वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले पत्रकारले न्यायाधीशको भूमिका निर्वाह गर्न नहुने बताएका छन् ।
प्रतीक दैनिकको ३५औं वार्षिकोत्सव उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख सरावगीले पत्रकारले समाचार मात्र पस्कनुपर्नेमा केही पत्रिकाहरुले आपूmलाई न्यायाधीशको भूमिका निर्वाह गरेकोमा चिन्ता व्यक्त गरे । उनले प्रतीक दैनिकले ३५ वर्षदेखि निर्वाह गर्दैआएको पत्रकारिताको भूमिकाको प्रशंसा गरे ।
शतप्रतिशत शुद्धता भगवानमा पनि नहुने भन्दै उनले प्रतीक दैनिकले अरु पत्रिकाको तुलना प्रशंसनीय र विश्वसनीय काम गर्दैआएको बताए ।
नगरप्रमुख सरावगीले पत्रकारिता विकासको लागि आपूm सदैव तयार रहेको र नगरप्रमुख कोषबाट छात्रवृत्ति प्रदान गर्नको लागि चार वर्षदेखि प्रयासरत रहेको बताए । उनले पत्रकारिताको कुनै पनि विधामा अध्ययन गर्न चाहनेलाई आपूmले छात्रवृत्ति दिने दोहो¥याए । कार्यक्रममा नगरप्रमुख सरावगीले यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार फोटो दिवाकर भण्डारीलाई प्रदान गरेका थिए । पुरस्कारको राशी रु ३५ हजार छ । १० हजार राशीबाट शुरु भएको यो पुरस्कार आगामी वर्ष रु ५१ हजार राशीको हुने प्रतीक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्माले घोषणा गरे ।
प्रतीक प्रकाशन समूह प्रालिका अध्यक्ष बिन्दुदेवी शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख शान्ति कार्की, वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष हरि गौतम, नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारी, नेपाल फोटो पत्रकार महासङ्घ, पर्साका अध्यक्ष विजय चौहान, सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, भोजपुरी साहित्य प्रतिष्ठान पर्साका अध्यक्ष उमाशड्ढर द्विवेदीले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रतीक दैनिकका सम्पादक प्रताप श्रेष्ठ, स्तम्भकार शीतल महतो र मेशिन अपरेटर महेश रामलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रधान सम्पादक जगदीशप्रसाद शर्माले स्वागत र सम्पादक प्रताप श्रेष्ठले सहजीकरण गरेका थिए ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)