जलवायु विज्ञान, ज्योतिष शास्त्र, जलवायु परिर्वतनको दृष्टिकोणले १०२१ विश्वकै लागि डरलाग्दो वर्ष देखिएको छ । २१ औं शताब्दी विकासको चरमोत्कर्षका कारण विनासको शताब्दी हो । कलियुगलाई विनास, विकृति, विसंगति र असन्तुलनको युग मानिएको छ । जन्म पछिमृत्यु अनिवार्य जस्तै अति विकास पछि विनास अवश्यंभावी छ । प्रकृतिमा जे जति उथलपुथल हुन्छ । विनास र महाविपत्तिकै बेलामा हुन्छ ।
प्राकृतिक विपत्तिलाई विज्ञानले रोक्न र छेक्न सक्दैन । प्रँकृतिक प्रकोप, दैवी विपत्ति हुँदै हुँदैन । भएपछि विकराल रुप लिन्छ । यथास्थितिमा ठुलो परिवर्तन गर्दछ । विज्ञानलाईनै गम्भीर चुनौति दिन्छ । विश्वभर अहिले एउटै चिन्ता र चासोको विषय वशवव्यापी प्रदूषण र त्यसका कारण उत्पन्न जलवायु परिवर्तन बनेको छ । वातावरणविद, ज्योतिषशास्त्री वैदिका सनातन हिन्दु धर्मशास्त्रीहरुले सन् २०२१ लाइ जलवायु परिवर्तनको दूष्परिणम कारण उतपन्न हुने अति डरलाग्दो वर्ष भनेर भविष्यवाण्ी गरेका छन् । त्यसको परिणाम क्रमशः विश्वमा देखा पर्दैछ । सन् २०२० को डिसेम्वर को अन्तिम हप्ता चीनमा उतपन्न भइ विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९को संक्रमण जलवायु परिवर्तनकै दुष्परिणाम प्राकृतिक प्रकोप हो ।
प्रकृतिमा असन्तुलन र विकृति आएपछि महाविपत्ति हुनु स्वभाविकै हो । यो संसार प्राकृतिक हो । ईश्वरको सृष्टि हो । जो निरंजन, निशकार, अदृश्य र शक्तिशाली, प्रभावले यो कुरा पुष्टि गरी सकेको छ । भनिएको छ प्रकृतिको लीला अपरम्पार जसमा घुम्दछ सारा संसार । प्रकृति सत्य र यथार्थ हो । सबै मनुष्यका लागि सर्व–स्वीकार्य छ । नेपालको संम्वत २०७८ को नाम राक्षस संवतसर हो । राजा मंगल, मन्त्री मंगल, भएकै कारण वि.सं.२०७८ नेपाल र नेपालीका लागि प्राकृतिक प्रकोप, दैवी विपत्तिका कारण अति दुर्भाग्यपूर्ण र दुःखदायी छ । भनिन्छ दैवको लीला टारेर टार्न सकिदैन् । मानिसले जस्तो आग्रह–पूर्वाग्रह दैवले राख्दैन । पक्षपात गर्दैन । दैवी विपत्ति, प्राकृतिक प्रकोपले सबै मनुष्य, जीवजन्तु, वनस्पति, खेतीपातीमा समान व्यवहार गर्दछ । मानिलिऔ महाभुकम्प, डुवान, बाढी, पहिरोले सबै मनुष्य, जीवजन्तुलाई एकै साथ व्यवहार र उग्र रुप देखाउँछ । वातावरण विदहरुले दिएको चेतावनी अनुरुप केही दिन पहिले युरोपेली केही मुुलुकहरुमा भीषण बाढी आएर लाखौं लाख मानिसहरु, जीवजन्तुहरुलाई क्षणभरमै विस्थापित भरेको हामीले टेलिभिजनबाट देख्यौं, सुन्यौं । जुन विभत्स दृश्यले प्रभावित नभएको मानिसलाई पनि तर्साएको छ ।
वि.सं.२०७८ मा आन्नद संवतसर क्षय भएकोले राक्षस नामक संवत्सरले प्रवेश ग¥यो । वर्ष भरी संवतसरको नाम राक्षस भएकोले उस्को व्यवहार त्यस्तै रहने नै भयो । जसका कारण राक्षसी प्रवृत्ति, व्यवहारले हानी, नोक्सानी, क्षति पु¥याउने नै भयो । राक्षस नाम संवतसरको बाह्रै महिनामा प्राकृतिक महाविपत्तिको योग परेको छ । वर्ष दिन भरी (वैशाख देखि चैत्र महिना सम्म) कतै अल्पवृष्टि, कतै अनावृष्टि, कतै भारी वर्षा, असिना पानी चट्याङ, बाढी, पहिरो, डुवान, पृथ्वीको तापक्रम वृद्धि भूकम्प, ज्वालामुखी विस्फोट, चक्रवात आदि प्राकृतिक विपतिले विशवका धेरै देशलाई नकारातमक प्रभाव पार्ने देखिन्छ । अनाज उतपादनको कमि, फलफूल तरकारी र अनाजमा रोग, किरा फटेङ्गा्रको अति प्रकोप, भोकमरी, रोगव्याधिको महामारी फैलिने छ । बेरोजगारी र महंगीबाट अव्रmान्ताएका नागरिकहरुप्रति राज्य जिम्मेवार बन्न सक्दैन । जनताहरुमा सुखशान्ति, सहुलियत, सुविधा निकै कम मिल्नेछ । धार्मिक अनुष्ठान निकै कम हुनेछ ।
