भगवान भोलेनाथ, औघड़दानी, देवहरुको पनि देव, सत्य भन्दा पनि सुन्दर, जगत् व्याप्त घटघटमा वास गर्ने महादेवको उपस्थिति यत्र तत्र सर्वत्र रहे पनि शास्त्र–पुराणहरुमा उनको पूजा–अर्चना गर्दा शिववासको जोहो गर्नु पर्दछ । यस सम्बन्धमा शास्त्रहरुमा वर्णित एउटा श्लोक द्रष्टव्य छ–तिथि च द्विगुणी कृत्वा पुनः पञ्च समन्वितम् ।
मुनिभिस्तु हरेद्भागं शेषं च शिव वासनम् । अर्थात् तिथिलाइ दुइ गुणा गर्ने अनि त्यमा पाँच जोड़ने, योगफलमा तिथिको अंकले भाग गर्ने अनि शेष आउने अंकअनुसार शिववासको निक्र्यौल गर्ने । अब शास्त्रहरुले शिववासको कुन स्थिति मै पूजन–अर्चन गर्ने–नगर्ने पनि स्पष्ट आदेश छ । जस्तै–एकेन वासे कैलाशे द्वितीये गौरिसत्रिधौ । तृतिये वृषभारूढ़ः सभायां च चतुर्थके ।। पञ्चमे भोजने चैव क्रीड़ायांं च रसात्मके । श्मसाने सप्तमं चैव शिववासः उदीरितः ।। अर्थात् एक शेष आयो भने शिवजी कैलाशमा वास, दुइ शेष आयो भने गौरीको सात्रिध्यमा वास, तीन अंक शेष आयो भने वृषमाथि आरूढ़ अवस्थामा, चार अंक शेष आएमा शिवजी सभामा, पाँच अंक शेष आएमा शिवजी भोजनमा, छव अंक शेष आएमा शिवजी त्रःीड़मा तथा सात अंक शेष आयो भने शिवजी श्मसानमा वास भएको मात्रु पर्दछ । अब विजीको कहा वास छ र पूजन अर्चन गर्न उचित हुन्छ किे हुदैन भने कुराको पनि शास्त्रमा उल्लेख रहेको छ । कैलाशे लभते सौख्यं गौ्यर्य च सुख सम्पदौ । वृषभेभीष्ट सिद्धि स्यात् सभायांतापकारकौ ।।
भोजने च भवेत् पीड़ा क्रीड़यां कष्टमेव च । श्मसाने मरणं ज्ञेय. फलमेवं विचारयेत ।। अर्थात् शिवजी कैलाशमा वास गरेको बेला, गीरीको सात्रिध्यमा रहेको बेला, वृषभमाथि आरूढ़ रहेको बेला शिवजीको पूजन अर्चन गर्दा क्रमशः सौख्य, सुख–सम्पदा तथा अभिष्ट फल प्राप्ति हुन्छ तथा सभामा रहेको बेला, भोजनको बेला, क्रीड़ारत रहदा तथा श्मसानमा वास गरेको बेला पूजन–अर्चन गर्नाले क्रमशः ताप, पीड़ा,कष्ट तथा मरणको फल प्राप्त हुन्छ । यस प्रकार शिवजीको पूजन–अर्चन गर्दा अभिष्ट सुख तथा दुःखको प्राप्ति हुन्छ, पूजन अर्चन गर्ने सावधान रहनु पर्ने देखिन्छ तर श्रावण महिनामा कुनै पनि कुराको विचार नगर्दा पनि शिवार्चनको प्रश्स्त समय रहन्छ किनकि सम्पूर्ण श्रावण महिना शिवमय रहेको हुन्छ ।
