सुुरुमा मैले पैसाको कुरा गरे किन कि मलाई पैसा कमाउनु थियो। जति काम गर्दा पनि खर्च नपुग्ने। हातमा एक रुपैयाँ पनि नबच्ने। महिनाको १४र१५ हजार आउँछ रे, त्यो पनि फुर्सदका समयमा काम गरेर।
मधेसी समाजकी बुहारी हुन् निर्मला महतो। यो समाजमा बुहारी, घुम्टोमा घरभित्रै बस्नुपर्छ, चुल्हो चौका गरेर घरभित्रको कामकाजमै सीमित रहनुपर्छ, घर बाहिरको काम गर्नु हुन्न भन्ने रीतिरिवाज अझै पनि कायमै छ। तर, निर्मलाले त्यो रीतिरिवाज तोडेर आफ्नो पहिचान फेरेकी छन्। निर्मला, आफ्नो गाउँमा मात्र नभई मधेसकै एक नमुना उद्यमी बन्न सफल भएकी छन्। सर्लाहीको हरिवन नपा–४ सेसापुरस्थित आफ्नै गाउँमा ३ वर्षदेखि जुत्ता, चप्पल, सेण्डिल र सोल उत्पादन गर्ने दुइटा साना उद्योग नै चलाइरहेकी छिन् निर्मलाले।
१२ कक्षासम्म पढेकी निर्मलाले आफ्नो उद्योगमा २० जनालाई रोजगारी पनि दिएकी छन्। निर्मला भन्छिन्, ‘४र५ जना कालीगढ बाहिरका छन्, अरू १५र१६ जना त म जस्तै छरछिमेकका बुहारीहरूले काम गर्छन्। निर्मलाले एक्लैले नभ्याएपछि वैदेशिक रोजगारीमा गएका उनका श्रीमान् उमेश पनि गाउँ फर्किएर निर्मलाको व्यवसायलाई सघाइरहेका छन्। सुरुमा घरमै चप्पल र जुत्ता बनाउने काम थालेकी निर्मलाले अहिले ३० लाख रुपैयाँको लगानीमा जुत्ता, चप्पल र सेण्डिलको सोल उत्पादन गर्ने उद्योग पनि सञ्चालनमा ल्याएकी छन्।
निर्मला भन्छिन्, ‘अहिले सबै खर्च कटाएर महिनाको एकदेखि डेढ लाख रुपैयाँ नाफा भइरहेको छ। सामान्य गृहिणीबाट नमुना उद्यमी बनेकी निर्मलाको सफलताको यात्रा त्यति सहज पनि छैन। सुुरुवाती दिनमा जुत्ता, चप्पल सिलाउने तालिम लिन नजिकैको हरिवन बजार जाँदा निर्मलालाई छरछिमेककाले घरभित्र बस्नुपर्ने बुहारीले गाउँकै इज्जत फाली भन्थे। चमार ९दलित० ले गर्ने जुत्ता चप्पल सिउने काम गर्न थाली भनेर खिस्याउने गर्थे।
विगतको तीतो अनुभव सम्झिदै निर्मला भन्छिन्, ‘गाउँलेले जतिसुकै कुरा काटे पनि मैले एक कानले सुनेर अर्को कानले उडाइ दिन्थे, किन कि म सही ठाउँमा थिए त्यसैले मलाई अरूको कुराले मेरो बाटो छेकेन। तीन महिनाको तालिम लिएपछि व्यवसाय सुरु गर्न निर्मलाले ससुरा बुबासँग १ लाख रुपैयाँ पैंचो मागिन्। तर, सुरुमा ससुरा बुबाले पैसा दिन आनाकानी गरे। पछि सम्झाइ बुझाइ गरेपछि ससुरा बुबाले १ लाख रुपैयाँ दिए निर्मलालाई। त्यो १ लाख रुपैयाँको बीउ पुँजीबाट उनले चप्पल बनाउने कच्चा पदार्थ र सिउने मेसिन किनेर घरमै चप्पल र सेण्डिल बनाउन थालिन्।
चप्पल र सेण्डिलको व्यवसाय फस्टाउन थालेपछि उनले मेसिन थपेर जुत्ता पनि बनाउन थालिन्। चप्पल र सेण्डिलसँगै जुत्ताको व्यवसायले पनि राम्रै गति लिन थाल्यो। तर, चप्पल, सेण्डिल र जुत्ता बनाउन लागि चाहिने सोल, टाढाका सहरबाट किनेर ल्याउनुपर्ने बाध्यता थियो। कहिलेकहीँ सोल समयमै नआइपुग्दा आफ्ना उत्पादनहरू बजारका पसलेलाई भनेको बेला आपूर्ति गर्न नसकेपछि निर्मलालाई तनाव हुन्थ्यो।
