उमेर सानै तर व्यवहारले परिपक्व आठ वर्षिय आँचल रोयल पाठशाला एकेडेमीको कक्षा २ मा अध्ययनरत छात्रा हुन । कोभिड–१९ जोखिमका कारण शैक्षिक संस्थाहरु बंद भएपछि हाल उनी विद्यालयले संचालन गरेको अनलाई कक्षा मार्फत आफ्नो अध्ययनलाई निरन्तरता दिदै छिन् । उनका वुवा भोला महत्तो वयावसायी हुन भने आमा सञ्जु देवी गृहणी हुन । उनको आफ्नो घर भारतको रक्सौल भएपनि उनी सानै देखि आफ्नो मावलामै बस्दै आएकी छिन् । नेपाली भाषा सिक्ने रहरले आएकी उनी यही बस्न रुचाउनछिन् ।
एकदमै जिज्ञासु स्वाभकि छिन् । नेपाली भाषा सिक्ने उसको रहरले नै हामीले उसलाई यहाँ ल्याएका हौ । यसको त्यही जिज्ञासु स्वभावले नै गर्दा नेपाली केही नजान्ने उनी छोटो समयमै नेपाली भाषा पूरै बोल्न जान्ने भइन । उती मात्रै होईन उसलाई दिइएको कामहरु पूर्ण गर्छिन उनी । उनकी सानीआमा अञ्जलीले भनिन ।
घरमा मात्रै होई विद्यालयमा पनि सबैको प्यारी छिन आँचल । अध्ययन, खेलकद लगायत अन्य अतिरिक्त व्रिmयाकलापमा समेत सक्रिय सहभागिता रहेको छ उनको । सबै विषय सहज लाग्ने भएपनि गणित विषय आफूलाई धेरै मन पर्ने उनले बताइन । आफूसंगै बस्ने, कुराहरु भन्ने, सहयोग गर्ने भाग्य उनको मिल्ने साथी भएको र आफूलाई बुझाएर पढाउने पढाएको कुरा बुझ्यो कि बुझेन भनी सोध्ने अञ्जली म्याम आफ्नो मन पर्ने म्याम रहेको पनि उनले बताइन ।
कक्षा मै सिमत भएर अध्ययनर गर्दै गरेकी आँचल भन्छिन् विद्यालयमा गएर पढेको जस्तो अनलाई कक्षामा हुदैन तर अहिले बाहीर निस्कने माहोल नै छैन् । कोरोनाको कारण म पनि बाहीर निस्किएके छैन् । तर पनि स्कुलको धेरै याद आउँछ । स्कुलमा साथीहरुसंग खेलेको पढेको । एसेम्लीम बसको । त्यसैले छिटो स्ुकल खोलिदिए हुनेथियो । स्कुल खुलेपछि मात्रै निस्कने हो । उनले भनिन ।
आमा वुवाले राम्ररी पढ, ठूलो मान्छे बन भन्नु हुन्छ । तर मलाई मेरी सानी आमा जस्तै संचरकर्मी बन्नु छ । संचारकर्मीले समाज देशलाई सुसुचित गर्छ, हरेक कुराको बयान गर्न सक्छ । नयाँ नयाँ कुरा कुराको जानकारी सहजै लिन पाइन्छ । नयाँ मान्छेहरुसंग भेट हुन्छ । मलाई एकदमै राम्रो लाग्छ ।
आफूले पाएको गृहकार्य समयमै गर्ने र यादगर्न दिएका सबै यादगर्ने उनको बानीले गुरुगुरुआमाको पनि प्यारी छात्रामा पर्छिन उनी ।
निकै जिज्ञासु छिन उनी हरेक कुरा जान्ने उत्सुकता छ उनीमा । उनको त्यही स्वभावले पनि उनी नयाँ परिवेश र मान्छेसंग पनि सजिलै घुलमिल हुन सक्छिन् । यो उनको खुबी पनि हो । उनकी अर्की सानीआमा माधुरीले बताइन ।
उसको अध्ययनर पनि निकै राम्रो छ । अध्ययनसंगसंगै घरको काममा पनि उत्तिकै चासो राख्छिन् उनी । घरको सरसफाई, कोठाहरु मिलाई चिटिक बनाउन उसलाई कसैले भन्नु पर्दैन । उसलाई हरेक कुरा सफा चाहिन्छ । त्यसैले पनि घरका कोठाहरु मिलाउने, पानी ल्याएर राख्ने गर्छिन । त्यो बाहेक चित्र बनाउने पनि गर्छिन उनी ।