भmट्ट हेर्दा गम्भिर देखिने तर चञ्चले स्वभाव भएका अनमोल मेहेता वुवा रामप्रवेश कुशवाहा र आमा अनु मेहेताका पहिलो सन्तान हुन । उमेरले एघार टेकेका अनमोल वीरगंज पाठशाला एकेडेमीको कक्षा पाँच अध्ययनरत छात्र थिए । तर अब उनी काम्बरी एकेडेमीमा नयाँ भर्नाका लागि प्रबेश परीक्षा दिएर बसेका छन् । उनकी एक बहिनी पनि छिन । बहिनी श्रेया मेहेता वीरगंज पाठशाला को एल. के .जी. मा अध्ययनरत छिन् । हजुरवुवा, वुवा, आमा, बहिनी र आफु सहित पाँच जनाको सानो परिवार छ उनको ।
खेल्न बढी रुचाउने भएपनि अध्ययनमा पनि निकै अब्बल रहेका बताउँछिन उनकी आमा अनु । उनी भन्छिन, ‘आफै पढ्न बस्दैन पढ्न बस भन्नु पर्छ तर पनि उसले पढेका कुरा एकै छिनमा याद गर्छ र लामो समयसम्म पनि उसलाई स्मरण रहीरहन्छ । उसका शिक्षकहरुले पनि पढाइ राम्रो छ भन्नु हुन्छ । पढाइ संगसंगै गित गाउँन, नाच्न र चित्र बनाउनमा पनि माहिर छन उनी । यी सबै मध्य बढी डान्स गर्न मनपर्ने उनी बताउँछन् । विद्यालयमा हुने सांगितीक तथा साँस्कृतिक कार्यक्रमहरुमा पनि सहभागि हुने गरेको उनको भनाईछ ।
कोभिड–१९ को दोस्रो लहर सुरु भएपछि पुन विद्यालय बन्द भयो र अनलाईन मार्फत अध्यापन सुरु भयो तर उनी सहभागि हुन पाएनन् । कारण थियो उनकी आमा अनु पनि कोभिड पोजेटीभ भइन । यसका कारण अनमोल र उनकी बहिनी श्रेयालाई उनका मामाघर पर्सा जिल्लाको धोरे लगरेर राखियो । ममीलाई कारोना भएपछि हामी मामाघर गयौ । त्यहाँ इन्टरनेट पनि थिएन । न त ममीलाई हेर्न पाइन्थ्यो न त पढ्ननै । उनले निकै भावुक भावमा भने ।
म त बाँच्दिन कि जस्तै लागेको थियो तर अहिले शकुशल छु । कोभिड वास्तवमा मजाक होईन हामीले यसलाई गम्भिर रुपमा लिनु पर्छ । त्यसैले पनि मैले मेरो बच्चाहरुलाई बहिर निस्कन दिएको छैन । होम ट्यूसन राखिदिएका छौ । आमा अनुले भनिन ।
पढाइमा अब्बल रहेकोले अनमोललाई डाक्टर पढाउने सोच उनका आमा वुवाको छ । त्यही सोच अनमोलको पनि लक्ष्य बनेको छ । उनी भन्छन् । बाबा आमाले डाक्टर पढाउने भन्नु भएको छ मेरो पनि रहर छ डाक्टर बनेर सेतो कोट लगाउने र बिरामीको उपचारमा खटिने ।
खानामा माछा, मासु बढी रुचाउने अनमोललाई तितो हुने तिते कलेला मनपर्दैन । लकडाउनका कारण विद्यालय बन्द भएकाले दिनभरी घरमै रहने हुँदा घरको काममा आमालाई सघाउने राम्रो बानी छ उनको ।
अनमोलकी आमा अनु सामुदायिक विद्यालयकी लेखापाल हुन भने वुवा इलेक्ट्रिकल इन्जिनियर हुन । अहिले वेस बनाउनका लागि निजी विद्यालयमा राखेको पछि कक्षा आठ देखि अनमोललाई सामुदायिक विद्यालयमै पढाउने योजना रहेको उनकी आमा अनुले बताइन ।