पिता टंक प्रसाद लम्साल अनि माता हेम कुमारी लम्सालको आठौ संतान मध्ये जेष्ठ संतानका रुपमा २०२६ शाल श्रावण ८ गते धादिङ्गको विकट मानिएको गाँउ ज्यामरुङ्गमा जन्मनु भएका डा. नवराज लम्साल कवि तथा सञ्चारकर्मी हुन् । नेपाली भाषा साहित्य तथा पत्रकारीताको क्षेत्रमा प्रखर व्याक्तित्व लम्सालका कर्ण, धरा र अग्नि शीर्षकका ३ महाकाव्यसहित कविता र गीतका ८ पुस्तक प्रकाशित छन् । नेपाली आधुनिक तथा चलचित्रको गीतलेखनमा पनि उनको ठूलो योगदान छ । बीबीसी नेपाली सेवामा कलासाहित्य सम्वाददाताका रुपमा लामो समय योगदान गरेका डा. लम्साल विगत २८ वर्षदेखि रेडियो नेपालमा कार्यरत छन् । हजारौ अभाव र समस्यासँग पौठेजोरी खेल्दै २०५१ सालमा रेडियो नेपाल प्रवेश गरेका थिए । लम्साल लोकपृय कार्यक्रम “मधुवन”मार्फत लाखौ श्रोताको मन मुटुमा बसेका उनी हाल रेडियो नेपालको समाचार महाशाखा प्रमुख हुन् । कवितामा देश, संस्कृति, भूगोल र जनता खोज्न र त्यही खोजीमा समयको स्वर टिप्न खप्पिस मानिएका लम्साल केही दिनअघि वीरगन्ज आएका थिए । सोही अवसरमा मध्यनेपाल संदेशकी गीता भण्डारीले डा. नवराज लम्साल गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश :-
१) अहिले केमा व्यस्त हुनुहुन्छ ?
तेस्रो महाकाव्य ‘अग्नि’ बजार पठाउने तयारीमा छु । कर्ण र धरापछिको प्रकाशन हो यो । यो महाकाव्यको कथासँग खेल्न थालेको २० वर्ष भयो । यसमा मेरा धेरै सपना छन् । लाग्छ यो समयको स्वर हो र सबैलाई सुनाउनु छ । अब केही समय म अग्निकै वरिपरि हुनेछु ।
२) के छ अग्निमा ?
अग्निमा धेरै कुरा छन् । कर्ण र धराभन्दा फरक छ यो । तर देशको मूल मियोमा उभिएको सीमान्तकृत कथा छ यसमा । कथा छ, समाज छ, संस्कृतिको पुनव्र्याख्या छ, त्यो भन्दा बढी एउटा तन्नेरीले आरनमा बसेर हेरेको देश छ । सबै कुरा नखोलूँ पाठकका हातमा किताब परेपछि खास बहस गरौँला । यत्तिचाहिँ भनूँ यो समयले खोजेको मूल काव्यिक विमर्शको एउटा गतिलो पाटो हुनेछ ।
३) साहित्यले समाज परिवर्तन गर्न अहम् भूमिका खेलेको हुन्छ भनिन्छ । तर अन्यको तुलनामा साहित्यकर्मीहरू पर्दा पछाडि सीमित हुनुको कारण के हो ?
नीजि जीवनका कुन्ठा, आक्रोश र आवेग लेखेर बाँच्नेहरुको कुरा जान्दिनँ । जहाँसम्म आवाजहीनहरुको आवाज लेख्ने कुरा छ । देश, समय र जनता लेख्ने कुरा छ, ती विषयमा रम्ने र रमाउने स्रष्टाहरू जनताको मन–मनमा छन् । बाँचेकै छन् । यदि तपाईँले आर्थिक पाटोको कुरा गर्नु भएको हो भने कविभन्दा कविका धेरै पाठकहरू गरीब छन् । तिनीहरू अभावमा छन्, अवसरबाट बञ्चित छन् । महाभारतकै कर्ण जस्तो तिनको नियति छ आज पनि । तिनका बारेमा लेखेर राष्ट्रलाई ब्युँझाऊँ अनि हामी धनी हुने कुरा गरौँला । सुखी र सम्पन्न हुने कुरा गरौँला ।
४) सृजना के हो ? सृजना कस्तो हुनुपर्छ ? नेपालमा कला साहित्य क्षेत्रमा भविष्य छ ?
