आधी दर्जनबढी भोजपुरी तथा नेपाली फिल्म खेलिसकेका वीरगंजका स्थानीय नायक परदेशी साह उर्फ ‘एस पी खरेल’ संग मध्य नेपालले प्रदेश २ मा फिल्मको अवस्था र यसको परिकल्पना लगायत फिल्मको विभिन्न कुराकानी समेटने प्रयास गरेका छौँ । प्रस्तुत छ, उनिसँग गरिएको कुराकानी :
१) वीरगंजमा फिल्म सिटिको सम्भावना कतिको देख्नु भएको छ ?
हाम्रो देशमा हरेक कुरा राजनीतिक लगावबाट चल्ने गर्दछ । अहिलेको अवस्थामा वीरगंजमा फिल्म बनाउन कल्पना गरे पनि देशको राजनीतिक अवस्थालाई हेर्दा कल्पना मात्र गर्न सकिन्छ । तर बनाउन सफल हुने सम्भावना छैन ।
२) तपाईं प्रायः भोजपुरी नै हुन्छ । नेपाली फिल्ममा अवसर नपाएर हो कि केही अन्य कारण छ सर ?
नेपाली चलचित्र ‘मेला’ फिल्ममा मैले अभिनय गरेकै छु । तर नेपाली फिल्मभन्दा भोजपरी फिल्मको दर्शक बढि भएको हुनाले यसलाई व्यापारको रुपमा पनि हेर्दा भोजपुरी फिल्म नै उत्कृष्ट देखिन्छ । किन भने नेपालको अढाई–तिन करोड जनसंख्यामा एक–डेढ करोड जति मधेशी समुदाय भएको र बाकीको लगभग एक करोड जति संख्या विदेशमै भएको हुनाले पचास लाख जति जनसंख्याले मात्र नेपाली फिल्म हेर्ने हुँदा व्यापार र लोकप्रियतामा पनि त्यती पहुँच नहुन सक्ने हँुदा भोजपुरी फिल्म छिमेकी भारतमा समेत यसको दर्शकहरु व्यापक भएकोले नेपालीभन्दा भोजपुरी फिल्म प्रति अलि झुकाय भएको हो ।
३) भोजपुरी फिल्ममा देखाइने चटकदार गित र दृश्यलाई समेटनु नै पर्ने कारण के हो ?
त्यो आ–आफ्नो सोचाइमा भर पर्छ । हिन्दी फिल्ममै यस्तो गित हुन्छ, जसलाई हामीले परिवारसंग पनि बसेर हेर्न सक्छौ । तर त्यही कुरालाई भोजपुरीमा ल्याउँदा मान्छेले अन्यथा लिन्छन् । फिल्म भनेको दर्शकहरुको मनोरञ्जनको लागी पनि हो ।
प्रोड्युसर र डाइरेक्टरले पनि दर्शकको भावनालाई बुझेर मनोरञ्जनात्मक हुन सक्ने तथा व्यापारलाई पनि फष्टाउने गरी केही दृश्यलाई समेनु नै पर्ने हुन्छ ।
४) भोजपुरी फिल्म अलिबढि अस्लिल भयो भन्छन् नी ?
होइन त्यो सोच मात्रै हो । भोजपुरी धेरै मिठो भाषा भए पनि बलिउडको फिल्म हेर्दा राम्रो लाग्ने तर भोजपुरी फिल्मलाई र भाषा अलि खराब मान्ने प्रवृति अहिले पनि हाम्रो समाजमा कायमै रहेको देखिन्छ । भोजपुरी धेरै मिठो र सहज भाषा हो र भोजपुरी फिल्म पनि धेरै राम्रा्े हुन्छ । त्यसकारण यसलाई छाँडा भन्न मिल्दैन ।
५) हालसम्म यहाँले खेल्ने प्रायः फिल्म मारधारवाला नै हुन्छ । अहिलेको मांग नै मारधारको हो कि यहाँको रुची नै मारधार फिल्म खेल्नमा हो ?
मैले पहिलो फिल्म ‘एसपी खरेल’ एकशनमुभि फिल्म भएको हुनाले दर्शकले पनि मलाइ एकशनमुभि फिल्मबाटै मन पराए र प्रायः म कहाँ एकशनमुभि फिल्म कै स्कृप्ट आयो । मैले ‘देश प्रेमी’ गरेको फिल्म लभ स्टोरी पनि छ । तसर्थः दर्शकले मलाई एकशन मुभिको रुपमा हेरेकोले र प्रायः एकशनमुभि फिल्मकै स्कृप्ट म कहाँ आएको हुनाले मलाई मारकाट जस्तो देखिने फिल्म नै गर्न बढि मन लाग्छ ।
६) २ नं. प्रदेशलाई फिल्म सिटी वा फिल्म क्षेत्रको रुपमा विकास गर्न सकिन्छ कि सकिदैन ?
२ नं. प्रदेशको राजनीतिक भागदौडको अवस्थाले जिरो सम्भावना छ । किन भने कुनै पनि देशमा देशको वा कुनै क्षेत्रको विकास त्यहाँको राजनीतिक परिस्थितले सृजना गर्दछ । २ नं. प्रदेशमा भोजपुरी भाषा नै बोल्ने भए पनि खास गरि वीरगंजमा यहाँका कुनै पनि नेता वा संघ संस्थाले भोजपुरी भाषालाई अगाडी बढाउने काम नदेखिएकोले यहाँ सम्भव छैन ।
७) आउने दिनमा कुन फिल्म आउदै छ ?
‘देश प्रेमी’ फिल्म पूरा गरिसकेपछि अहिले ‘दिलवाले’ फिल्म आउने क्रममा छ ।
८) तपाईलाई फिल्ममा सबैभन्दा बढि नराम्रो लाग्ने रोल (भूमिका) कुन हो ?
कमेडी फिल्ममा मलाई त्यति रहर लाग्दैन । अलिकति एकशन, राजनीतिक र लभ स्टोरी मूभी नै गर्न मन लाग्छ ।
९) यहाँलाई सबैभन्दा बढी मन पर्ने हिरोइन कुन हो ?
हामी विभिन्न कलाकारहरुसंग काम गर्छै । काम गर्ने सबै कलाकारहरु मन पर्छन् । तर बलिउडमा मलाई सबैभन्दा बढी मन पर्ने हिरो चाही अमिर खान हो ।