स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेपछि कोभिड नियन्त्रणसम्बन्धी उच्च निकाय सीसीएमसीले पनि ७७ वटै जिल्लामा विद्यालय बन्द गर्न सुझाव दिएको थियो । गत वर्ष कोरोनाभाइरस महामारी सुरु भएपछि नेपालमा शैक्षिक संस्थाहहरू बन्द गरिएको थियो । शिक्षा मन्त्रालयले बालबालिकामा सङ्क्रमण बढेको पछिल्लो अवस्थामा विद्यालयहरूले के गर्दा ठिक हुन्छ भनेर सुझावका लागि निजी विद्यालय सङ्गठन प्याब्सन, एनप्याब्सन, अभिभावक सङ्घ र स्थानीय तहका प्रतिनिधिलाई बोलाएको छलफल समेत गरि विद्यालय बन्द गर्ने निर्णयमा सरकार पुगेको थियो ।पहिलो चरणको माहमारी केही नियन्त्रणमा आए पश्चात सरकारले यसअघि बालबालिकालाई भौतिक रूपमा विद्यालय बोलाएर कक्षा सञ्चालनका लागि भन्दै कार्य सञ्चालन ढाँचा पनि जारी गरेको थियो । तर त्यसमा विद्यालयहरूले स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्नुपर्ने र कोही सङ्क्रमित देखिए विद्यालय सञ्चालन कसरी गर्ने भन्नेबारे स्थानीय निकायले निर्णय गर्ने उल्लेख समेत उल्लेख गरिएको थियो ।
विद्यार्थीलाई अध्ययन गराउने बैकल्पीक माध्यम भनेकै अनलाइन कक्षा हो यो संचालन गर्न मुख्य आवश्यकता इन्टरनेट हो । नेपालको हरेक समुदायका व्यक्तिहरुमा इन्टरनेट पहुँच छैन् । हालै गरिएको एक अध्ययानका अनुसार नेपालमा कुल जनसंख्याको ५६ प्रतिशत व्यक्तिहरु मात्र इन्टरनेटको पहुँचमा छन् भने जम्मा १३ प्रतिशत बिद्यालयहरु इन्टरनेटवाट कक्षा संचालन गर्न सक्षम छन् रहेको बताउछिन नवदिप एकाडेमीको संचालक शुसीला साह इन्टरनेट पँहुच भए पनि इन्टेनेटमा आउने उतर चढावले कक्षामा समस्या आउन थालेको छ । पढाईका लागि पुरा भिडियो हेरेर गर्न मिल्ने सस्तो र सुलभ दरमा कुनै प्याकेज छैन । उदाहरणका लागि एक जुम मिटिङका लागि मात्र ५ सय एमबी देखि २ जीवी चाहिन्छ ।
शहरी क्षेत्रवाहेकका अन्य क्षेत्रमा यस्ता प्याकेज लिन सम्भव छैन् । वन्दाबन्दी लगत्तै अधिकांश बिद्यार्थीहरु गाउँमा छन् । गाउँमा यस्ता प्याकेजहरु लिन सम्भावना नरहेको उनले तर्क गरिन ।इन्टरनेट सुविधा भए पनि अर्को समस्या भनेको प्रविधिको उपलव्धता नहुनु हो । हरेक घरमा पढ्नका लागि ल्यापटप, स्मार्ट फोन उपलव्ध छैन् । भए पनि एक दुई । त्यस्ता साधनहरु परिवारका जेष्ठ सदस्यहरुले काम वा आफ्नो सजिलोका लागि लिएका हुन्छन् । पढ्नका लागि भने व्यवस्था गरेका हुदैनन् ।आजको अंकमा नवदिप एकाडेमीको संचालक सुसिला साह संग लकडाउनमा र माहमारीमा विद्यालय र विद्यार्थीको अवस्था कस्तो रहेको छ भन्ने बिषयमा मध्य नेपालको लागि गएिएको कुराकानी जस्ताको त्यस्तै ः
१) बर्तमान अवस्थामा शिक्षाको अवस्था कस्तो पाउँनु भएको छ ?
