्तै, कोभिशिल्ड नै गण्डकी प्रदेशमा पहिलो डोज एक लाख ८७ हजार ९७४ र दोस्रो डोज ४९ हजार ६११, लुम्बिनीमा पहिलो डोज दुई लाख ७८ हजार ४७६ र दोस्रो डोज ८३ हजार ९२७, कर्णालीमा पहिलो डोज एक लाख सात हजार ३२८ र दोस्रो डोज २९ हजार १५१ तथा सुदूरपश्चिममा पहिलो डोज दुई लाख पाँच हजार ५०६ र दोस्रो डोज ३७ हजार ९०६ जनामा लगाइएको छ ।
भेरोसेल पनि सबैभन्दा बढी बागमती प्रदेशमै लगाइएको छ । बागमतीमा पहिलो डोज आठ लाख १० हजार ४८३ र दोस्रो डोज चार लाख ४२ हजार ५९३ जनालाई लगाइएको छ ।
त्यस्तै, प्रदेश १ मा ७५ हजार ४४० जनालाई पहिलो डोज र ५८ हजार ६९५ जनालाई दोस्रो डोज, प्रदेश २ मा ७४ हजार १५७ जनालाई पहिलो डोज र ४४ हजार २१७ जनालाई दोस्रो डोज लगाइएको छ ।
गण्डकीमा पहिलो डोज एक लाख ९० हजार ७४९ र दोस्रो डोज २८ हजार २७९, लुम्बिनीमा पहिलो डोज तीन लाख २७ हजार १०२ र दोस्रो डोज ६८ हजार ८९८ जनाले लगाएका छन् । कर्णालीमा पहिलो डोज २७ हजार ९४७ र दोस्रो डोज १८ हजार ५७५ तथा सुदूरपश्चिममा पहिलो डोज ४२ हजार ८६६ र दोस्रो डोज ३३ हजार ३०३ जनालाई लगाइएको छ । - हिमालखबरबाट साभार गरिएको ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)