नेपाल सरकारले गरिबिको रेखामुनी रहेका नेपालका नागरिकहरुको प्रोत्साहन स्वरुप सामाजिक सुरक्षा कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । सो प्राथमिकतामा राखे अनुसार देशका सबै भागमा योे सेवालाई अगाडी बढाइन थालेको हो ।
यो कार्यक्रमको सहयोगी भूमिकामा सरकारको नागरिक समाजको पनि समन्वय र सहयोग खोजेको छ । लक्षित वर्गलाई प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आईरहेको सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका केन्द्रिय अध्यक्ष तिलोत्तम पौडेलले पनि बताए । सामाजिक सुरक्षा सम्बन्धि नागरिक समाजका प्रतिनिधिहरुलाई पाँच दिने तालिम बाराको कलैयामा बुधबार देखि संचालन पनि गरिएको छ । कलैया नगरपालिका मार्फत सामाजिक सुरक्षा सम्बन्धी विद्यमान रहेका नीति, कार्यक्रम एवं बजेटका बारेमा प्रतिनिधिहरुलाई जानकारी पनि दिइएको पैडेलले बताए ।
आगामी दिनहरुमा सामाजिक सुरक्षा सम्बन्धी सवालहरुको गुनासो र सम्बोधन गर्न सक्ने संयन्त्रको विकास गर्ने उद्धेश्यले कार्यक्रम अगाडी बढाइएको अधिकृत सरोज आचार्यको पनि भनाइ छ । नेपालको संविधान, २०७२ को धारा ४२ को सामाजिक न्यायको हक अन्तर्गत उपधारा २ मा आर्थिक रुपले बिपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तिकरण र बिकासका लागि राज्यले पहिलो प्राथमिकता राखी काम गरिरहेकोमा सरकारको कामलाई अध्यक्ष पौडेल सकारात्मक कदम भेनका छन् ।
राज्यको सेवा सुबिधा प्राप्त गर्नमा लक्षित बर्गहरुले भोगि राखेको सेवा सुबिधाको पहँुचमा हुने समस्याहरुको सामाधानको लागि गैर सरकारी संस्थाको प्रतिनिधिहरुको भूमिका अत्यावश्यक रहने र सरकारको सहयोगिको भूमिकामा नागरिक समाज सदैव रहने कुरा कार्यक्रममा प्रष्ट पारिएको छ ।
सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र सिविसको आयोजना एवं संरक्षण नेपाल, बाराको समन्वय तथा वि सोशियल मोभमेन्ट्स, बेल्जियमको सहयोगमा संचालित तालिम कार्यक्रम संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाको अध्यक्षतामा भएको छ ।