कोभिड भन्दा अगाडी राम्रै थियो । पुरा विश्वले नै समस्या झेलिरहेका अवस्था छ । विगत २ वर्षदेखि विद्यालयहरु खुल्ने र वन्द हुने गर्दा शिक्षाको स्तर खस्केको अवस्था छ । बच्चाहरुले जुन गुणस्तरीय शिक्षा पाउनुपर्ने हो त्यो दयनीय छ । हामी अनलाइन प्रणालीमा गइरहेका छौ । अनलाइन कतिको प्रभावकारी छ त्यो सर्वपरी नै छ । जुन विद्यार्थी सक्षम छन् हरेक सुविधा पाइरहेका छन् उनीहरु मात्र अनलाइन पढिरहेका छन् । हाम्रै तराइकै कुरा गर्दा मध्यम वर्गीय मानिसहरु छन् । जसले गर्दा २० प्रतिशत विद्यार्थीहरु मात्र अनलाइन पढिरहेका छन् । बाकी पहँुच बाहिर नै छन् । सबैभन्दा प्रत्यक्ष मार शैक्षिक स्तरमा परेको छ । समग्रमा भन्नुपर्दा शिक्षाको स्तर नै घटेका खस्केको र धरासयीे अवस्थामा पुगेको छ ।
२) यहाँको विद्यालयमा अनलाइन कक्षा भइरहेको छ त ?
हाम्रो विद्यालयहा पनि अनलाइन कक्षा संचालन भइरहेको छ । कक्षा एल.के.जी देखि कक्षा ८ सम्म सिफ्ट अनुसार भइरहेको छ ।
३) कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
विगत ८ महिना कोभिडले बन्द हुँदा पनि अनलाइन कक्षा चलाएका पनि थियौ । अनलाइन कक्षा हुँदा अफ्ठ्यारो भएको थियो । अभिभावकलाई फोन गरेर कक्षासुरु हुन्छ भन्दा वच्चाहरु कसरी मोवालमा पढ्छन भनेर अभिभावक रिसाउनु हुन्थ्यिो । तर ७० प्रतिशत अभिभावक ले गाली गर्ने या राम्रै तरिकाले पनि हुन सक्दैन भन्नुहुन्थ्यिो । हामीले धजबतकबउउ पनि पढाउने गर्छौ । ध्जबतकबउउ मा आठजना भन्दा बढी गु्रप बनाउन सक्दैनौ । त्यसको लागि जुम मा क्लास गराउदै छौ । यो श्ययm बउउक मा चालीस मिनेट पछि आफै काट्छ । गाह«ो छ । कसरी अनलाइन पढाउने भनेर टिचरहरुलाई पनि तालिम दियौ । अलिकति त अफ्ठ्यारो त छ ।
४) अनलाइन कक्षा मा एकैचोटि कति जना सहभागी हुन सक्छन् त ?
एउटा कक्षामा २५ देखि ३० जना विद्यार्थीहरु छन् । तर अनलाइन कक्षामा १० देखि १२ जना विद्यार्थी मात्र सहभागी हुन्छन् । आधा पनि आउँदैनन् । हाम्रो स्कूलमा कक्षा एल.के.जी देखि सुरु गरेका छौ । धेरै समस्या छ । सानो कक्षाको बच्चालाई अनलाइन कक्षा गराउँदा बच्चाभन्दा पनि अभिभावकले सिक्छन् । मेन फोकस मेरो मोन्टेश्वरी हो । प्ले गु्रपको बच्चालाई अनलाइन कक्षा हुदैँन । यहाँ विद्यालयमा आउछन् भने उनीहरुले बोल्ने, खाने, सबै सिक्छन् ।
५) अब पनि विद्यालय संचालन भएन भने आगामी योजना केही छ कि ?
हाम्रो स्कूल प्याबसनमा छ । कुनैपनि निर्णय गर्दा प्याबसनमै बसेर निर्णय भइ छलफल गर्छौ । कसरी अगाडी बढाउने । अहिले हाम्रो निर्णय अनलाइनबाट नै पढाउने हो । अर्को कुनै विकल्प नै छैन । कोभिडको तेस्रो लहर पनि आउने सम्भावना धेरै रहेको समाचारबाट पनि सुनिन्छ । झन विद्यालय खोल्न नै सकिन्न । हाम्रो चाहनाले अनलाइन कक्षा हैन । बाध्यता हो । मलाइ नै कहि न कहि दुःख लाग्छ । एउटा कक्षा मा ३२ जना विद्यार्थीहरु हुँदा जम्मा १० जना मात्र अनलाइन मा पढ्छन् । बाकी २२ जना पहुँचबाट टाढा नै छन् । आखिर स्कूल खुले पनि भौतिक रुपमा फेरी पढाउनु पर्छ । पढिसकेका बच्चाहरु कक्षा मा निदाउँछन् जस्तो मलाई लाग्छ । भन्नलाई त हुन्छ उसको लागि रिभिजन भयो । धेरै बच्चा वाक्क पनि हुन्छन् । उ अगाडी जान खोज्छ । हाम्रो छुटेको बच्चालाई फेरी सिकाउनु त पर्छ । तर हाम्रो आगामी योजना भनेको नै प्याबसनले जस्तो निर्णय गर्छ हामी त्यही अनुसार फलो गर्नुपर्छ ।
६) अहिले शिक्षाको नीति स्थानीय सरकारमा आइसकेको छ । स्थानीय सरकारले शैक्षिक क्षेत्रमा के गर्दा अझ राम्रो हुन्छ ?
