महत्वाकांक्षी राष्ट्रिय परियोजनाको रूपमा रहेको बाराको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण काम दू्रत गतिमा बढाउन बारा र पर्साका जनप्रतिनिधि र उद्योगीहरुले आग्रह गरेका छन् ।
जनप्रतिनिधिहरुले वन फडानी र वातावरणको असरलाई बहाना बनाएर विमानस्थल निर्माणको कार्यमा अवरोध ल्याउन नहुने बताए । विमानस्थल निर्माण गर्दा त्यसको वातावरणीय असरमा पनि ध्यान पु¥याउनु पर्ने उनीहरुको भनाइ छ ।
बिमानस्थल कि वन
प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले विमानस्थल फाष्ट ट्रयाक संगसंगै बनिदिए देशकै आर्थिक अवस्था सुदृढ हुने बताए । विमानस्थल बन्नेसँगै ८ लाख रुख काट्ने कुराले वन विनास हुने सम्भावना बढेको छ, जसले गर्दा यो क्षेत्र मरुभुमिमा पर्न सक्ने खतरा समेत बढेको उनको तर्क छ । यसका लागी आसपासका क्षेत्रमा नीजि वन लगाउन विशेष पहल गर्नु पर्ने मेयर सरावगीको धारणा छ । वन कटानको व्यवस्थापनका लागी नीजि क्षेत्र मार्फत गयो भने छिट्टै कटानको पुर्ति गर्न सक्ने उनको ठम्याइ छ ।
यस्तै विमानस्थलसँगै टासिएको बाराको करैयामाई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर थारु विमानस्थल निर्माण गर्दा पर्यावरण र सिचाइँमा स्थानीयलाई मर्का पर्नु स्वभाविक भएको भन्दै क्षतिको तुलनामा फाइदा धेरै हुने अनुमान गर्छन् । विमानस्थलसँगै तयार हुने फास्टट्ूयाकको दूरीले काठमाडौं र तराईको भावनात्मक सम्बन्धलाई बढाउने तर वन विश्वासको क्षतिपूर्ति कसरी गर्ने भन्ने चिन्ता थपिएको उनको तर्क छ ।
विमानस्थलबारे उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष अशोक बैद्यले सरकारी सन्यन्त्र जस्तै वन, पर्यावरण, पर्यटन र कृषि मन्त्रालयले एउटै निर्णय गरेर ठोस रुपमा काम गर्नु पर्ने बताए । उनले भने, जसरी फास्ट ट्रायकको काम द्रत गतिमा बढिरहेको छ । त्यसै अनुसार विमानस्थलको काम पनि छिट्टै बन्नुपर्ने बताए । उनले भने एकातिर बुद्ध सर्कल र रामायण सर्कलको कुरा गर्दैछौँ अर्कोतिर ढिलो भयो भनेर ढोल पिट्दैछौँ त्यो विमानस्थलले बस्तीको विकास र एउटा नयाँ शहर बन्ने उद्योगी बैधले बताए । उनले भने, यहाँको विमानस्थलका लागी रक्सौल, बेतिया, पटना, रामघरवा, आदापुर, सुगौली, नरकटियागंजका यात्रुहरु पनि यसै विमानस्थलबाट आउन पायक पर्छ । यसकारण विमानस्थलको काम द्रुत गतिमा बढाउनु पर्ने उद्योगि बैधले तर्क गरे ।
विकासका लागी कहि न कहि पर्यावरणमा समस्या पारिरहेको हुन्छ । त्यसका लागी हामीले विकल्प रोज्नुपर्छ । वन नकाटियोस् भनेर विमानस्थल बन्नबाट रोक्न नहुने उनको सुझाव छ ।