सिर्जना के हो के होइन ? यो ठूलो बहसको कुरो हो । यसको सैद्धान्तिक र व्यावहारिक पाटामा धेरै बहसको अझै खाँचो छ । जहाँसम्म भविष्यको कुरा छ, त्यो आफैँले बनाउने कुरा हो । कसैले पिच बाटो बनाइदेला र कविता नामको गाडी गुडाउँला भनेर हुन्छ र ? आफू हिँड्ने बाटो आफैँ बनाउने हो । अग्रज पुस्ताले निर्माण गरेको साहित्यिक पथलाई अझ चौडा पारेर आफैँ अघि बढ्ने हो । राज्यले जनतालाई यथेष्ट नून पानी पु¥याउन सकेको छैन । कविलाई के बाँड्दै हिँडोस् ? के भष्विय बनाइदेओस् । त्यो आफैँले बनाउने हो र आफैँले आकर्षित गर्ने हो तिनको ध्यान । नपढी नहुने किताब लेखूँ त ? नपढी सुख हुन्छ ? चिन्ता, गाली र सराप लेखेर बस्ने अनि कसरी फस्टाउँछ चिन्तन र कसरी खुल्छ चैतन्य ?
५) साहित्यमा राजनीतिको प्रभाव कस्तो छ ? राजनीति र साहित्य बिचको सम्बन्ध तादात्म्य कस्तो हुनुपर्छ ?
राजनीति नबुझेको व्यक्ति साहित्यकार हुनै सक्तैन । राजनीति समाजको हरकोणमा छ । समाज र राजनीति एक अर्काका पूरक हुन् र ती दुवैको बोधबाट निस्कने चिन्तनको अमृत हो साहित्य । कसैले म त साहित्यकार हुँ राजनीतिको मलतब छैन भन्यो भने सोच्नुस् कि ऊ ढाँटी रहेछ कि अज्ञानी हो । राजनीति, राजनीतिले दिने प्रभाव, राजनीतिसँगै मिसिएर आएकोे धोकाधडी पनि र युगीन उपलब्धी पनि छन् । यी सबै मिसिएर बनेको छ समाज । यही समाज लेख्ने हो । लेख्नुको लेखकीय स्वतन्त्रता पनि राजनीतिबाट प्राप्त उपलब्धी हो । राजनीतिलाई केवल भोट र दल खोल्ने अधिकारभन्दा माथि राख्नुपर्छ र त्यही अनुरुप बुझ्नु पनि पर्छ । यही बुझाई साहित्यको जग हो ।
६) यहाँका कर्ण र धरा महाकाव्यपछि अग्निको व्यग्र प्रतिक्षा गरिएको छ । अन्य थुप्रै कृति प्रकाशित पनि छन् । कुशल सञ्चारकर्मी समेत हुन्हुन्छ । गाउँ बस्ती पुगिरहनुभएको हुन्छ ? समय व्यवस्थापन कसरी गर्न सक्नु हुन्छ ?
सञ्चार र साहित्य नै मेरो सन्सार हो । यही कर्ममा निरन्तर छु । यस वाहेक नीजि शौख केही छैन । समय काट्ने र कटाउने अन्य गोरखधन्दा केही गर्दिनँ । कतिले व्यसन÷दुव्र्यसनमा बिताएको समयको मात्रै सदुपयोग गर्ने हो भने धेरै नै गर्न सकिन्छ । जहाँसम्म समय पुग नपुगको कुरा छ, त्यो व्यक्तिको इच्छामा भर पर्ने कुरा हो । करकापमा गरिने कुरा के हो जान्दिनँ । तर अन्तर इच्छा र चेतना निर्देशित कामका लागि समय कहिल्यै कम हुँदैन ।
७) समाज रुपान्तरणमा साहित्यको भुमिका कस्तो छ ? र कस्तो हुनुपर्छ ?
यो मूल विषय हो । स्रष्टा सधैँ अग्रगामी हुन्छ । ऊ परिवर्तन र रूपान्तरणको संवाहक हो । त्यो परिवर्तन चेतनासहितको सार्थक र परिणामपूर्ण हुनुपर्छ । दुनियाँले देखेभन्दा फरक र सिर्जनशील हेराइले मात्र स्रष्टा ‘स्रष्टा’ हुन्छ । स्रष्टा द्रष्टा पनि हो र त्यो दृष्टि समाजको मूलमा पुग्नुपर्छ । जातका समस्या, धर्मका समस्या, शोषण र अन्याय हेरेर सुन्दरीको वर्णन र फूलको वयानले समाजलाई केही दिन्न ।
८) साहित्यमा परिमाणत्मक कलम बढी चलेको देखिए पनि गुणात्मक फड्को मारेको छैन भनिन्छ नि ?