भैतिक रुपमा स्कूलहरु खुलिरहेको छैन । तेस्रो लहरको जोखिम पनि धेरै छ । तर बजारमा हेरेर लागिरहेको छैन । मानिसमा डर छ । आवश्यकता छ । तर सुरक्षित छैनन् । तेस्रो लहरको जोखिम बालबालिका बढी हुने भएकोले विद्यालय खोल्न अनुमति दिएको छैन । डब्लु एच ओ को मापदण्ड अपनाएर पनि विद्यालय संचालन गर्न सकिन्छ । अगाडीको लकडाउनमा यातायात खुलिसकेको थियो तर विद्यालय खुलेको थिएन । तर यसपालिको लकडाउन विस्तारै विस्तारै सबै खुलिसकेको छ तर स्कूलहरु खोल्ने अनुमति किन न दिएको त ? के जोखिम स्कूलहरुमा मात्र हो त ? यदि अब पनि भौतिक रुपमा विद्यालय खुलेन भने अनलाइन को विकल्प अरु केही छैन । त्यसको लागि स्थानीय सरकारले इन्टरनेटको सुविधा र जुन चार्ज छ त्यो पनि फ्रि गरिदिनुहुन्छ भने हामीले ९० प्रतिशत बच्चा ओगट्न सक्छौ । ठाउँ–ठाउँमा टावर लगाइदिनु । फ्रि वाइफाइ जोन गरिदियो भने जहाँबाट पनि पढ्न सकिन्छ ।
७) विद्यालय खोल्ने अनुमति आएपछि कसरी संचालन गर्नुहुन्छ ? के सोच्नु भएको छ ?
एक वर्ष अगाडी पनि लकडाउन पछि विद्यालय संचालन मा आएको थियो । हामीहरुले स्वास्थ्य मापदण्ड अनुुसार नै स्कूलहरु चलाएका थियौ । बच्चाहरु स्कूलमा आउने वितिकै मास्क सहित गेटमा उनीहरुलाई सेनीटाइज गराइ कक्षा कोठामा पस्ने अनुमति दिइन्थ्यौ । मास्कहरु हामी स्कूल बाट नै उपलब्ध गराइन्थ्यिो । उनीहरुमा हामी विशेष ध्यान दिन्थ्यौ । खाजाको समय पनि एकै साथ हुदैन्थ्यो । जसले गर्दा बच्चाको भिडभाड हुदैन । बच्चाहरुलाई बेला बेलामा सम्झाइरहन्छौ । छुट्टी भएपछि जाने बेला मा पनि सेनिटाइज गरिदिन्थ्यौ । अब विद्यालय खुल्यो भने फेरी हामीले त्यही विधि अपनाउनु पर्छ ।
८) अगाडीको लकडाउन पछि विद्यालय खुलिसके पश्चात केही समय पछि स्वास्थ्य मापदण्ड नअपनाएको पनि कुराहरु आयो त?
कतिले गरेका होलान । हेर्दाहेर्दै मानिसहरु वाक्क पनि भइसकेको छन । कति भन्ने । सबै त खुलिसक्यो । विरामी त छैनन भनेर त्यो पनि हुन सक्छ । सायद मेरो स्कूल मा हेलचक्राइ चाहि भएको थिएन । मैले गेटपाले दाइलाई पनि भनेको छु कि बच्चा होस या अभिभावक यदि मास्क लगाउनु भएको छैन पस्न नदिनु पनि भनेको छ ु ।
९) अनलाइन कक्षा संचालन गर्दा को शुल्क र भौतिक रुपमा संचालन हुँदा को शुल्क बराबर हो ?
जसमा हामी ट्रान्सपोटेसन, इ.सि.ओ चार्ज, कम्प्युटर चार्ज लिदैनौ । महिना भरीको चार्ज मात्र लिन्छौ । महिना चार्ज मा पनि कक्षामा कति भएको छ । जस्तो पुरै महिना पढाइ भएको छ भने पुरै लाग्छ । यदि भएको छैन भने १० प्रतिशत कम गरेर लिन्छौ ।