श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथिलाइ ‘नागपञ्चमी’ भनिन्छ । धर्मप्राण हाम्रो देशमा विभिन्न महिनाको विभिन्न तिथिहरुमा नाना थरि चाड़–पर्व मनाउने तथा नानाथरिका जीव–जन्तुहरुको पूजा आजा गर्ने परम्परा चलिआएको छ । कुकुर तिहारको दिन कुकुरको, कागतिहारको दिन कागको, लक्ष्मीपूजाको दिन गाइको, लक्ष्मीपूजाको अर्को दिन गोरूको, दशैंमा ‘खिड़लीच’ चराको, बड़ा दशैंको दशमी तिथिको दिन ‘नीलकण्ठ’ चराको तथा अन्य पनि विभिन्न अवसरहरुमा अनान्य पशु–पंक्षीको पूजा गर्ने परम्परा चलि आएको छ ।
त्यस्तै श्रावण महिनाको शुक्लपक्षको पञ्चमी तिथिको दिन नागहरुको पूजा–अराधना गर्ने परम्परा समाजमा विद्यमान रहेको छ । नाग वा भनूं सर्प मानवजातिको निम्ति अत्यन्त अनिष्टकारी जीवको रूपमा रहेको मान्यता छ, विषालू सर्पले टोकेको खण्डमा उचित र त्वरित उपचारको अभाव भए मानिसको केही मिनट मै मृत्यु हुन सक्दछ । प्रत्येक वर्ष विश्वभरिमा हजारौ मानिसको सर्पदंसले मृत्यु हुने गरेको तथ्याङ्क जगजाहेर नै छ तै पनि यस्तो सर्वनाशी सर्पको पूजा–अराधना गरेर दूध–लावा अर्पण गरि उच्चासन दिएर सर्प प्रति किन भक्तिभावको प्रदर्शन गरिएको हो ? प्रबुद्ध जनमानसको मनोमस्तिष्कमा यो प्रश्न उठ्न स्वभाविक छ । यसको प्रतिउत्तरमा पर्यावरणविद्हरुले सर्प मानव जनजीवनको निम्ति प्राकृतिक मित्रको रूपमा रहेको प्रष्ट््याउदछन । हाम्रो समाजको वातावरणमा सर्पको उपस्थितिले पर्यावरण संतुलनमा सहयोग पु¥यादछ । वस्तुतः सर्प हाम्रो शत्रु मात्र न भइ हाम्रो मित्र पनि हो भने कुरा को पुष्टि पनि गर्दछन । सर्प वास्तवमा दुइ किसिमका हुन्छन–विषालू तथा विषरहित ।
वैज्ञानिकहरुका अनुसार विषालू सर्प पनि मानवका कैयन रोगहरुको निवारणमा मद्दत पु¥यादछ भने विषरहित सर्पहरुले हाम्रो घर, खेतमा उपद्रव गर्दै विभिन्न खाले क्षति पु¥याउने शत्रु किरा–फट््यांग्राहरुलाइ खाइ दिएर संकटमोचकको रूपमा पनि आफ्नो उपस्थिति दर्शाउदछ । त्यसैले होला सम्पूर्ण संसारको रक्षक तथा भक्षक भगवान महादेव शिवजीले पनि भयंकर विषधर सर्पहरुलाइ आफ्नो गला, जटा र आङ्ग–प्रत्यङ्गको गहना बनाएको दृश्यहरु तस्बिरमा देख्न सकिन्छ । फण काढ़ेर फुत्कार्दै गरेको अजङ्गको सर्पलाइ हेर्दैमा मानिस भयानक रूपमा त्रसित भइ चैतन्यता गुमाउने गर्दछ र पनि हाम्रा बुढ़ा–पाकाहरुले यस्ता सर्पहरुको पूजा–अराधनाको थालनी किन गरेका होलान् भने शंका उब्जन सक्दछ, तशर्थ सर्पको उत्पति र उनीहरुको क्रिया–कलाप बारे शास्त्रहरुमा वर्णित अत्यन्त रोचक कथाहरुको अध्ययन–अनुशिलन आवश्यक रहेको कुरा आवश्यक ठानि केही रोचक कथाहरु प्रस्तुत गरिएका छन ।
नागहरुको उत्पत्ति कसरी भयो भने कुतुहलतालाइ साम्य पार्नकोलागि महाभारतको आदिपर्व मै एउटा रोचक तथा विस्तिृत कथा उल्ल्ेखित रहेकोछ–आफ्नो बुवाको मुखबाट सुनेको कथा सुनाउदै उग्रश्रवाले भने–सत्ययुगमा दक्षप्रजापतिकी दुइवटी कन्याहरु थिए–कद्रू र वीनता । उनीहरुको विवाह कश्यप ऋषिसित भयो । एक दिन हास्य–परिहास र स्त्री–विलाशको बेला आफ्नी धर्मपत्निीहरुसित प्रसत्र भएर उनले भने–तिमीहरुले मलाइ अत्यन्त प्रसत्र