पर्सामा यो वर्ष ४७ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र पर्साले अनुमान गरेको समय अगावै धान रोपाई सम्पन्न भएको हो ।
बिउ राख्ने समयदेखि नै लगातार पानी परेको कारण अपेक्षा गरेभन्दा अगावै धान रोपाई सम्पन्न भएको ज्ञान केन्द्रले जनाएको छ । कृषिवालीका लागि कुल ५६ हजार हेक्टर क्षेत्रफल जग्गा उपयुक्त रहे अनुसार धान खेती मात्र यो बर्ष ४७ हजार ५० हेक्टरमा धान रोपाई भएको ज्ञान केन्द्रले जनाएको छ । गत वर्षभन्दा ७० हेक्टर क्षेत्रफलमा बढि धान रोपाई भएको कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेश प्रसाद चौरसिया बताए । गत वर्ष किसानहरुले उख्खु खेती गरेको भए पनि यस वर्ष समयमै पानी परेका कारण किसानले धान खेती नै बढि गरेको बाली विकास अधिकृत चौरसियाको भनाइ छ । त्यसले पनि यो वर्ष धान खेती बढेको उनको भनाइ छ ।
गत वर्ष ३ हजार ५ सय हेक्टर क्षेत्रफलमा ५.१ प्रति हेक्टरको दरले १७ हजार ८ सय ५० मैट्रिक टन धान उत्पादन भएको थियो । तर यो वर्ष समयमै पानी परेको र किसानले आवश्यक पर्ने मल, खाद्य पनि सहजै पाएकोले गत वर्षको तुलनामा यो वर्ष ९ सय ६५ मैट्रिक टन चैते धान बढि उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । यो वर्ष ५्.३ प्रति हेक्टरको दरले १८ हजार ८ सय १५ मैट्रिक टन चैते धान उत्पादन हुने अनुमान गरिएको छ बाली विकास अधिकृत चौरसियाले पनि बताए ।
गत वर्षभन्दा यो वर्ष १० हेक्टर क्षेत्रफल बढिमा भदैया र अगहनी धानको खेती भएको छ । गत वर्ष ८ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा भदैया र ३ हजार ५ सय हेक्टर क्षेत्रफलमा अगहनी धानको खेती भएको थियो । यो वर्ष बढेर ८ हजार ५ सय ६० भदैया र ३५ हजार हेक्टर क्षेत्रफलमा अगहनी धानको खेती भएको जिल्ला कृषि ज्ञान केन्द्र पर्साको तथ्याँकमा देखाइएको छ ।
बिउ छरिएकै बेला वर्षाका आएकोले बाढीले बिउ गलााएपछि यो वर्ष अझै १० प्रतिशत धान खेती रोपाई हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष ५ सय ६० हेक्टर क्षेत्रफलमा ४.८ प्रति हेक्टरको दरले २ हजार ६ सय ८८ मैट्रिक टन हिउँदे मकै उत्पादन भएको थियो भने ३ सय हेक्टर क्षेत्रफलमा ३.५ प्रति हेक्टरको दरले १ हजार ५० मैट्रिक टन बसन्ते मकै उत्पादन भएको थियो ।
यस्तै, ४ हजार ५० हेक्टर क्षेत्रफलमा ३.६ प्रति हेक्टरको दरले १४ हजार ५ सय ८० मैट्रिक टन बर्षे मकै पनि उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ । यस्तै गत वर्ष २६ हजार ५० हेक्टर क्षेत्रफलमा गरिएको गहुँ खेतीमा प्रतिहेक्टर ३.०३ को दरले ८५ हजार ९ सय ६५ मैट्रिक टन गहुँ उत्पादन भएको पनि कृषि ज्ञान कृेन्द्रको तथ्याँकमा उल्लेख गरिएको छ ।
कृषि ज्ञान केन्द्रले समयमै पानी परेको र किसानले सहजै मल, खाद्य पाएकोले गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको बताएको छ । तर किसान भने मल, खाद्य र किटनाशक औषधी नपाएर उत्पादन घट्ने चिन्ता रहेको तर्क गर्छन् । पर्साको बहुदरमाई नगरपालिका वडा नं. ७ भौराटारका स्थानीय किसान चतुरी महतोले सरकारको पहलमा सस्तो, सुलभ तरिकाले गुणस्तरीय बिउ, बिजन, खाद्य मल, रसायनिक मल पाएको सुने पनि हालसम्म खेतीको लागि सरकरको एक पैसाको पनि सहुलियत नलिएको दावी गर्छन् ।
आफू बर्षेनी १५ कठ्ठा धान खेती गर्दै आए पनि एक पैसाको पनि सरकारी सुविधा नपाएको उनले तर्क गरे । ‘‘गाउँघरमा घुमेर नेताको अघिपछि घुम्ने, व्यक्तिलाई सरकारी अधिकारीले किसान बनाउने गरेकोले पनि वास्तविक किसान सुविधाको मल विउ नपाई छटपटाउनु परेको त्यहाँका अरु किसानको पनि तर्क छ । बहुदरमाई वडा नं. ७ छपकैयाका किसान जग महतोले धान खेती गर्न महंगो मूल्य तिरेर मल, खाद्य खरिद गरेको दावी गरे । आफूलाई पनि कही कतैबाट एक पैसाको सहुलियत मल, खाद नपाएको महतोको पनि गुनासो छ ।
यता रासायनिक मल वितरक संस्था साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लि. वीरगंजका क्षेत्रिय प्रबन्धक अमोज लामिछानेले पुरानै स्टकको मल, खादलाई सम्पूर्ण सहकारीलाई बराबर दिएर वितरण गरिएको बताए । एउटा सहकारीलाई एपी युरिया पोटास एक सयदेखि एकसय २० बोरासम्म भन्दै कृषकहरुले सहकारी मार्फत नै मल, खाद पाउने बताए । मल, खाद नपाएको अहिलेसम्म कृषकहरुको गुनासो नआएको उनको भनाइ छ । ‘‘नेपाल सरकारले हामीलाई जम्मा ३० प्रतिशत मात्रै कोटा दिएको छ । त्यो ३० प्रतिशत भित्र रहेर दर्ता भएका सबै सहकारीलाई समानुपालितक तरिकाले मल, खाद उपलब्ध गराएको पनि क्षेत्रीय प्रवन्धक लामिछानेले बताए । पर्सामा हालसम्म लगभग सबै खेती सम्पन्न भइसकेको भन्दै अहिले पनि केही खेतीको लागि मल, खाद राखेको तर्क गरे ।
‘कुनै सहकारीले बदमासी गरिरहेको छ भने त्यो पालिकाबाट आफूहरु कहाँ गुनासो आउनु पर्ने उनको तर्क छ । आफ्नै गाउँठाउँका किसानलाई मल, खाद पाउने सहजता दिलाउन पनि पालिकाले भूमिका खेल्नु पर्ने उनको भनाइ छ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)