नेपाल तरुण दलका कार्यवाहक अध्यक्ष जन्मजय तिमल्सीनाले कम्युनिष्टलाई जनताले दिएको झण्डै दुई तिहाई मतको कदर गर्न नसक्दा नेपाली काग्रेसलाई अवसर प्राप्त भएको बताएका छन् ।
रौतहट क्षेत्र नम्बर ४ का सांसद देव प्रसाद तिमल्सीनाकि धर्मपत्नीको श्रद्धाञ्जली सभामा सहभागी भई काठमाण्डौ फर्कने क्रममा तरुण दल बाराका कार्यकर्ताहरुसंग सिमरामा भेटघाट गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
नेपाली काँग्रेसका महासमिति सदस्य एवम् नेपाली काँग्रेस संगठन विभागका केन्द्रीय सदस्य समेत रहेका तिमिल्सीनाले कम्युनिष्टको नेतृत्व नेपाली जनताले नरुचाएको र उनिहरु अब सधैँका लागि पलाएन हुने अवस्थामा पुगेको उनको भनाई थियो ।
ईतिहासका हरेक कालखण्डमा देश र जनता संकटमा रहेका बेला कााग्रेसले सम्हाल्दै आएको भन्दै उनले शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकारले जनअपेक्षा र जनभावना बुझेर काम गर्दै जाने बताए ।
कुलमान घिसिङको पुनर्वाहाली, राष्ट्रपती कार्यालय मातहत लगिएको प्रहरी तालिम केन्द् फिर्ता जस्ता निर्णयले त्यसको सुरुवात गरिसकेको नेता तिमल्सीनाले बताए ।
भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै तिमल्सीनाले तरुण दल तथा सदस्यका कुनै पनि समस्या समाधानका लागी आफू हरेक समय तयार रहेको बताए । भेटघाटमा तरुण दल बाराका कार्यकर्ताहरुले बिभिन्न बिषयमा रहेका समस्याहरुबारे अवगत गराएका थिए ।
जिल्ला तथा स्थानिय तहमा देखीएका समस्याहरुलाई आफूले केन्द्रमा उठाउने तिमिल्सिनाले प्रतिवद्धता समेत व्यक्त गरे । उनले अन्य पार्टिहरुले वर्तमान सरकारलाई थर्काउन तथा कामकारबाहीमा हस्तक्षेप गर्न बनाइरहेको संगठनहरुबाट वर्तमान सरकारलाई कुनै किसिमको बाधा नपर्ने समेत दावी गरे ।
त्यसैगरी उनले आपसी विवादमा नपरी पार्टिलाई बलियो बनाएर अगाडी बढ्न सबैमा आग्रह गरे । कार्यकर्ता भेटघाट कार्यक्रममा तरुण दल बाराका अध्यक्ष लोकेश सिंह, प्रदेश नं. २ की प्रदेश सभा सदस्य शोभा लामा, नेपाल विद्यार्थी संघ प्रदेश नं. २ की अध्यक्ष रिता रिजाल तरुण दल बाराका क्षेत्रीय सभापति राजकिशोर साह लगायत नेपाली काँग्रेसका नेता–कार्यकर्ताहरुको उपस्थितीमा भेटघाट कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण सुशिल ढोडारीले गरेका थिए ।