पा¥यौ, त्यसैले तिमीहरुको जे इच्छा छ त्यो वर माग । कद्रूले भनिन–एक हजार समान तेजस्वी नागहरु मेरा पुत्र होउन । वीनताले भनिन–तेज, शरीर र बल–विक्रममा कद्रू पुत्रहरुसित श्रेष्ठ केवल दुइवटा पुत्रहरु मात्र मलाइ प्राप्त होउन । कश्यज ऋषिले ‘एवमस्त’ु भने । दुबै प्रसत्र भए । सावधानीसित गर्भको रक्षा गर्ने आज्ञा दिएर कश्यप ऋषि वनमा तपस्या गर्न गइ हाले । उचित समय आए पछि आफ्नो गर्भबाट कद्रूले एक हजारवटा फुल तथा वीनताले दुइवटा फुल पारिन ।
पाँचसय वर्ष पछि कद्रूको फूलहरुबाट एक हजार नागहरु बाहिर निस्किे तर वीनताको फुलबाट बच्चा निस्केन । यस घटनाले वीनता लज्जित भएर उताउलो भइ एउटा फुल स्वयंले फुटालिन । त्यस अपरिपक्व फुबाट एउटा बच्चा त निस्कियो तर उसको आधि जीउ परिपक्व भइसकेको थियो तथा आधि जीउ अधुरै थियो । त्यो बच्चा फुलबाट अधुरो शरीरको साथ निस्केको देखेर आमासित रिसाएर शाप दियो–आमा ! तपाइले हतार हतारमा फुलबाट मलाइ अधकल्चो आङ्गका साथ झिक्नु भयो ।
त्यसको दण्ड स्वरूप तपाइ सौतेनी आमाको दासी भएर बस्नु पर्छ । यस शापको साथै उसले आमालाइ चेतावनी पनि दियो–हतार न गरेर अर्को फुलको रक्षा गर्दै बस्नु, उचित समयमा त्यस फुलबाट निस्केको बच्चाले तपाइलाइ दासत्वबाट मुक्ति दिलाउनेछ । यति भनेर तत्काल अन्तरिक्षमा उड़ेर गइ सूर्य भगवानको सारथि हुन पुग्यो । उसको नाम थियो–अरूण । सूर्योदय कालमा पूर्वी क्षितिजमा फैलिने रातो आभा अरूण कै हो भन्ने धार्मिक विश्वास रहेकोछ । कद्रू र वीनताको सन्तानहरु बीचको शत्रुता त्यसै बेला देखि आरम्भ भएको हो ।
सर्पहरुको कथा बडो विस्तृत रूपमा रहेको छ । जरत्कारू ऋषि तथा जरत्कारू नै नाम भएकी नाग कन्याबाट आस्तिक ऋषिको जन्म भएको थियो । ऋषिको शापको कारण तक्षक नामक नागको डसाइबाट राजा परीक्षितको मृत्यु भएको कारणले सो को बदला लिनको निम्ति उनको जन्मेजय नामक छोराले सर्पयज्ञको विशाल आयोजना गरेर संसारभरिका नागहरुलाइ हवनकुण्डमा होमी मार्न लागेको बेला सोहि आस्तिक ऋषिको प्रभावले सर्पयज्ञ बन्द भएको थियो र केही सर्पहरु मारिनबाट जोगिएका थिए ।
आस्तिकको त्यसै कृत्यको पारितोषिकको रूपमा बमचेका सर्पहरुले वरदान दिएका थिए–असितं चार्तिमन्तं च सुनीथं चापि यः स्मरेत् । दिवा वा यदि वा रात्रौ नास्य सर्पभयं भवेत् ।।(जो कोहीले असित, आर्तिमान र सुनीथ मन्त्र दिन वा रात्रीको समयमा स्मरण गर्नेछ उसलाइ सर्प भय हुने छैन ।) ती मन्त्रहरु क्रमशः यस प्रकारका छन–(१) यो जरत्कारूणा जातो जरत्कारौ महायशाः । आस्तिक सर्पसत्रे वः पत्रगान् योऽभ्यरक्षत । तं स्मरन्तं महाभागा न मां हिंसितुमर्हथ ।। (२) सर्पापसर्प भद्रं ते गच्छ सर्प महाविष । जनमेजयस्य यज्ञान्ते आस्तिवचनं स्मर ।। (३) आस्तिकस्य वचः श्रुत्वा यः सर्पो निवर्तते । शतधा भिद्यते मूघ्र्निं शिंशवृक्षफलं यथा ।।
सोही घटनाको स्मरणमा कदाचित नाग पञ्चमीको दिन शत्रु सर्पहरुलाइ पनि आदरका साथ दूध–लावा अर्पण गरि सत्कार गरेर घरको पर्खालमा गाइको गोबर, सस्र्यू र वालूवाले नागहरुको आकृति बनाइ सो मन्त्रहरु मध्ये कुनै एक मन्त्र कागतमा लेखेर नागहरुलाइ सो दिन र वचनको स्मरण गराइन्छ ।