सोल खरिद गर्न वीरगन्जको एक उद्योगमा पुगेका बेला निर्मलाले सोल कसरी बन्दो रहेछ भनेर सोधीखोजी गरिन्। गाउँघरमै फ्याँकिने प्लास्टिकका कचराबाट नै सोल बन्दो रहेछ भन्ने उनले देखिन्। त्यसदिन वीरगन्जबाट घर फर्किएपछि निर्मलालाई आफैंले सोल पनि किन उत्पादन नगर्ने भनेर मनमा हुट्हुटी चल्न थाल्यो।
व्यवसायमा सघाइरहेका श्रीमान् उमेशसँग यसबारे सल्लाह गरिन्। दुवैले खर्चको लेखाजोखा गरे अनि सोल बनाउने उद्योग पनि खोल्ने निर्णय गरे। पहिलेदेखि चलाइरहेको जुत्ता, चप्पल बनाउने व्यवसायबाट बचत भएको केही रकम पनि थियो निर्मलासँग। त्यही रकमबाट जोरजाम गरेर उमेशले भारतबाट सोल बनाउने साढे १४ लाख मूल्यको मेसिन र डाइहरू किनेर ल्याए। घर छेउकै जग्गामा जस्तापाताको सेड बनाए। त्यही सेडमा अहिले निर्मला र उमेशले सोल उत्पादन गर्ने कारखाना पनि चलाइरहेका छन्। चार महिनादेखि सञ्चालनमा ल्याइएको सोल उद्योगको कुल लागत ३० लाख रुपैयाँ लागेको निर्मला बताउँछिन्। निर्मला भन्छिन्, ‘सोल कारखानाका लागि मैले कतैबाट ऋण लिनु परेन, जुत्ता, चप्पल बनाउने व्यवसायबाटै कमाएर बचत गरेको रकमले सोल कारखाना खोलेका हौं।
सोल उत्पादनका लागि कच्चा पदार्थ प्लास्टिकका कचरा प्रयोग हुने भएकाले कच्चा पदार्थको पनि समस्या नभएको निर्मला बताउँछिन्। निर्मला भन्छिन्, ‘सोलका लागि कच्चा पदार्थ खोज्न टाढा कहीँ पनि जानै पर्दैन, गाउँ र आसपासका मानिसले प्लास्टिकको कचरा संकलन गरेर ल्याउँछन् हामीले किलोको १५ देखि ३५ रुपैयाँसम्मको भाउमा किन्छौं, त्यही कचराबाट सोल बनाउँछौं।
गाउँघरका सडक, नाला र खेतबारीमा फ्याँकिने प्लास्टिकका झोला, प्याकटजस्ता कचरा आफूहरूले किन्न थालेपछि अहिले गाउँनै सफासुग्घर पनि भएको निर्मला बताउँछिन्। सोल उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएपछि निर्मला र उनका श्रीमान् उमेशको व्यावसायिक व्यस्तता झन् बढेको छ।आफ्नो कारखानालाई चाहिने बाहेक अन्य सहरका जुत्ता, चप्पल उद्योगलाई पनि निर्मला र उमेशले सोल आपूर्ति गर्दै आएका छन्। निर्मला भन्छिन्, ‘हाम्रो जुत्ता, चप्पल र सेण्डिल सर्लाहीकै हरिवन, नवलपुर, लालबन्दी, बरहथवा, महोत्तरीको बर्दिवास, जलेश्वरसम्मका होलसेल पसलवालाले किनेर लैजान्छन्, सोलचाहिँ वीरगन्ज, जनकपुर, रामेछापको मन्थली, झापाको बिर्तामोडसम्मका उद्योगहरूले अर्डर गरिरहेका छन्।
उमेश भन्छन्, ‘बाहिरका उद्योगहरूले मागे जतिको सोल उत्पादन गर्न भ्याइरहेका छैनांै। कामको चाप बढेका बेला भने निर्मला र उमेश आफैं पनि कालीगढ र कामदारसँगै खट्छन्। निर्मला भन्छिन्, ‘बजारमा अर्डर लिन गएका बेला बाहेक अरू बेला हामी दुवै जना पनि मेसिन र डाइ चलाउँछौं, मिस्त्रीले काम गरेको हेरेर बस्नुको सट्टा आफैं पनि काम गर्यो भने कम से कम त्यो मजदुरी ९पारिश्रमिक० त अरुलाई दिनुपर्दैन। बजारमा नयाँ–नयाँ डिजाइनका जुत्ता, चप्पल आइरहेका हुन्छन्। त्यसैले बजारको मागअनुसारको नयाँ–नयाँ डिजाइनको उत्पादन गर्नुपर्ने हुन्छ।