कतिपय कुरा साहित्यकारको सोचाइको स्तरमा भरपर्छ । सबै स्रष्टा युगीन चेतनाले लेख्ने नै हुन्छ भन्ने छैन । कोही रहर र कोही अन्तरबोधले लेख्छन् । लेख्दै नलेख्नुभन्दा लेख्नु वेश । लेख्नैका लागि लेख्नुभन्दा राम्रो लेख्नु वेश । मलाई थाहा छ, मकैबारीका सबै बोटमा समान घोगा लाग्दैन । घोगा सानु भयो भनेर मकै होइन त कसरी भन्नु र ? एक सिजनमा खडेरी प¥यो भने पनि अर्को सिजनमा राम्रो घोगा लाग्ला नि ।
९) नेपाल बाहिर सृजना गरिने साहित्यले नेपाली मुलधारको साहित्यमा कस्तो प्रभाव पारेका छन् ?
कसैले जब देश छोड्छ उसलाई देशको माया झन् बढी लाग्छ । विदेश गएका वाध्यताले गएकाहरू धेरै छन् । प्रवासमा रहेर तिनले सम्झेको देश, संस्कृति र नेपालीपन उच्च छ । तिनको कोशिश पनि सुन्दर छ र चाहना पनि सुन्दर छ । तर कतिपयको लेखाइ अझै माझिन बाँकी छ । समयले माझ्दै लैजाला शायद । तिनलाई राम्रा साहित्यकारहरूको संगतको अभाव छ ।
१०) साहित्यको आडमा राजनीति गर्नेलाई के भन्नू हुन्छ ?
लेखेरै उठ्न नसक्नेहरू झन्डा टेकेर उठ्छन् । विश्वास राख्नुस् टेको खुस्केको दिन ती सुकेका रूख हुनेछन् । राजनीतिक आस्था हुनसक्छ, विश्वास हुन सक्छ । दलीय राजनीतिमा सरिक हुन पनि सकिन्छ । तर तिनै दलका घोषणापत्र लेखेर कोही जनताका लेखक हुँदैनन् । वीपीलाई हेर्नुस् उनको राजनैतिक चेतना लेखाइमा छ । तर दलको गनगन र झन्डाको छाया छैन । यही उदाहरण काफी भएन र ?
११) मानवीय जीवनमा साहित्यले कस्तो भुमिका खेलेको हुन्छ ? के जीवनको भोगाइ र लेखाइले मानवीय चालचलनमा परिवर्तन ल्याएको छ ?
ल्याउनुपर्छ । आदर्श लेख्ने र बोल्ने तर जीवन आदर्श रहित हुने हो भने लेख्नुको अर्थ छैन । राम्रो मानवीय चालचलनको वकालत गर्नेहरूको जीवन पनि आदर्शै हुनुपर्छ । त्यो अलि कम देखिन्छ । अन्त्यमा भन्नै पर्ने, अहिलेका नवलेखक युवाले सुन्नै पर्ने कुरा जो नवराज लम्सालले बोल्नु पर्छभन्दा यहाँले के बोल्नु हुन्छ ? म त खुला किताब हुँ । सुदूर बस्तीबाट शहर पसेको र कर्म र पसिनाले नुहाउँदै आएको पात्र हुँ ।
ठूलो महत्वाकाँक्षा पनि छैन र ठूलो लेखक हुँ भन्ने भ्रम पनि छैन । म जे बोल्छु त्यही लेख्छु, जे बोल्छु र लेख्छु त्यस्तै–त्यस्तै व्यवहार पनि गर्छु । यो मेरो कुरो हो । अरू पनि मैजस्तो हुनुपर्छ भन्ने के छ र ? यत्ति चाहिँ भन्छु दुइटा मान्छे हुने कोशिश नगरौँ । जे हो त्यही बनूँ, त्यस्तै बनूँ । धरामा भनेको छु –
‘बाबाको भोग हो देश, आमाको सिउँदो यही
मेरै मुहार हो देश, म जस्तो देखियूँ सही ।’
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)