जग्गाको मोहडा हुलाकी सडकमा जोड्न जग्गा कारोबारीले नदीको बहाव नै परिवर्तन गरिदिएको पाइएको छ ।
पर्साको बिन्दवासिनी गाउँपालिका–२ बहुअर्वाभाठामा हुलाकी सडकको छेउबाटै बग्ने ढंगई नदीको बहाव धकेलेर करिब १५ बिघा जग्गा सडकतिर ल्याइएको हो । पहिले करिब २ किलोमिटर उत्तर–पश्चिम हुँदै दक्षिणतर्फ बग्ने नदी बहावक्षेत्र धकेलिएपछि अहिले ५० मिटर मात्र पश्चिम बगेर दक्षिणतर्फ मोडिएको छ । हुलाकी सडक निर्माणपछि उक्त क्षेत्रमा जग्गाको भाउ अकासिएको छ ।
उक्त जग्गा र हुलाकी सडकको बीचमा विगतमा नदी बग्ने गरेको थियो । अहिले नदी उत्तरतर्फ बग्ने ठाउँमा माटो पुरिएको छ । उक्त स्थानबाट करिब ५० मिटर पश्चिमसम्म नदीको बहावका लागि एक्स्काभेटरले खनेर नयाँ धार बनाइएको छ । पुरानो धार पुर्न नदी किनारमा टिपरले माटो थुपारिएको छ ।
स्थानीय विकास साहका अनुसार जग्गा कारोबारीले पहिलोपटक २०७७ साउन २५ मा एक्स्काभेटरले माटो काटी नदीको उत्तरतर्फको बहाव बन्द गरेका थिए । उक्त कार्यको स्थानीयले विरोध जनाएका थिए । ‘स्थानीयले नदीको पुरानै बहाव कायम गर्न माग गरेका थिए,’ उनले भने, ‘चौतर्फी विरोधपछि गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुले गत भदौ पहिलो साता आफ्नै अगुवामा डोजर लगेर पुरानो बहावमा लगाइएको माटोको बाँध काट्न लगाएका थिए । त्यसपछि नदी फेरि पुरानै धारमा फर्किएको थियो ।’ तर, एक महिनाअगाडि जग्गा कारोबारीले पुनस् बाँध बँधेर नदीको बहाव परिवर्तन गरिदिएका हुन् ।
‘उत्तर–पश्चिम र दक्षिण हुँदै करिब २ किलोमिटर बगेर आउने नदीको पुरानो बहाव परिवर्तन गरिएको छ,’ बहुअर्वाभाठा निवासी कृष्ण राज ठाकुरले भने, ‘जग्गा सडकसँग जोड्न कारोबारीले नदीको बहाव दोस्रो पटक परिवर्तन गरेपछि गाउँपालिका मौन बसेको छ ।’ बहाव परिवर्तन गरिँदा करिब ५ सय बिघा खेतमा सिँचाइको समस्या हुने ठाकुर बताउँछन् । ‘विगतमा नदी दुई किलोमिटर बग्दा त्यसवरिपरिका बहुअर्वा र गर्दौलका खेतहरूमा नदीको पानीले सिँचाइ गरिन्थ्यो,’ उनले भने, ‘नदीको छेउमा श्मशान घाटसमेत थियो, अब अन्तिम संस्कारसमेत प्रभावित हुने भएको छ ।’
नदीको पुरानो बहाव क्षेत्र अतिक्रमण गर्न नदीको किनारैकिनार टिपरले माटो खसालिएको उनले जनाए । ‘वर्षातको पानीले माटो बगेर नदीको पुरानो बहाव पुर्न थालेको छ,’ उनले भने, ‘६०र७० फिट चौडाइ र करिब २ किलोमिटर लम्बाई अतिक्रमणमा पर्ने देखिन्छ ।’ उक्त जग्गा वीरगन्जको सिर्सिया खल्वाटोलाका रामनारायण ठाकुरको हो । स्रोतका अनुसार उनले ती जग्गा विभिन्न व्यक्तिबाट किनेर एउटै प्लट बनाएका हुन् । ‘विभिन्न व्यक्तिको जग्गा खरिद गरी उनले करिब १२ बिघाको प्लट बनाएका छन्,’ स्रोतले भन्यो, ‘नदीको बहाव परिवर्तन गरेपछि जग्गा सडकसँग जोडिन्छ, खेतको मूल्यमा खरिद गरिएका जग्गा महँगो मूल्यमा उद्योग स्थापना गर्ने उद्योगीलाई बिक्री गर्ने योजना छ ।’
जग्गाधनी ठाकुरले उद्योग स्थापना गर्ने उद्देश्यले गत वर्ष नदीको बहाव परिवर्तन गरिए पनि गाउँपालिकाले साबिक अवस्थामै फर्काएको बताए । यसपालि भने बाढीले नै नदीको बहाव धकेलिदिएको उनले दाबी गरे । ‘पालिकाले साबिक अवस्थामै नदी फर्काएपछि हामीले विरोध गरेनौँ,’ उनले भने, ‘यसपालि बाढीको पानीले नदीको बहाव परिवर्तन गरेको हो, नदीलाई कसले नियन्त्रण गर्न सक्छ र रु’ ढंगई नदी र उक्त क्षेत्रको अवस्था दर्साउने नक्सा । पहेलो रंगले नदीको नयाँ बहाव देखाउँछ भने नीलो रंगले साबिक बहाव ।
गत आर्थिक वर्षमा ढंगई नदीको बहाव पुरानै अवस्थामा फर्काउने भनी बिन्दवासिनी गाउँपालिकाको बोर्ड बैठकले निर्णय नै गरेको थियो । जग्गा कारोबारीले धार परिवर्तन गरिदिएको ठाउँमा जाली र बोल्डरसहितको संरचना निर्माणका लागि ५ लाख रुपैयाँसमेत विनियोजनसमेत गरिएको थियो । तर, आर्थिक वर्ष सकिए पनि उक्त रकम खर्च हुन सकेन ।
गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुले ढंगईको बहाव साबिक अवस्थामै फर्काउने बताए । ‘विगतमा पनि हामीले जनताको चाहनाबमोजिम डोजर लगेर नदी पुरानै अवस्थामा घुमाएका थियौं,’ अध्यक्ष कानुले भने, ‘बदनियत राख्ने व्यक्तिले नदीको बहाव फेरि परिवर्तन गरेको थाहा पाएका छौँ । साबिक अवस्थामा नदी फर्काउँछौँ ।’
- कान्तिपुरका लागी भुषण यादवले लेखेको समाचार सभार गरिएको ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)