खाद्यान्न परिपूर्तिको लागि परापूर्वकालदेखि नै नेपालको सम्पूर्ण जनसंख्या मुख्यतः धान माथि निर्भर छ । हुन त मकै, कोदो, जौ जस्ता अन्य खाद्यान्न पनि नेपालीहरुको खाद्यान्न पूर्तिका लागि महत्वपूर्ण मानिएका छन् । तर ती अत्रहरु खासै प्रमुखतामा पर्न भने सकेका छैनन् । त्यसैले धानको अभावमा पेट भर्नको लागि मात्र ती अत्रहरु सदुपयोग हुने गरेका छन् । पुराना दिनहरुमा दैनिक आहाराको भद्रासनमा धान काबिज रहे पनि केही दशक पहिले बाहिरबाट आयातित गहुंले धानको प्रमुखतालाई विस्थापन गराउन जोडतोडले लागेको छ । अहिले धानको साथै गहुं पनि स्थापित हुन पुगेको छ । अचेल धानबाट बनेको भातको साटो गहुको रोटी पनि स्वाद मानिमानी खान थालिएको छ । दाल भात तरकारी वा दाल रोटी तरकारी आदर्श खानाको रूपमा स्थापित भइसकेको तथ्य प्रष्ट छ ।
धान गर्मी तथा वर्षात्को समयमा रोप्ने गरिन्छ तथा कार्तिक–मंसिरमा बाली भित्र्याउने तथा गहुं भने जाड़ो मौसममा सप्रन्छ तथा बसन्त ऋतुमा बाली भित्र्याउने गरिन्छ । धान रोप्नु भन्दा पहिले खेतमा ब्याड बनाई त्यसमा बिउ राख्ने गरिन्छ । धानको बिउ ब्याडमा राखेको महिना दिन भित्र त्यहाबाट उखेलेर मुख्य खेतमा सारेर रोप्ने गरिन्छ । धानको बिरूवाकोलागि मनग्यै पानीको आवश्यकता पर्दछ । पानीको अभावमा धानको बिरूवामा विभिन्न खाले रोग लागेर बाली बिग्रिन्छ, उब्जनी राम्रो हुदैन । यसको उल्टो गहुको बिउ खेतमा छरेर जोत्नु पर्दछ, माटो सम्यानु पर्दछ तथा बिउ छरेको एकाइस दिन भित्र एक चोटिमात्र हलका सिंचाइ गरिदिनु पर्दछ । राम्रो बाली पाउनको लागि खेतमा प्राङ्गारिक वा रासायनिक मल आवश्यकता अनुसार धान र गहु दुबै बालीमा प्रयोग गर्नु पर्दछ ।
पुराना दिनहरुमा धानको बिउ प्रायः रैथाने हुन्थे । धानबाली दुइ चोटि लगाउने गर्दथे । भदैया(सारो) तथा अगहनी धान । गदर, मुटुरी, झाली आदि भदेया धान हुन् । बाँसपूmल, लाझी, खे¥हा हाथी भूmलन आदि अगहनीबालीको ‘मोटिया’ जातका धान हुन भने ब्रह्माभूसी, कनकजीरा, रामजवाइन, कस्तूरी ,बासमति आदि अगहनीबालीका मसिनो जातकाधान हुन् । ती धानहरुको उत्पादन मुख्यरूपले आकाशे पानीमाथि निर्भर थियो । सिंचाइको कुनै निश्चित साधन तथा भरपर्दो उपाय थिएन । प्रर्याप्त वर्षात् भएको वर्ष धानको प्रचूर उब्जनी हुन्थ्यो, न भएको वर्ष मानिसहरु रामनाम जपेर दिन काट्दथ्ये । सो धानहरुको उत्पादन कम्ति मात्रामा हुन्थ्यो भने सो को गुणवत्ता अतिउत्तम मानिन्यो ।