निर्मला भन्छिन्, ‘बजारमा कस्तो–कस्तो नयाँ डिजाइन आइरहेको छ भनेर मैले युट्युबमा सर्च गरेर हेर्छु अनि आफैंले डिजाइन गर्छु, कहिलेकहीँ कामदारसँग पनि डिजाइनका बारेमा आइडिया लिन्छु। तीन वर्षको अवधीमा निर्मलालले जुत्ता, चप्पल र सोल उत्पादन गर्ने दुई छुट्टा–छुट्टै उद्योग मात्र चलाएकी छैनन्, नजिकको लालबन्दी सहरमा ११ लाख रुपैयाँमा एउटा सटरसहितको घर किनेर जुत्ता चप्पलको पसल पनि राखेकी छन्। निर्मला भन्छिन्, ‘पसलमा काम गर्ने मान्छे राखेको छु , हामीलाई त काराखानाबाटै फुर्सद छैन। बुहारी घरभित्रकै चुल्हो चौकाको काममै सीमित रहनुपर्ने मान्यता रहेको समाजकी बुहारी निर्मलाको सपना यति सफलतामा मात्रै सीमित छैन।
निर्मला भन्छिन्, ‘यहाँभन्दा अगाडिको सपना भनेको आफ्नो जुत्ता, चप्पलले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नाम कमाएको अरू ब्राण्डको जस्तो स्थापित उत्पादन गर्ने हो, मलाई विश्वास छ ढिलो चाँडो एक न एक दिन मैले त्यो सपना अवश्य पूरा गर्छु नै भन्ने थियो।
निर्मलाको हौसला थप्दै उमेश पनि भन्छन्, ‘मलाई पनि भरोसा छ, उनले आफ्नो सपना ढिलो चाँडो पूरा गर्छिन् नै, किन कि जे कुरा उनले एकपटक मनमा लिन्छिन् त्यो पूरा नगरेसम्म उनी रातदिन नभनी लागि रहन्छिन्, मैले पनि उनलाई दिलो ज्यानले साथ दिँदै आएको छु।
सुुरुवाती दिनमा तपाईंको कुरा काट्नेहरू अहिलेको सफलता देख्दा के भन्छन् त रु यो प्रश्न गर्दा निर्मला हाँस्दै भनिन्, ‘जसले फलानाकी बुहारी बिग्री, चमारले गर्ने काम गर्न थाली भनेर कुराकाट्ने गर्थे आज तिनै व्यक्तिले मेरै दैलोमा आएर भन्छन् मेरो बुहारी पनि फुर्सदी भई, यसलाई पनि काममा लगाई देऊ दुई चार पैसा भए पनि आम्दानी हुन्छ, यो सुन्दा धेरै खुसी लाग्छ।
निर्मलाले थपिन्, ‘मेरो समाजले मानेको संस्कारी बुहारीको मान्यता मैले अहिले पनि तोडेको छैन, असल बुहारीका सबै संस्कार अहिले पनि निभाइरहेको छु, त्योसँगै आर्थिक रूपमा आत्मनिर्भर हुन आफ्नो पेशा व्यवसाय पनि चलाइरहेको छु, किन कि पेशा गर्दा खराब बुहारी हुने अनि घरभित्रै घुम्सिएर बसे असल बुहारी हुने यो रिवाज म मान्दिन, चाहे दुनियाँले जेसुकै भनोस्।
२०७५ सालमा जुत्ता, चप्पल बनाउने तालिम लिन निर्मलालाई सहयोग गरेका स्थानीय केशवराज थापा भन्छन्, ‘मधेसी समाजका लागि निर्मलाजी एउटा प्रेरणाको स्रोत हो, उनको हौसला र सफलता देख्दा उहाँ मधेसकै एउटा रोल मोडेल महिला पनि हो भन्न सकिन्छ।’
क्रान्ति शाहले अन्नपूर्ण पोष्ठका लागि लेखिएको समाचार साभार गरिएको ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)