कम्युनिष्ट हुनुमा वास्तविक नीति र ज्ञान चाहिन्छ । कम्युनिष्ट पार्टीको सदस्यता हुदैमा उ कम्युनिष्ट हुदैन । त्यो दैनिक जीवनमा उतार्नु पर्छ । जीवन पद्धती बनाउनु पर्दछ ।नेपालको कम्युनिष्ट आन्दोलन नक्कली, संशोधनवादी, कम्युनिष्टहरुको जमातबाट संकटमा परेको छ । नेपालमा दुई दर्जन भन्दाबढी कम्युनिष्ट पार्टी छन् । ती पार्टीमा आबद्ध समर्थक कुल जनसंख्याको ५५ प्रतिशत जति छन् । तर कम्युनिष्ट आन्दोलन असल व्रmान्तिकारी नेतृत्व बिना ओरालो लाग्दै छ ।
असल व्रmान्तिको कम्युनिष्ट पार्टीले कडा अनुशासनलाई जोड दिन्छ । कडा अनुशासनले देशलाई महान बनाउँछ । व्रmान्तिकारी देशभक्त कम्युनिष्ट पार्टी बुर्जुवा आदर्शवाद, पूर्जीवादी, छाडावाद, अराजकतावादी, व्यक्तिवाद, बहुलवाद, सामन्तवाद, जडसुत्रीय वाद, दक्षिणपन्थी, अवसरवाद, संशोधन वाद, मनोजंत्वाद, वामपन्थी, दुस्साहस वाद, संकिर्ण वाद, अनुभववाद, अकर्मणयता वाद, पलायन वाद, आत्म सुरक्षावाद, अन्धुजातिवाद, नोकरशाही, क्षेत्रीयतावद, निरंकुशतावाद, विभागवाद, शंकावाद, श्रद्धावाद, अर्थवाद, गलत चिन्तनको विरोधी हुन्छ ।
भौतिवादी चिन्तन, माक्सवादी, लेनीनवाद र माओवादलाई आत्मसात गर्दछ । संगठनभित्र देखा पर्ने गलत चिन्तन प्रति सदासर्वदा सचेत रहन्छ । कम्युनिष्ट पार्टीले जे बोल्छ, त्यस्तै व्यवहार गर्दछ । नक्कली कम्युनिष्टहरुका कारण कम्युनिष्टमा ठूलो विकृति र विसंगति उत्पन्न भएको छ । संसदवादी व्यवस्थामा हाम फालेर रछानमा रमाइ रहेका नक्कली कम्युनिष्ट पार्टीप्रति जन वितृष्णा, जनघृणा बढेको छ । असल व्रmान्तिकारी देशभक्त कम्युनिष्ट नेता र उनीहरुले नेतृत्व लिइरहेको कम्युनिष्ट पार्टी प्रति विरोधीहरुले चौतर्फी हस्तक्षेप र आव्रmमण गरिरहेका छन् । सक्कली कम्युनिष्ट पार्टीहरुको अगाडी ठूलो चुनौती आएको छ ।
कम्युनिष्ट नैतिकतामा आधारित कम्युनिष्ट पार्टीमा वैठक ध्वसात्मक नभइ निमार्णात्मक हुन्छ । विभिन्न मैत्रीपूर्ण छलफल हुन्छ । दुईलाइन संघर्ष हुन्छ । एकता संघर्ष–रुपान्तरणको ठोस नीति र व्यवहार कम्युनिष्ट पार्टीमा हुन्छ, भने नक्कली र संशोधनवादी पार्टीमा एकता–संघर्ष र सम्झौता हुन्छ । जुन अभ्यास प्रचण्डले गरे र कम्युनिष्ट आन्दोलनलाई घृणित संसदीय खेलमा रुपान्तरण गरे ।
कम्युनिष्ट अवसरवादी बाटोमा लाग भजेर ढोका खोली दिए । जुन देश र जनताकालागि अति प्रत्युत्पादक सावित भएको छ । जीवन भर अमेरिकी साम्राज्यवाद । भारतीय विस्तारवादको विरोध गर्दै आएका तथा कथित कम्युनिष्ट नेता प्रचण्ड यतिखेर आत्मसमर्पण गर्दै अमेरिका र भारतको टाँगमुनी छिरेर नेपालमा विदेशी हस्तक्षेप, विदेशी स्वार्थको मलजल गरी नेपाल र नेपाली माथि ऐतिहासिक दुर्भाग्य थुपार्र्न पुगेका छन् । नेपालमा व्रmान्ति सम्पन्न भयो । अब सुखी नेपाली, समृद्ध नेपाल हुन्छ भन्ने प्रचण्डले अमेरिकी एमसिसी सम्झौताको समर्थन गरेर नेपाललाई अन्तर्राष्ट्रिय द्धन्द्धको व्रिmडास्थल बनाउन खोज्दैछन् । कहि नभएको जात्रा हाँडिगाउँमा भने झै नेपालमा यतिखेर राजनीति गाइजात्रा चलिरहेको छ । प्रचण्ड, बाबुराम, के.पी ओली, माधव कुमार नेपाल जस्ता तथा कथित नेताहरुकै कारण कम्युनिष्ट आन्दोलन मात्र होइन संसदवाद, बहुसदलवाद नै संकटमा परेको छ ।
राजनीति संव्रmमणकाल देखिएको छ । राजनीति सन्तुलन र कुटनीति सन्तुलन बिग्रदै जानु, राजनीति अराजकता बढ्नुले देशमा संसदीय संकट उत्पन्न भएको छ । संसदीय व्यवसथामा संकटमा परेको बेला अमेरिका र भारतले खेलेर, संसदवादी नेताहरुलाई लोभ्याएर, फकाएर नेपालको स्वार्थलाई ध्वस्त पारेर आफ्नो प्रभाव र प्रभुत्व बढाउने काम गरिरहेको छ । यो यथास्थितिको संसदीय व्यवस्थाको प्रमुख दोष देखिएको छ । कुनै पनि राजनीति संकट आफैमा व्रmान्तिमा बदलिदैन ।
राजनीतिक कार्यनीति चाहिन्छ । नेपालमा यथास्थितिको संसदबाद कि वैज्ञानिक समाजवाद दुई मध्ये एकवाद रोज्ने अधिकार जनमत संग्रहद्धारा अविलम्व दिन खोजियो भने मात्र नेपाल र नेपालीको अस्तित्व तेजिलो बन्न जान्छ । दलाल, पूँजीवादी, संसदवादी घनघोर संकटमा परिसकेकोले यस्को विकल्प खोज्न जनमतसंग्रह, शान्तिपूर्ण संघर्ष बाहेक तत्काललाई प्रभावकारी विकल्प अर्को बन्न सक्दैन ।
मध्यावधि निर्वाचनले संसदीय व्यवस्थाको आयु बढाउन सक्दैन । संसदीय व्यवस्थामार्फत गुट, फूट, लुट ल्याइरहेको वर्तमान अवस्थामा पछिल्लो पटक विप्लव नेतृत्वको नेकपाले सारेको नाता, कार्यभर, अभियान, जनमत संग्रहको निर्णय असन्तुष्ट र आव्रmोशित नेपालीको मन शान्त पार्न राजनीतिक सन्तुलन कार्यम राख्न निकै सहायक सिद्ध हुनेछ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)