पछिल्लो समय वनबिनास हुने क्रम बढ्दो छ । चुलोमा खाना पकाउनदेखी मानिस अन्तिम संस्कार सम्मका लागी वनको प्रयोग हुन्छ ।
यसका अलावा दिनानुदिन बढ्दो जनघनत्वसंगै समाजमा हर किसिमका भौतिक संरचना निर्माण, बिषेश पुजापाठ, काजक्रिया, साजसज्जा आदिमा काठदाउराको उपयोग बढिरहेको छ । विशेषतः अन्य कार्यका लागि विकल्प रोजीसकेको समाजले दाहसंस्कार कर्मकमा विकल्प नरोजेका कारण पनि वन विनाश बढेको पाइन्छ । धर्मसंस्कार अनुसार एउटा मानिसको मृत्यु पछी गरीने दाहसंस्कारमा ५ देखी ६ क्विण्टलसम्म दाउरा खपत हुन्छ तर निःशुल्क पाइने भएपछी एउटा शव जलाउन पनि मानिसहरुले कम्तीमा ९ देखि १० क्विण्टल सम्म दाउरा लैजाने गरेको सामुदायिक वनका अगुवाहरु बताउँछन् ।
बाराको जितपुरसिमरा उपमहानगरपालीका भित्र मात्रै दैनिक झण्डै ५० देखी १ सय क्विण्टलसम्म दाउरा दाहसंस्कारकै लागी खपत हुने गरेको छ । यो माग बाराका उत्तरी भेगका सामुदायिक तथा साझेदारी बन समीतिहरुले पुर्ती गर्ने गरेका छन् । एउटा सामुदायिक बनले हरेक बर्ष ३ सय क्विण्टलसम्म काठदाउरा दाहसंस्कारका लागी मात्रै निशुल्क उपलब्ध गराउने गरेको छ ।
समाजका अन्य अत्यावस्यक कार्यका लागी ढलेपडेका रुख तथा मसिना दाउराहरु २ रुपैया प्रतिकिलोमा दिने गरेको सिमरास्थित थानिमाई सामुदायिक वन उपभोक्ता समितिले २०५६ सालदेखी साधारणसभाबाटै अन्तिम संस्कारका लागी निशुल्क दाउरा दिने निर्णय गरेको थियो । त्यस यता हरेक बर्ष ५ सय क्विण्टल सम्म दाउरा दाहसंस्कार कर्मकै लागी छुट्याउने गरीएको समितिका अध्यक्ष माधवप्रसाद त्रिपाठीले जानकारी दिए ।
४ वटा सामुदायिक बनको नेतृत्व गर्ने जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रोठले बार्षिक एउटा सामुदायिक बनले ५ क्विन्टल दाउरा बराबरका ५ देखी ७ चट्टा काठ दाउरा दाहसंस्कारका लागी मात्रै छुट्याएर राख्ने गरेको बताए । एकातिर वृक्षारोपण एवं वन संरक्षणको लागी लाखौ करोडौ खर्च गर्ने अर्कोतिर धमाधम स्टक राख्नकै लागी वन फडानी गर्ने प्रवृतीले भावि दिनमा वन संरक्षण नै चुनौतीको बिषय हुने श्रेष्ठको ठम्याई छ । श्रेष्ठका अनुसार अहिले नै दाउराको बिकल्प नसोचे भावि दिनमा काचै रुख काटेर पनि दाहसंस्कार कार्य गर्नुपर्ने हुन्छ । अव पनि दाउराको बिकल्प नखोज्ने हो भने वन सखाप हुन समय लाग्दैन । क्षिण हुदै गएको बन जोगाउन र अभाव पुर्तीका लागी हरेक पाटोमा बिकल्प अपनाउन थालीसकिएको छ ।
भान्सामा खाना पकाउन दाउराको साटो गोबर ग्यास अनि ग्यास सिलिण्डरहरु बिकल्पका रुपमा भित्रिएका छन् भने फर्निचर एवं साजसज्जामा फलाम तथा आल्मुनियमहरुले काठको स्थान लिईरहेका छन् । हरेक पाटोमा आधुनिकिकरण अपनाउदै आईरहदा दाहसंस्कारका लागी पनि दाउराको बिकल्प आईसकेको छ । यसको एक उदाहरण राजधानि काठमाण्डौको पशुपती आर्याघाटस्थित बिद्युतीय शवदाह गृह हो । जनघनत्व बढि भएको ठाउमा बिद्युतीय शव दाह गृह स्थापना गर्न सकिने प्राविधिकहरुले बताईरहेका छन् । यसका लागी उचित पहल र सकारात्मक सोचको आवश्यकता हुन्छ ।
बिद्युतीय शवदाह गृहको फाइदा पनि निक्कै छन् । बिद्युतीय शवदाह गृहको पहिलो फाईदा भनेकै वनपैदावारको संरक्षणमा टेवा पुग्नु हो । ब्यस्त जिवनशैलीका बावजुत शवदाहमा ४ देखी ६ घण्टाको प्रक्रिया छोटो हुन आउछ र समयको बचत हुन्छ । बिषेशतः महानगर एवं उपमहानगरपालीकाहरुमा जनसंख्या बृद्धिद्धर ह्वात्तै बढेको छ । यससंगै बढेको वातावरण प्रदुषण नौलो बिषय होईन । शवदाहका कारण नदिनाला छेउछाउका बस्तिहरुमा हुने वायु प्रदुषणलाई रोक्न पनि बिद्युतीय शवदाह गृह प्रभावकारी हुने देखीन्छ ।
शवदाह पश्चात बचेका काठदाउरा लगाएतका मानवअंश समेत खोलाकै पानीमा मिसाउन नपर्दा खोला संरक्षणलाई अर्को फाईदाको रुपमा लिन सकिन्छ । त्यसैले पनि परिवर्तीत समाजमा धर्म संस्कारलाई यथावत् राख्दै पक्रियाको आधुनिकिकरणमा जानुपर्ने आवश्यकता देखिन्छ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)