विक्रमीय पात्रो अनुसार श्रावण महिनाको आफ्नो अलगै महत्व छ । ग्रीष्म मनसुनको वर्षात् भइरहने हुनाले प्रकृतिमा चारैतिर मनोमुग्धकारी हरियाली छाएको हुन्छ । श्रावण महिनालाइ समृद्धि तथा नवसृजनको महिनाको रूपमा पनि लिन सकिन्छ । खास गरेर मदेशी समुदायमा यसै महिनामा धानको रोपाइ समाप्त प्रायः भइसकेको स्थिति रहेको हुन्छ । कृषि कामबाट पूmर्सद् पाएका किसानहरु खास गरेर आइमाइहरुले यस महिनामा विभिन्न खाले धार्मिक तथा मनोरञ्जनात्मक कार्यहरुमा रमाएका हुन्छन । यसै महिनामा आइमाइ तथा किशोरीहरुले ‘कजरी’ भन्ने पारम्परिक लोक गीत गाउदछन ।
मठ, मन्दिर तथा केही सार्वजनिक स्थलहरुमा कृष्ण चरित्र आधारित ‘भूmलन’को झांकिहरु सजाइएको हुन्छ । जसको अवलोकनकोलागि ठूलो भीड़ लाग्ने गर्दछ । सम्पूर्ण प्रकृति नै हरियो परिधानमा सजिएर झकिझकाउ भएकी हुन्छिन । यस महिनाको एउटा धार्मिक परम्परा अनुसार शुक्ल पक्षको सप्तमीको राती सृंगार सामग्रीको प्रतीकको रूपमा देवी भगवतीलाइ ‘मेहदी’ तथा सिंदूर अर्पण गरिन्छ तथा सोको प्रसाद स्वरूप प्रत्येक सधवा स्त्री, किशोरीले मेहदी धारण गर्ने गर्दछन । सोही राती आइमाइहरुले लोग्ने मान्छेको कान्छी औंलाको नङ्गमा पनि मेहदी लगाइ दिने गर्दछन । हरियो सारी, चूरा, मेहदी र माङ्गमा पहेलो वा रातो सिंदूरमा सजिए पछि गृहिणी साक्षात देवीको रूप धारण गरेको झै भान पर्द छ ।
श्रावण महिना आइमाइहरुकालागि सौभाग्यसूचकको रूपमा रहे पनि यो महिना शिवभक्तहरुकोलागि पनि अत्यन्त महत्वपूर्ण रहेको छ । श्रावण महिनाभरि सम्पूर्ण पृथ्वीलोकमा भगवान शिवको अखण्ड वास रहने भएको हुनाले श्रावण महिनामा शिवार्चन सम्बन्धि विभिन्न पूजन अर्चनको विधि व्यवस्था रहेको लोक परम्रा रहेको पाइन्छ । यसै महिनामा कावड़ यात्राको विशेष महत्व रहेको छ जसमा पूर्ण पवित्रताको साथ सकभर गंगाजीको जल बोकेर कुनै सिद्ध शिवालयसम्म लामो यात्रा गरि शिवजीको जलाभिषेक गर्ने परम्परा रहेको पाइन्छ । नेपालका विभिन्न शिवालय तथा भारतको प्रसिद्ध शिवालयसम्म पनि कांवड़ यात्रा गर्न शिवभक्तहरुको पत्रि मनोकांक्षा रहेको हुन्छ तर विगत साल देखि कोविड–१९को महाप्रकोपको कारण यो परम्परा भने मत्थर अवस्थामा रहेको देखिन्छ ।
श्रावण महिना मैं प्रत्येक सोमवारी गर्ने तथा श्रावण महिनाभरि नै शिवलिंगार्चन गर्ने परम्परा पनि रहेको पाइन्छ । शिवजीलाइ जलाभिषेक, रूद्राभिषेक, रूद्रीपाठ तथा शिव स्तवन गर्ने परम्परा पनि व्यापक रूप मै विद्यमान रहेको पाइन्छ । शिवजीलाइ जलाभिषेक तथा त्रिदल बिल्वपत्रार्पणले प्रसत्र पारेर अभिष्ट वस्तु प्राप्त गर्न सकिने धार्मिक जनविश्वास रहेको पाइन्छ । ॐ नमः शिवायः, कल्याणं कुरू देव ।।