वीरगञ्जको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा.निरज कुमार सिंह बारबरा पुरस्कारबाट पुरस्कृत भएका छन् ।
बारबरा फाउण्डेसनले शनिबार काठमाण्डौमा कार्यक्रम गरी डा.सिंहलाई रु.२ लाख ५० हजार रासीको पुरस्कारका साथ सम्मान पत्रले पुरस्कृत गरेको हो ।
बारबरा फाउण्डेसनद्वारा शनिबार काठमाण्डौमा आयोजित सम्मान कार्यक्रमकाबीच डा.सिंहलाई पूर्व राष्ट्रपति डा.रामबरण यादबले रु.२ लाख ५० हजार रासीको पुरस्कारका साथ सम्मान पत्रले पुरस्कृत गरेका हुन् । कोभिड महामारी विरुद्ध प्रदेश २ मै उल्लेखनीय भूमिका निर्वाह गरेवापत सिंह प्रतिष्ठित बारबरा पुरस्कारबाट पुरस्कृत भएका हुन् । चिकित्सा विधा तर्फ यो पुरस्कार प्राप्त गरेसँगै सिंह यो पुरस्कार प्राप्त गर्ने प्रदेश २ मै पहिलो चिकित्सक बनेका छन् ।
डा.सिंह कोभिड महामारीको समयमा नारायणी अस्पतालमा आउने संक्रमितको उपचार र महामारी नियन्त्रणमा समाजलाई सचेत पार्ने काममा निरन्तर खटेका थिए । फाउण्डेसनले यो विधा तर्फ डा.सिंहसहित देशभरका २० जना चिकित्सकलाई पुरस्कृत गरेको छ ।
यस्तै फाउन्डेसनले कोभिड महामारीविरुद्धको लडाइँमा अग्रणी भूमिका निर्वाह गरेका भरतपुर, पाटन, नेपाल प्रहरी र नेपाल एपीएफ अस्पताल, नेपाल एम्बुलेन्स सेवा, हामी नेपाल र नेपाली सेना मृत शरीर व्यवस्थापन समूहलाई संस्थागततर्फ विशिष्ट सम्मान प्रदान गरेको छ । नर्सिङ विधामा २७ जना नर्सलाई १ लाख २५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको छ । जस अन्तर्गत नारायणी अस्पतालमै कार्यरत स्टाफ नर्स सुभद्रा चौधरी यो पुरस्कारबाट पुरस्कृत भएकी छिन् ।
मेडिकल सपोर्टतर्फ ल्याब र प्यारा–मेडिकल क्षेत्रमा योगदान गर्ने ९ जनालाई जनही १ लाख नगदका दरले पुरस्कृत गरिएको छ । स्वास्थ्य सहयोगी कर्मचारीतर्फ ५ जनालाई १ लाख नगदका दरले नै पुरस्कृत गरिएको छ । उत्कृष्ट व्यवस्थापन, सार्वजनिक नीति विधामा विभिन्न अस्पतालका १९ जना विभागीय प्रमुखलाई पुरस्कार र सम्मान प्रदान गरिएको छ । तीमध्ये ३ जनालाई जनही नगद २ लाख ५० हजारसहित पुरस्कार दिइएको र अन्यलाई सम्मान गरिएको छ ।
बारबरा फाउण्डेशनका अध्यक्ष सन्दुक रुइतले यो सम्मानले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई काम गर्ने हौसला मिल्ने विश्वास ब्यक्त गरे ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)