महाविपत्तिको संकेत भएपछि क्षमापूजा बढी हुनुपर्नेमा त्यतातिर मानिसको मन जानै सक्दैन । शनि ग्रहको कारण शान्ति कम दुःख तनाव बढी हुनेछ । अनिष्ट फल बढी मिल्दछ । अधिकांस मानिस उत्साह, उमंग हुने छैन् । इश्वर (प्रकृति) आफुले गरेको सृष्टि मानिसले कयौं वर्ष लगायर निमार्ण गरेको भौतिक संरचना प्राकृतिक प्रकोप उत्पन्न भइ क्षणभरमै लथालिङ्ग, भताभुङ्ग हुनेछ । पान्ीजन्य प्राकृतिक प्रकोपका कारण पृथ्वीमा ठूलो उथलपूथल र अपार क्षति हुने संभावनाको संकेत वातावरणवीदहरुले दिइसकेका छन् । जलवायु परिवर्तनका दुष्परिणाम विकास विरोधी, मानव, पशुपंक्षी र वनस्पति विरुद्ध हुनेछ । प्राकृतिक युद्ध मानिसद्धारा सिर्जित विश्वयुद्ध भन्दा कयौं गुणा शक्तिशाली र विनासकारी सावित हुनेछ । भवितवय, हुने हुनामी टारेर टार्न सकिदैन ।
बेलैमा सतर्कता अपनाइयो भने क्षति नयूनिकरण अवशय गर्न सकिन्छ । प्राकृतिक महाविपत्तिका बखत पीडित प्रभवित मानिसहरुको मुखबाट प्राय निस्कने अन्त्मि जन्म दिने आमा । र यस संसारको सृष्टि गर्ने इशवर भगवान, जगतजननि माता मात्र हो । विश्वमा संचित धनको अल्पनीय नोकसानी सनीग्रह दशा शान्त नभएसम्म धर्म शास्त्रमा ृल्लेख गरिएका सबै खाले पीडा र कष्टबाट मनुष्यले छुट्कारा पाउँन सक्दैन् । जलवायु परिवर्तनका काण साविकको ऋतु परिवर्तनमा समेत नकारात्मक प्रभाव पारेको छ ।
वनजंगली काफल, ऐंसेलु फल छिटो फल्न थालकोे गुँरास फूल विगतको भन्दा छिटो फुल्ने गरेको छ । मिचाहा जंगली वनमारा, लहरा, झार, नयाँ रुख विरुवाका कारण पुराना प्रजाती साल (सखुवा), सतिसाल कर्मा, जामुनका विरुवा जमिनमा प्राकृतिक रुपबाट उम्रन, बढ्ननसक्ने भएको छ । यो प्राकृतिक वन विनासको संकेत हो । पानी, जमिन, बास, सबै प्रदूष्ति भएको विपत्ती, भोकमारी, पीडा, कष्टबाट छुटकारा पाउँन सनातन धार्मीक परम्परा रीतिथितिलाएै बाह्रै राशीका मानिसहरुले कायम राख्न सकेमात्र महाविपत्तिबाट ब्च्न र पृथ्वी को रक्षा हुन्छ । वेदधर्म शास्तमा महाविपति को बारेमा वर्णन गरिएको छ । प्राकृतिक असन्तुटिलाई रोक्ने उपाय र पीडि र तनावपूर्ण मनमा शन्ति कायम भए भगवान मुक्तिबाट शक्ति मिल्ने छ ।
वातावरणीय संकटबाट राहत मिल्ने छ । विनासकारी समय छिटो छिटो आइरहको छ । सधै काम सधै काम कहिले जप्ने हरिको नाम को अवस्थामा मानिसहरु रहेको छन् । अब भविष्य सुनिश्चित छैन् । मानिसजन्य र प्राकृतिक जन्य महाविपत्ति कोलाहाल मच्चाउने अवस्थामा पुगिसकेको छ । भौतिकविकास, भौतिक सुखमा अनियमितता देखिएपछि शान्तिको श्वास फर्ने माध्यम आध्यात्मिक चिन्तनमात्र हो । विशवमा अब अनिष्ट फल मात्र बढी पाइनेछ । आगामी भदौ महिनामा ज्योतिस विद्याम उल्लेख भएको गौरव,काल योग परेकोले अतिकष्ट साध्य, दूखै दूखको मह्ीना हुनेछ । धार्मिक नित्यकर्मले दूःखको सागरमा डुब्न लागेको संसारलाई बचाउन सक्दछ । सत्य र यथार्थ ज्ञानबाट टाढा भइयो भने दूःख सिवाय सुख हुँदैन ।
सन्तान परापूर्वकाल देखि चल्दै आएका धेरै कुरामा सत्यता छ । अकाल मृत्यु हुने स्थितिमा विश्वि पुगेको छ । तापव्रmम वृद्धि र महामारी नानागरिका महामारीले मानिस गाइवस्तु, पशुपंक्षी र वनस्पतिलाई सताइरहेको छ । मानिसहरुका लागि सुःख शान्तिको शुभ लक्षण कहिकतै देखिदैन् । जलवायु परिवर्तन्का सकारात्मक असर र प्रभाव भन्दा निकै गुणा नकारात्मक असर र प्रभाव बढी रहेको छ । जलवायु परिवर्तनको जोखिममा संसार नै परिसकेको छ ।