अजिब नग्न नृत्य कसैले नचायो!!
ठिकै भो समयले नि पर्दा हटायो!!
नया‘ं युगको आरम्भ लेख्ला ‘कलम’ले,
यो सोचेर ‘तरवार’ पल पल डरायो!!
साहित्यिक चौतारी नेपाल, नेपाली भाषा साहित्यको विकास, विस्तारसँगै सामाजिक कार्य गर्ने उद्देश्य बोकेको विल्कुलै गैर नाफा मूलक संस्था हो । २०७१ साल माघ २६ गते स्थापना भएको यो संस्थाले २०७४ साल जेष्ठ २८ गते नेपाल सरकारबाट मान्यता प्राप्त गरेर सफलताको पहिलो नतिजा प्रस्तुत गरेको थियो।
काठमाडौँ महानगर पालीका वाड नं १६ वनस्थलीमा केन्द्रिय कार्यालय रहेको यस संस्थाले अनलाइनको माध्यम हुँदै नेपालका ७ वटै प्रदेश र विश्वका बिभिन्न देशहरूमा आफ्ना शाखाहरू बिस्तार गरि तमाम साहित्यिक मन मटुहरूमा बस्न सफल भएको छ ।
अनवरत साहित्यको सेवामा तल्लीन साहित्यिक चौतारी नेपालले भारत, मलेसिया ,ग्रीस, इजरायल र साउदी हुँदै जापानमा पनि आफ्ना शाखाहरू बिस्तार गर्न सफल भएको र जिल्ला तथा इकाई कमिटीको हकमा बारा जिल्ला कमिटी तथा पूर्वमा तेह्रथुम र मोरङमा गरी १५ वटा स्कुलमा साहित्यिक चौतारी नामक इकाइ कमिटी गठन गरेर हाल सम्म २८ शाखा ,जिल्ला र इकाइ कमिटी गठन गर्न सफल भएको छ ।
संस्थाले साहित्यको मीठो अनुरागसँगै सामाजिक सेवाको हेतुले विभिन्न रोगबाट पीडित अनि आपत् बिपत्मा परेकाहरूलाई आफ्नो गाँस कटाएर भए तताम घाउहरूमा मलम बन्ने कार्य निरन्तर गर्दै आएको छ ।
चौतारी स्थापना देखि लिएर आजसम्मको मितिमा केन्द्र,शाखा,उपशाखाहरूको बेग्लाबेग्लै पहलमा झन्डै २३ लाख) बराबरको आर्थिक सहयोग विभिन्न शीर्षकमा गरेको छ ,भने महाभूकम्पमा परेकादेखि अहिलेको महामारी कोरोना संक्रमितको कारण रोजगारी गुमाइ अलपत्र परेका थुप्रै नेपालीहरूलाई आर्थिक एवम् खाद्यान्न लगायतको सामाग्री सहित बस्ने ठाउँको उपलब्ध गराउने जस्ता सराहनीय कार्य गर्दै आएकोे केन्द्रीय अध्यक्ष गीता भण्डारीले बताईन ।
नेपाली भाषा लेखाइमा शुद्धता र साहित्य बिधाका लेखाइ सम्बन्धि प्रशिक्षण समेत दिने कार्य गर्दै आएको यस संस्थाले, कोरोना कहरले आक्रान्त बनेको विषम परिवेशलाई चिर्दै जापानमा पनि २०७८ साल श्रावण ८ गते शाखा विस्तार एवं कार्यसमिति घोषणा आधिकारिक रूपमा अनलाईन मार्फत गर्न सफल भएको छ ।
केन्द्रीय अध्यक्ष गीता भण्डारीको नेतृत्वमा रहेको यस संस्थाको वरिष्ठ सल्लाहकार प्रा डा. भीम खतिवडा डा. देवी नेपाल, सल्लाहकार सन्दीप संगौला दिलदुखी र प्रभा आचार्य भट्टराई समेत रहेका छन ।
यसैगरी जापान शाखाको नेतृत्वमा अध्यक्ष बिन्दा पराजुली बराल रहेकी छन भने सह नेतृत्वमा उपाध्यक्ष द्वव अमरदेब बास्तोला एवं सरिता ढकाल रहेका छन ।
यसैगरी सचिव पदमा राजबिन थापा र सह–सचिवमा लक्ष्मी रेग्मी कोषाध्यक्षमा गीता शर्मा र सह–कोषाध्यक्षमा मन कुमारी अमागाई पुनश्चः सदस्यमा शुषमा पोख्रेल, शारदा पाण्डे, अर्चना न्यौपाने, सुजाता शर्मा, रमिता ढकाल, नेत्रा शर्मा रहेका छन ।
वरिष्ठ साहित्यकार डा. देवी नेपालको प्रमुख आतिथ्य र विशिष्ट अतिथिको रूपमा नेपाल राजदूत उपनियोग प्रमुख अम्बिका जोशी, गजल शिरोमणि एवं वरिष्ठ साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमी, साहित्यिक चौतारी नेपाल केन्द्रीय अध्यक्ष गीता भण्डारी, विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशी, रहेका कार्यसमिति घोषणा एवं रचना वाचन कार्यक्रममा, अतिथि स्रष्टा स्वरूप वरिष्ट गजलकार तर्फ टक गुरुङ, आवाज शर्मा र आर्य आयुषा लगायत कवियित्री द्वय ओमकुमारी बञ्जारा रानाभाट र रेजिना आपागाईंको साथमा साङ्गीतिक प्रस्तुति तर्फ वरिष्ट गजल गायक राज सागर एवं नव गायिका सिवानी कार्कीको उपस्थितिले कार्यक्रमलाई चौतर्फी रौनक प्रदान गरेको थियो। कार्यक्रमको शभापति जापान शाखा अध्यक्ष बिन्दा पराजुली बरालले गरेकी थिईन भने कार्यक्रम सन्चालकको रुपमा जापान शाखा सचिव राजबिन थापाको कला कौशलमा सम्पन्न भएको थियो ।
लबज हैनन् यहाँ सुन्नुस्, कलमले शब्द बोल्नेछन्
स्वयं दुस्मन गला टाँसि, अझै अमृत ओकल्नेछन् ।