वीरगंज–पथलैया ६ लेन व्यापारीक मार्ग निर्माणमा ढिलाई हुँदा बाराको अति व्यस्त जितपुर बजारको व्यापार चौपट बनेको व्यवसायीले आरोप लगाएका छन् ।
तोकीएको समय बितिसक्दा समेत अलपत्र अवस्थामा रहेको सडकमा बनेका ठुला साना सडक भरीका खाल्डामा वर्षाको पानी जमेका कारण सडक अस्त व्यस्त बनेको जसका कारण व्यापार खस्केको उनिहरुले ठम्याइ छ । सस्तो तथा व्यस्त मानिने जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको बजारको व्यापार सडकको अस्तव्यस्तताकै कारण ह्वात्तै घटेको व्यापारीहरु बताउँछन् ।
निर्माणाधिन व्यापारीक मार्ग समयमा बन्न नसक्नु साथै सडक र नालाको राम्रो निकास नहुँदा जीतपुरको फुटपाथ बजार तथा मुख्य बजारको व्यापार नै प्रभावित बनेको उनीहरुको आरोप छ । किनमेलका लागि बजार आउँदा सवारी साधनले छ्यापेको हिलो तथा चिप्लो बाटोले ग्राहकहरु भड्कीने गरेको स्थानिय व्यापारी अजीज अन्सारीले बताए । “बाटो राम्रो हुँदा जती व्यापार हुन्थ्यो, अहिले त्यसको आधा पनि छैन, बाटो नै यस्तो छ ग्राहकहरु कसरी आउँछन्” उनले भने । नाला तथा सडक अब्यवस्थित रहेको अवस्थामा वर्षाको पानी निकासा गर्ने उपाय तर्फ सरोकारवालाको ध्यान नजानुले आफुहरुको ब्यापार धरापमा परेको अन्सारीले बताए ।
“सडकको डिभाईडरले ब्यापारमा समस्या”
वीरगंज–पथलैया ब्यापारीक सडक मार्गमा निर्माण गरीएको डिभाईडरले ब्यापार ब्यवसायमा प्रभाव पारेको भन्दै जितपुर गुदरी बजारका ब्यवसायीहरुले ज्ञापन पत्र बुझाएका छन् । २ बर्ष यता कोरोना महामारी तथा लकडाउनका कारण पिडित बन्दै आएका ब्यवसायीहरुलाई डिभाईडरले झनै मर्का परेको बिज्ञप्तीमा उल्लेख छ । ब्यवसायी तथा युवा नेता मनोजकुमार साहसहितका ब्यवसायीले जितपुर मुख्य बजार क्षेत्रमा रहेको २० फिट डिभाइडर प्रयोग नगर्न माग गर्दै सडक विभागका इन्जिनिय विबेक गुप्तालाई ज्ञापन पत्र बुझाएका हुन् । सडक निर्माणका क्रममा ठेकेदार कम्पनीले गरेको चरम लापर्वाहिको पत्रमा बिरोध गरीएको छ ।
पछिल्लो ३ बर्षदेखी सडकको धुलो हिलो सहेर ब्यवसाय सञ्चालन गर्दै आएका ब्यवसायीलाई झनै मर्का पर्नेगरी डिभाईडर बनाईएको पत्रमा उल्लेख छ । जितपुरसिमराको सबैभन्दा ठुलो बजारको रुपमा रहेको जितपुर गुदरी बजार सबैभन्दा धेरै कर तिर्ने बजारको रुपमा पनि चिनिन्छ । तर हरेक तवरबाट यसै बजारमा प्रहार गर्ने काम भईरहेको ब्यवसायीहरुको ठम्याई छ । बारा, पर्सा तथा रौतहटदेखी शर्वसाधारणहरु किनमेलका लागी आउने यस बजारको मुख्य चोकमा राखीएको डिभाईडरका कारण दिनप्रतिदिन बजार आउनेको संख्या घट्दै गएको युवा नेता साहले बताए ।
सडकको विवादीत नक्साले जीतपुरको तरकारी तथा गुदरी बजार पुर्ण रुपले सुक्न सक्नेतर्फ सडक बिभागको ध्यानाकर्षण गराईएको हो । सडक विभागले बजारलाई कुनै प्रकारको असर नपर्ने गरि बाटो निमार्ण गर्नुपर्नेमा बजारको मुख्य चौकमा नै सडक विभागले डिभाइडर हाल्ने निर्णय लिएको प्रति ज्ञापन पत्रमा आपत्ति जनाईएको छ ।
यता सडक विभागका इन्जिनियर बिवेक गुप्ताले रोडको नक्सा अनुसार नै काम भैरहेको जानकारी दिएका छन् ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)