विज्ञान र प्रविधिको विकास हुदै गएपछि धानका नया–नया जातहरुको परिक्षण उत्पादनको सुरूवात हुदै गयो जसको कारणले अबका दिनहरुमा यस प्रकारका धानका जातहरु लोप हुदै गएका छन् । ती धानहरुको बिस्थापनको मुख्य कारण विकाशे धानहरुका नवीन जातहरु हुन् । अब दिन गनेर धान बाली तयार हुन्छ । हुन त नया प्रजातिका धानहरुको खेती पनि गर्मी याममै हुन्छ तर अब धान भदेया र अगहनी जस्तो फरक समयमा लगाउन आवश्यक रहेन । पहिलेको भन्दा अबका दिनहरुमा धानको उब्जा प्रचूर हुन्छ । गुणवत्ता जस्तो भएपनि भेट भर्ने खाद्यकोलागि नया जातका धानहरु प्रर्याप्त हुन्छ । शक्तिदायक ‘कार्बोहाइड्रेट’ भन्ने तत्व त पाइन्छ नै,स्वाद भड्सेला परोस् ।
पुराना दिनहरुमा धानको बिउ ब्याडमा राख्नकोलागि, बिउ सारेर रोपाइ गर्नकोलागि जस्ता कृषिकामहरु गर्नु भन्दा पहिले नक्षत्रहरुको गणना गरिन्थ्यो । कृतिका, रोहिण, मृगडाहआदि नक्षत्रहरु ब्याडमा बिउ राख्नकोलागि प्रशस्त हुन्थे भने आद्रा, पुनर्ववस, पुष्यआदि नक्षत्रहरु रोपाइ गर्नकालागि उपयुक्त हुन्थे । अश्लेषा, मघा, पूर्वाआदि नक्षत्रहरुमा धानको ‘गवा’धानको झार) पोस्ने खालका हुन्थे । किसानहरुको धार्मिक मान्यता अनुसार धानको बिउ ब्याडमा राख्नु पहिले क्षेत्रपाल भगवानको पूजा आजा गरि मुट्ठीमा धानको बिउ राखेर छर्दथ्ये जसलाइ भोजपुरी भाषामा–मूठ लेहल’ भनिन्थ्यो ।
त्यस्तै धानको पहिलो झार रोप्ने बेलामा पनि क्षेत्रपाल भगवानको पूजा आजा गरि पहिलो झाकृषियन्त्रकृषियन्त्रकृषियन्त्रर रोपिन्थ्यो जसलाइ भोजपुरी भाषामा–गवा लेहल’ भन्दथे । धानको बाली तयार भए पछि कटाइ भन्दा पहिले खेतमा खीर पकाएर क्षेत्रपाल भगवानलाइ अर्पण गरि मात्र कटाइ हुन्थ्यो, जसलाइ ‘खीरभोजन चढ़ावल’ भन्दथे । त्यस दिन खेतमा काम गरेका जम्मै रोपाहारहरुलाइ गृहस्थको घरमा भोज ख्वाइन्थ्यो । । यो कर्म वास्तवमा खेती–किसानीको अदृश्य संरक्षक क्षेत्रपाल भगवान तथा सम्पूर्ण रोपाहारहरु प्रति धन्यवाद अर्पण गर्नकोलागि गरिन्थ्यो । यो जम्मै घटना यस पंक्तिकारको बाल्यकालमा घटित हुन्थ्यो जुन अहिले पनि स्वप्नवत् सम्झनामा कायमै रहेको छ ।
अचेल यस कामकोलागि कृषियन्त्रहरुले निकै सघाउ पु¥याएका छन् । हलगोरुले हप्तौसम्म जोत्ने खेतलाई ‘रोटाभेटर’ नामक कृषियन्त्रले घण्टामै जोतेर तयार पारिदिन्छ । अब आली तथा खेतको कुनो कमाउनकोलागि कोदालोको काम पनि सिद्धिसकेको छ । खेतको हिलो सम्याउनकोलागि ‘हेंगा’को काम पनि एक्लो रोटाभेटरले नै फत्ते पारिदिन्छ । बिगाहा का किगाहा फांटको तयारी धान, गहु बालीको कटाइ ‘हार्भेष्टर’ ले केहि घण्टामा नै समाप्त गरिदिन्छ ।
अचेलको खेती–किसानी कामकोलागि धत्र नानाथरी कृषियन्त्रकृषियन्त्रकृषियन्त्रहरुका प्रादुर्भाव भएका छन् । यसले पनि कृषि क्षेत्रमा काम गर्ने जनशक्ति अन्य पेशातर्फ पनि होमिएका छन् । प्रविधि नभएका किसानका लागि साविकका जनशक्ति खोज्यो भने अहिले त्यस्ता जनशक्तिको अभाव हुन थालेको छ । अन्य कामबाट भने कडा परिश्रम नगरी पनि साविकका खेतीकिसानी गर्ने जनशक्तिले राम्रै आम्दानी गरेका पनि छन् ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)