यातायात व्यवस्था कार्यालय, लाइसेन्स वीरगंजले गत आवको १२ महीनामा १० करोड ६९ लाख ९० हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले नवीकरणबापत रु ७ करोड १६ लाख २१ हजार, प्रतिलिपिबापत ८ लाख ६५ हजार, नवीकरण र प्रतिलिपि शीर्षकमा ६० लाख ३७ हजार, नयाँ लाइसेन्सबापत १ करोड ७१ लाख ६२ हजार, वर्ग थप शीर्षकमा १७ लाख ६१ हजार, नयाँ दर्ता दस्तुरमा ७६ लाख ७३ हजार, थप दर्ता दस्तुरमा १८ लाख ७० हजार गरी कुल १० करोड ६९ लाख ९० हजार राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख सुशीलकुमार साहले बताए ।
उनका अनुसार गत आवको साउनमा १२ लाख ४७ हजार, भदौमा शून्य, असोजमा १ करोड ५ लाख २५ हजार, कात्तिकमा ७६ लाख ३ हजार, मङ्सिरमा ९९ लाख २९ हजार, पुसमा १ करोड २८ लाख ८५ हजार, माघमा १ करोड ६० लाख २५ हजार, फगुनमा १ करोड ३७ लाख ९ हजार, चैतमा १ करोड ९८ लाख ४८ हजार, वैशाखमा ६७ लाख ६७ हजार, जेठमा शून्य, असारमा ८४ लाख ४९ हजार गरी १० करोड ६९ लाख राजस्व सङ्कलन भएको हो ।
कोरोना महामारीको कारणले गत आवको भदौ र जेठमा राजस्व सङ्कलनमा असर पुगेको उनले बताए । यसैबीच सो कार्यालयले अघिल्लो आव २०७६–०७७ मा ८ करोड २२ लाख ८६ हजार सङ्कलन गरेको थियो । सो अवधिमा कार्यालयले नयाँ लाइसेन्सबापत २ करोड ४ लाख ५६ हजार, थप लाइसेन्स शीर्षकमा २० लाख ९३ हजार, नवीकरण प्रतिलिपि शीर्षकमा ३८ लाख ५६ हजार, प्रतिलिपिमा ८ लाख ९० हजार, नवीकरण शीर्षकमा ३ करोड ७४ लाख ५२ हजार, नयाँ दर्तामा १ करोड ३८ लाख १७ हजार, थप दर्तामा ३६ लाख ५० हजार गरी ८ करोड २२ लाख १५ हजार राजस्व सङ्कलन गरेको थियो ।
त्यसैगरी आव २०७५–०७६ मा १२ करोड १६ लाख ५५ हजार राजस्व सङ्कलन गरेको थियो भने २०७४–०७५ मा १३ करोड ९९ लाख ५५ हजार राजस्व सङ्कलन भएको थियो । यसरी हेर्दा पछिल्लो दुई आवमा कार्यालयको राजस्वको ग्राफ् खस्केको छ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)