समाज परिवर्तनको गतिमा छ । हिजो र आजका महिला र ति महिलाहरुको समाज अनि घरपरिवारप्रतिको जिम्वेवारी पहिले भन्दा बडेको छ । आजका महिला घरको मात्र होईन कार्यक्षेत्रको जिम्वेवारी पनि उत्तिकै जिम्वेवारी पुर्ण ढंगले निर्वाह गर्दे आएकाछन् । पहिले पहिले घरको काम भन्दा बाहेक बाहिरको काम गर्न अनुमित नपाउने अथवा समाजमा संस्कार र चलि आएको परम्पराको नाउँमा घर भित्र नै सिमित महिलाहरु आज घरको काम साथ साथै घरदेखि बाहिर कार्यालयको कार्यमा उत्तिकै जिम्मेदारी बनेकाछन् ।
घरका महिला छोरी, बुहारी,काकि, अन्टि, भाउजुहरुले हिजोआज जसरी घरपरिवारका सदस्यहरुको पारिवारीक जिम्मेवारीसँगै घर बाहिर कार्यालयको जिम्मेवारी सम्हालेका मात्रै छैनन् । समाजमा पुरुषहरुसँग उतिकै प्रतिष्प्रदामा खरो उत्रिएकाछन् । हिजो आज यस्तो कुनै कार्य छैन जो महिलाहरुले गर्न नसकेकै कारण पुरुष कर्मचारी राख्न परेको अथवा महिला भएकै कारण नेतृत्वदायी भुमिकामा कमजोर परेको भने अबका महिलाहरुलाई अगाडी बड्नको लागि राम्रो प्लेटफर्मको आवाश्यकता छ ता कि महिलाहरुले खुलेर, आफ्ना कार्य गर्न सकियोस् अनि मात्र समाजले चाहेको परिवर्तन र त्यो परिवर्तन भित्र महिलाहरुको प्रत्यक्ष महशुस गर्न सकियोस ।
पढेलेखेका र शिक्षित वर्गकारुपमा अहिलेका नारीहरु पनि छन् । पहिलेको जस्तो अवला पक्कै छैनन् । महिलाहरुको संख्या हेर्ने हो भने डिग्री हासिल गर्ने छात्रा र छात्रको तुलनामा बराबरीभन्दा पनि माथि देखिन्छ । यस अर्थमा अबका नयाँ पिढी अर्थात ४० बर्षसम्मका महिलाहरुको शिक्षात्वको संख्या गुणात्मक छ । भने अबका महिलाहरुले घर भित्र अनि बाहिरको कार्यभार सजिलैसँग बहन गर्न सक्छन् । तर पनि समाजमा कुनै कुनै निश्चत कुरामा अहिलेपनि पुरुषहरुको हालीमुहाली अर्थात अधिकार कुण्ठ पारेको जस्तो देखिन्छ । शहरी क्षेत्रमा यस्तो हकाधिकार कम प्रयोग भएको जस्तो लागेतापनि गाउँघरमा अलि बडि महिलाहरु खुल्न नसकिरहेको देखिन्छ ।
शहर बजारमा प्रायजसो महिला पुरुष दुदैैले मिलेर घर भित्रको काम गरेको जस्तो देखिएतापनि गाउघरतिर अझै पनि यो काम सिर्फ महिलाहरुले मात्रै गर्नपर्दछ भन्ने बुझाई रहेको छ । खाना बनाउने वर्तन धुने, लताकपडा आदि देखि बाल बच्चाको स्याहारसुसार देखि परिवारका अन्य सदस्यहरुको जिम्वेवारी सिर्फ घरको महिलाले मात्रै गर्नपर्ने काम हो भनेर बुझिएको छ । यो सरासर गलत सोच हो । अबको समयमा पनि यो काम महिलाले गर्ने यो काम पुरुषले गर्ने भनेर छुट्याउने कार्यको अन्त्य हुनपर्दछ । जवसम्म यो काम महिलाको हो र यो काम पुरुषको हो भनेर जिम्वेवारीबाट पन्छिन खोजिन्छ तवसम्म पुरुष र महिलाप्रतिको सकारात्मक सोचमा समान व्यावहार हुन सक्दैन ।
परिवर्तन घरबाट नै हामीले परिवर्तनका स्वरहरुलाई उच्च बनाईरहँदा हामी के गर्देछौ मात्रै होईन हामीले घरमा आफ्ना बालबालिकालाई के गराउदै छा,? अथवा हाम्रै घरमा छोरा र छोरीप्रति गरिने व्यावहार कस्तो छ ? अबको सोच यतातिर केन्दि«त हुनपर्दछ जस्तो लाग्छ । किन भने अबका पुस्ता भनेका हाम्रा छोराछोरी हुन् । यी नैं छोराछोरीको समाज कस्तो हुनपर्दछ भन्ने सोच आज हामीले दिएको शिक्षाले निर्देश गर्दछ । हामीलाई थाहा छ बालबालिकाको पहिलो शिक्षा भनेको उस्को परिवार हो । तसर्थ उस्को परिवार अर्थात हामीले दिने शिक्षा भेदभाव रहित हुनपर्दछ । जस्तो छोरालाई मायालु स्वरले बोलाउने र छोरीलाई प्रयोग गर्ने भाषामा एकरुपता हुनपर्दछ । छोरालाई पढाउने र छोरीलाई पढाउने स्कुल अथवा अन्य सुविधामा एकरुपता हुनपर्दछ कतिपय ठाउँमा अहिले पनि छोरा र छोरी पढ्ने स्कुल लाउने कपडा फरक देखिन्छ । अर्काे कुरा छोरीलाई अह्राउने काम र छोरालाई अहराउने काममा फरक छुट्याउनु हुदैन । जस्तो आज छोरीले खाना बनाउछे भने छोराले भाडा धुन हुदैन भन्ने सोचा राख्न हुदैन । घर बाहिर जाने आउने क्रममा जति छोरालाई सहज तरिकाले घर बाहिर निह्कन र भित्र पस्न कुनै रोकावट हुन्न वा सोधखोज हुन्न त्यस्तै छोरीलाई पनि सोहि सरल व्यावहार हुनपर्दछ । अनुसासन सहितको स्वतन्त्रता हरेक नागरिको बाच्न पाउने अधिकार भएको हुनाले यस्ता स साना कुरामा बेलै देखि गनै व्यावहार परिवतर्न भयो भने अब आउने नयाँ पुस्तामा महिला र पुरुषप्रतिको असमान व्यावहार हुदैन जस्ले समाज परिवतर्नको लागि मुख्य जिम्वेवार पक्ष हामी आफै भनेर बुझ्न आवाश्यक छ ।
जस्ले जतिसुकै आर्दशका कुरा गरे पनि वास्तविक परिवर्तनको लागि हरेक घरमा हरेकको सोचमा परिवर्तन हुन आवश्यक छ । अनि मात्र हामीले कल्पना गरेको जस्तो महिला र पुरुष विचको असमान व्यवहार परिवर्तन हुन सक्दछ । होइन भने जतिसुकै ठूलो स्वरले कुरा गरे पनि परिवर्तनको नाउँ र विवेद कछुवाको गतिमा सिमित ।